×

NMB BANK
NIC ASIA

ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले ४० बढी देशका युवालाई दियो उद्यमशीलता तालिम

पुस १६, २०७५

NTC
Premier Steels

काठमाडौं–  संसारभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञ एकै ठाउँमा उपस्थित भए के होला? कहिल्यै सोच्नुभएको छ? परिवर्तन सम्भव हुन्थ्यो भन्दा अत्युक्ति नहोला । त्यस्तै परिवर्तनको वातावरण गतहप्ता ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले मलेशियाको कुवालालुम्पुरमा बनायो ।

Muktinath Bank

१७ देखि २० डिसेम्बरमा आयोजना भएको ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले संसारभरिका ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दियो । नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिए । यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करणदेखि चिनाउँदै आइरहेको छ । यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको ब्याङ्कक र इन्डोनेसियाको जाकार्तामा भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिम दिइने भएकाले विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको थियो । विजेता टिमले ’रिमार्क–रिलायबल एंड रिलेटेबल मार्केटिंग’ नामको बिजनेस मोडेल बनाएको थियो । जसको अवधारणा  कुनै पनि सामानका खरिदकर्तालाई उक्त समान किनेपछिको अनुभवका बारेमा मोबाइल फोनको स्क्रीनमा जानकारी दिने थियो ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी ’बोन फ्र्याक्चार डिटेक्टर’को अवधारणा ल्याउने टिमलाई उत्कृष्ट टिमको उपाधि पायो । बूटक्याम्पमा १७ वटा बिजनेस आइडिया प्रस्तुत भएका थिए । आयोजकका अनुसार अधिकांश बिजनेस आइडियाहरू बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन् । “समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउनेछन्,“ आयोजक समितिकि प्रबन्ध निर्देशक पार्शु अर्यालले बताइन् ।

Vianet communication

बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भए पनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन । “हाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन । उद्यमशीलता सम्बन्धि बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भैसकेको छ,“ ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने । “हामीले सुरुवातदेखि नै अन्तरक्रिया कार्यक्रम, युवालाई विज्ञको निर्देशन एबम् युवा, विज्ञ र उद्यमीहरूको परिवार निर्माण लागयतलाई प्राथमिकतामा राखेका छौं। आचार्यले बूटक्याम्पमा आएका उद्यमी र लगानीकर्ताले युवाहरुका बिजनेस मोडेल रुचाएको र भविष्यमा उनीहरु संग काम गर्न इच्छुक रहेको बताए ।

चारदिने बूटक्याम्पका सह–आयोजक लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन् । एशिया स्कूल अफ बिजनेसको नवीनता एबम् उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायरले ’आइडीयेशन’ र ’डिजाइन थिन्किंग’ विषयमा सहभागीहरू संग अन्तरक्रिया गरे । लिंकन युनिभर्सिटी कलेजकि प्रो–चान्सलर दतुक अब्दुल्लाह र इनसाइटमेन्टका सी.ई.ओ डानिएल दे ग्रुइतजर पनि बूटक्याम्पमा वक्ताका रूपमा उपस्थित भएका थिए । 

वर्ल्ड इकोनोमिक फोरम विज्ञ सञ्जालका डा. रेनार्ड सिऊले जलवायु परिवर्तनको वास्तविकता र त्यसका समाधानबारे सहभागीहरूसंग अन्तरक्रिया गरेका थिए । उद्यममा पैसा मात्रै सबैकुरा होइन भनेर दि बिजी बिजी इनिसेटिवका प्रविधि तथा बिक्रि–साझेदारी प्रमुख म्यथिउ मारटेन्सले बताए । एशिया स्कूल अफ बिजनेसको एम.बि.ए कि सह–निर्देशक जुलियाना रोथले सहभागी युवालाई प्रोत्साहित गरिन भने एशिया स्कूल अफ बिजनेसकै बरिष्ठ कार्यक्रम व्यावस्थापक पोन्स अर्नेस्ट समनिगोले दिगो विकासका १७ उद्देश्यहरूका बारेमा प्रस्ट पारे। रियोसुके इशी, डा. के.के. सिंह, एङ्गुयेन क्वांग हुइ, डा. अन्ना बर्चेत्ति दुरिस्च, चित आइन थु, बुना दाहाल, अभिनव गौतम, दक्शील सोनी, मुहम्मद सुमोन मोल्ला सलिम र यिन यिन बोएय पनि वक्ताका रूपमा बूटक्याम्पमा उपस्थित थिए ।

“सहभागी युवाहरूको आत्मविश्वास बूटक्याम्प सुरू हुदाको तुलनामा अन्त्य तिर उनीहरूले बिजनेस मोडेल प्रस्तुत गर्ने बेलामा एकदमै बढेको देखियो,“ आचार्यले भने । “वक्ताहरूले तिनको मनमा भएको दुविधा आफ्ना अनुभव सुनाएर हटाएकाले आत्मविश्वास बढेको हो ।“ अहिलेको विश्वमा आन्टरप्रनारशिपलाई अर्थतन्त्र हाँक्ने तत्वका रूपमा लिइन्छ। त्यसैले ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प जस्ता कार्यक्रमलाई महत्त्वका साथ हेरिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x