बैशाख २६, २०८१
एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...
काठमाडौं– सरकारले निर्धारण गरेको उखुको मूल्यमा चित्त नबुझेको भन्दै चिनी उद्योगीहरुले गत वर्ष देखि नै स्टक रहेको चिनीको मूल्य बढाएका छन् ।
उद्योगीहरुले चिनीको मूल्यमा वृद्धि गर्दै प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पुर्याएका हुन् ।
चिनी उद्योग संघका अध्यक्ष शिशिकान्त अग्रवालले सरकारले निर्धारण गरेको उखुको मूल्य महंगो भएको र बैंकहरुले समेत व्याजदर बढाएका कारण चिनीको मूल्य बढाइएको लोकान्तरलाई जानकारी दिए ।
उनले गत वर्षदेखि नै स्टकमा रहेको चिनीको मूल्य बढाएको उल्लेख गर्दै उद्योगीलाई अझै ७ देखि ८ रुपैयाँ प्रतिकेजी घाटा रहेको बताए ।
यसअघि चिनी कारखानामा चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ रहेको र सामान्य समायोजन गर्दा चिनीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पुगेको अग्रवालले बताए । ‘चिनीको मूल्य बढेको होइन । यसअघि घटाइएको मूल्यमा तीन–चार रुपैयाँ समायोजन गरिएको हो,’ उनले लोकान्तरसँग भने, ‘अहिले बढाएको मूल्यले गत वर्षको लागत मूल्य समेत उठिरहेको छैन ।’
नयाँ उत्पादन बजारमा नआएको र गत वर्षको उत्पादनमा समेत सात–आठ रुपैयाँ घाटा रहेको अग्रवालको भनाई थियो ।
चिनी उद्योगीले उखुको मूल्य, उखु व्यवस्थापनको मूल्य, प्रतिकेजी चिनी उत्पादन गर्दा लाग्ने लागत, चिनी प्रशोधन खर्च लगायतका खर्च जोडेको छ ।
त्यस्तै मोलासिस एवं वगास विक्री रकम कट्टा गरी चिनी उत्पादनको जम्मा लागत ६४ रुपैयाँ ३० पैसा प्रतिकेजी पर्ने चिनी उद्योग संघले जानकारी दिएको छ ।
त्यसमा साढे ७ प्रतिशत चिनी कारखानाको मुनाफा र १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर चिनी उद्योगमा चिनीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ १० पैसा पर्ने संघले जानकारी दिएको छ ।
उद्योगीले चिनीको मूल्य बढाएपछि उपभोक्ता अधिकारकर्मीहरुले असन्तुष्टि जनाएका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सनाले उद्योगीहरुले संसदीय समिति, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई किनेर चिनीको मूल्य बढाएको बताए ।
उनले चिनीको मूल्य उद्योगमा प्रतकिेजी ७८ रुपैयाँ निर्धारण गरिएको र उपभोक्ता सम्म आइपुग्दा अझै महंगो हुने भन्दै चिनीको मूल्य बढाउन नाजायज रहेको बताए ।
यसअघि ६३ रुपैयाँका दरले रहेको चिनीको मूल्य एक्कासी १५ रुपैयाँका दरले बढाउन अनावश्यक रहेको र सरकारले मूल्य वृद्धिका विषयमा मौन रहनु सरकारी अधिकारीको मिलेमतोमा नै चिनीको मूल्य निर्धारण गरिएको बुझिने समेत तिमिल्सनाले बताए । ‘उद्योगीले ७८ रुपैयाँ बनाउन अनावश्यक हो । उपभोक्ताको घरसम्म ढुवानी लगायतका खर्च जोडेर अझै बढ्छ,’ उनले भने, ‘सरकार र उद्योगीको कारण हामी उपभोक्ता पिल्सिनु परेको छ । मारमा पर्नु परेको छ, ।’
एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...
जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...