
काठमाडौं– बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा सबै जनाको मृत्यु भयो ।
ताप्लेजुङ फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनास्थलमा छरपस्ट अवस्थामा सात वटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।
आज बिहान काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको उच्च तहको टोली आएको थियो । चुहानडाँडामा कार्यक्रमपछि पाथीभरा दर्शन गरेर काठमाडौँ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको पुष्टि भएको छ ।
दुर्घटनाबारे लोकान्तरले पलपलमा यथार्थ प्रयास गर्यो । दुर्घटनासम्बन्धीमा लोकान्तरमा भएका कभरेज यसप्रकार छन् :
रवीन्द्र अधिकारी : एक आशालाग्दा नेताको दुःखद् निधन !
सबैभन्दा अगाडि दुर्घटनास्थल पुगेका प्रहरी हवल्दारले जे देखे ...
पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटनामा कांग्रेसद्वारा दुःख व्यक्त
सम्हालिन सकेनन् बुवा इन्द्र : कसरी विश्वास गरौं बाबु तिमी छैनौ ... !
गगन थापाले भने – देशले एक आशातीत नेता गुमायो
कलाकार दीपकराजले लेखे– हिजो खिचेको फोटो आज समवेदनाका लागि प्रयोग गर्नुपर्यो
सुकेटार विमानस्थल ल्याइयो मन्त्री अधिकारीसहितको शव [तस्वीरहरू] यही ताप्लेजुङ, जहाँ १२ वर्षअघि पनि हेलिकप्टर दुर्घटनामा मन्त्रीको निधन भएको थियो |
विमानस्थल कार्यालयबाट हेलिकप्टर दुर्घटनाको पुष्टि, यी हुन् मृतकहरू
'शव संकलन गर्न आएको हेलिकप्टर 'ल्याण्ड' हुन सकेन, आकाशमै फन्को मारेर गयो...'
हाँस्दै हेलिकप्टर चढेका मन्त्री अधिकारी सबैलाई रुवाउँदै गए ! योगेश भट्टराईले गरे भावुक ट्वीट, 'मैले स्वीकार गर्न सकिनँ, तिमी नै बताइदेउ न यार् !' |
'मन्त्री अधिकारीको निधनले देशलाई अपूरणीय क्षति' - नेकपा
| हेलिकप्टर दुर्घटनामा पर्यटनका हस्ती शेर्पाको अवसान, को हुन् आङ्छिरिङ शेर्पा ? |
हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
मन्त्री अधिकारीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
मन्त्री अधिकारीको परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रधानमन्त्री
सरकारद्वारा राष्ट्रिय शोक घोषणा, भोलि सार्वजनिक बिदा दिने निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो, भोलि राष्ट्रिय शोकको घोषणा
हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो समिति
| पर्यटनमन्त्रीको निधनमा वामदेवले भने– नेपाल राष्ट्रको लागि अपुरणीय क्षति |
प्रदेश नं ३ : मन्त्री अधिकारीको निधनले सरकार स्तब्ध
प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले भने– मुलुकले भरोसायोग्य नेता गुमायो
मुख्यमन्त्री राईद्वारा शोक व्यक्त
मन्त्री अधिकारीको निधनमा गण्डकी प्रदेश प्रमुखद्वारा दुःख व्यक्त
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ५ जनाको शव फेला
प्रत्यक्षदर्शीको बयान– हेलिकप्टर भीरमा ठोक्किएर खस्यो, अनि बल्न थाल्यो
प्रत्यक्षदर्शीले भने– ७ जनाको शव निकाल्यौं, हेलिकप्टर खरानी
पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटनाग्रस्त, को–को थिए हेलिकप्टरमा ? |