×

NMB BANK
NIC ASIA

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक : नेता केसी

फागुन ३०, २०७५

NTC
Premier Steels

पोखरा- नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले नेत्रविक्रम चन्द (विप्लप) समूहलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक भएको बताएका छन् ।

Muktinath Bank

बिहीवार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा धकेलेको आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विप्लवका गतिविधिमाथि निगरानी गरेर नियन्त्रणमा लिनुपर्‍थ्यो । पार्टीमामाथि नै प्रतिबन्ध लगाउन मिल्दैन,' उनले भने, 'राजनीतिक पार्टीमाथि प्रतिबन्ध गर्ने काम अलोकतान्त्रीक र संविधान विपरीत हो ।’ नेता केसीले सरकारले पार्टीको मान्यता दिएको र स्थापित पार्टी भएका कारण उसले गरेका गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताउँदै पार्टीलाई नै प्रतिबन्ध गर्नु सरकारको गैरकानूनी कार्य भएको बताए ।


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्रीसमेत रहेका केसीले जनताको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्ने दायित्व सरकारको भएको भन्दै सीके राउतसँग भएको सम्झौता गलत भएको बताए । विखण्डकारी नेता सीके राउतसँग आफ्नै पार्टीभित्र र प्रतिपक्षसँग छलफलसमेत नगरी राष्ट्रघाती सम्झौता गरेको नेता केसीले आरोप लगाए । ‘सीके राउतसँग सरकारले सम्झौता गर्नुपूर्व पार्टीभित्र र बाहिर आवश्यक छलफल गरेर मात्र सम्झौता गर्नु पर्‍थ्यो,' उनले भने, 'तर सीके राउतले जनमत संग्रहको कुरा गर्दा गर्दै देशलाई टुक्र्याउनेसम्मको अभिव्यक्ति दिनेलाई मुलधारको राजनीतिमा ल्याउनु दुःखद हो ।’

Vianet communication

नेता केसीले सरकारले जेलबाट सीके राउतलाई छुट्ट्याएर ११ बुँदे सहमति गर्नु नाटक भएको टिप्पणीसमेत गरे । ‘विखण्डनकारीलाई जेलबाट छुट्ट्याएर ११ बुँदे सहमति गर्नु नाटकीय शैली हो,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x