काठमाडौं – सलमान खान र कट्रिना कैफ बलिउडका प्रिय जोडीमध्ये एक हुन् । उनीहरू हालै भारत फिल्ममा सँगै देखिएका थिए ।
यी दुवैको अनस्क्रीन केमिस्ट्री राम्रो छ अनि अफस्क्रीन केमिस्ट्री पनि प्रायः चर्चामा हुन्छ । कुनै समयमा सलमान र कट्रिनाबीच प्रेमी प्रेमिकाको सम्बन्ध थियो तर पछि उनीहरू छुट्टिए । अहिले आएर कट्रिनाले सलमानसँगको घनीभूत सम्बन्धका विषयमा खुलेर कुरा गरेकी छन् ।
हालै सम्पन्न एक कार्यक्रममा कट्रिनालाई सलमानसँगको सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । उनले आफूहरूबीच १६ वर्ष पुरानो सम्बन्ध रहेको बताए । उनले भनिन्, ‘उनी साँचो मित्र हुन् । तपाईंलाई आवश्यक परेको बेलामा उनी तपाईंसँगै उभिन्छन् । उनी जतिखेर पनि सम्पर्कमा त हुँदैनन् तर आफ्ना साथीहरूका लागि सधैं उभिन्छन् ।’
आफूलाई कन्टेन्ट दह्रो भएको फिल्ममा खेल्न मन लागेको कट्रिनाको भनाइ छ ।
एजेन्सी
लोकान्तर संवाददाता