×

NMB BANK
NIC ASIA

दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

कात्तिक १०, २०७६

NTC
Premier Steels

निजगढ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । 

Muktinath Bank

न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तरराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख काटे पुग्ने उहाँले बताउनुभयो । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको हल्लाजस्तो जङ्गल नै सखाप पार्ने गरी रुख काट्नुनपर्ने शर्माले बताउनुभयो ।
 
पूर्वपश्चीम राजमार्गको पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ भागमा विभाजन गरी सो क्षेत्रमा रहेको रुख र त्यसका प्रजातिहरुको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ । साथै हाल संशोधित नियमावलीअनुसार एक रुख काटे बराबर १० रुख रोप्नुपर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपण गर्दा प्रतिहेक्टर ७०० रुख रोप्ने र जसका लागि कूल एक हजार ८५० हेक्टर क्षेत्रफल खाली जमीन आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपणका लागि प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश नं ३ को मकवानपुरका केही खाली स्थानहरुको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाका बासिन्दाले भने विमानस्थल पूरा हुनुअघि नै आफूहरुको बासस्थानको टुङ्गो लगाउन माग गरेका छन् । टाँगिया बस्तीमा एक हजार ४७६ परिवारको बसोबास रहेको छ । टाँगिया बस्तीमा विसं २०३१ देखी बस्ती बसेको हो । अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम शुरु हुनुअघि नै आफूहरुको बस्तीको टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा बताउनुभयो ।

Vianet communication

आफ्नो बस्तीको बारेमा उचित स्थानान्तरणको प्रक्रिया टुङ्गो नलागी विमानस्थल शिलान्यास हुन नदिने अडानमा टाँगियावासी रहेका छन् । विमानस्थल निर्माण हुने पक्कापक्की भइसक्दासमेत सरकारले बस्ती स्थानान्तरणको विषयमा नसोचेको भन्दै स्थानीय चिन्तित भएका छन् । सरकारले सबैभन्दा पहिला बस्ती स्थानान्तरणको विषय टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका सल्लाहाकार डोरबहादुर बुढाथोकीले बताउनुभयो ।

टाँगियाका बासिन्दाले आफूहरु विमानस्थल निर्माणको विरोधी नभएको तर आफूहरुको उचित व्यस्थापनको माग गर्दै आएका बताएका छन् । टाँगियावासीको समस्या र मागका विषयमा स्थानीय सरकार गम्भीर रहेको जितपुर सिमरा उपमहानगर पासलका–१६ का अध्यक्ष केदार बजगाईँले बताउनुभयो । विमानस्थल आयोजना प्रमुख शर्माले स्थानीय सरकारको सहजीकरणमा बस्ती स्थानन्तरका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्थानान्तरणको प्रक्रिया टुङ्गो लगाइने बताउनुभएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x