×

NMB BANK
NIC ASIA

सत्ता राजनीतिको गोलचक्कर

कांग्रेस–एमाले समीकरण बन्ने चर्चाबीच प्रचण्डको मनोदशाः बाहिर आत्मविश्वास, भित्र त्रास !

काठमाडाैं | बैशाख १२, २०८१

NTC
Premier Steels

सरकारमा सहभागी साना दलको अनेक मागले दबाब र तनाव झेलिरिहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्लोपटक फेरि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ समीकरण बनाउने विषयले थप समस्यामा पार्ने देखिएको छ । 

Muktinath Bank

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले २१ फागुनमा कांग्रेसलाई छोडेर एमालेसँग नयाँ समीकरण बनाए पनि दुई महिना नहुँदा देखिन थालेका नयाँ कसरतले प्रचण्डमा अनेक सन्देह उत्पन्न गराइदिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले साना दलका ‘डिमान्ड’ धेरै भएपछि मिलाउन प्रधानमन्त्री प्रचण्डलाई अप्ठ्यारो भइरहेको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘साना दललाई पनि मिलाएर अगाडि बढ्नुपर्ने चुनौती छ । यस्तोमा साना दलको डिमान्ड धेरै छन् । यसैले प्रधानमन्त्रीलाई व्यवस्थापन गर्न अलि गाह्रै छ,’ पौडेलले लोकान्तरसँग भने, ‘संघमा देखिएको समस्या व्यवस्थापन हुन्छ । तर प्रदेशको किचलोले पनि अप्ठ्यारो पारिहाल्छ भन्ने स्थिति आइसकेको छैन ।’

Vianet communication

साना दलबाट प्रधानमन्त्री प्रचण्डमाथि अनेक सकस उत्पन्न भइरहेका बेला फेरि कांग्रेस र एमाले पनि मिल्दैछन् भन्ने चर्चा छ नि भन्ने लोकान्तरको प्रश्नमा उनले पनि यस्तै सुनेको जानकारी दिए ।

null 

‘यस्तो हल्ला सुनियो । तर एकैचोटी त्यो हदसम्म गइहाल्ला भन्ने लाग्दैन । अहिलेको स्थितिअनुसार यो समीकरणमा समस्या आइहाल्ला भन्ने लाग्दैन पनि,’ पौडेलले भने, ‘तर केही हुँदै–हुँदैन भन्न पनि सकिँदैन ।’

सत्ताको काँध फेर्दै कांग्रेस छोडेर एमाले बोक्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो चाहना नागरिकलाई जसरी पनि डेलिभरी दिने र केही न केही नतिजा दिएरै छोड्ने बताउँदै आएका छन् । सरकारमा साथ दिएका दलका नेता आफैं विवादमा मुछिने र स्तरभन्दा ठूला माग गर्न थालेपछि प्रधानमन्त्रीले आफूलाई दबाब पुगेको महसुस गरेका छन् ।

कांग्रेसले सहकारी प्रकरणका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको भन्दै निरन्तर संसदीय छानबिन समितिको माग गर्दै आएको छ । अघिल्लो समीकरण बन्दा आफूहरूलाई छुटाइएको भन्दै नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्रीसँग केन्द्र र प्रदेशसम्मै ‘बागेनिङ’मा छ । श्रीमान् र श्रीमतीको आन्तरिक झगडापछि नागरिक उन्मुक्ति पार्टी (राउपा)को किचलो मात्रै होइन सत्ता स्वार्थमा जनता समाजवादी पार्टी (जसपा)का अनेक शर्त प्रधानमन्त्री सामु छन् । 

‘सरकारमा गएर नतिजा दिन्छु प्रधानमन्त्रीका यसपटक डेलिभरी दिन कुनै कसर बाँकी राख्दिन’ भन्ने भाषण प्रचण्डले दिनदिनै गर्दै आएका छन् । तर प्रमुख सत्ता सहयोगी एमालेको अविश्वास र साना दलको अनेक फण्डा र हैरानीले  प्रधानमन्त्रीलाई सकसमा पारेको छ । 

यही बेला कांग्रेस–एमाले मिल्नुपर्ने दुई दलका दोस्रो तहका नेताको निरन्तरको बोल्दै आएका छन् । यही बेला कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादको श्रृंखला चल्ने मात्रै भएको छैन । साना दलको अनेक मागको पसल बन्द गराउनेसम्मको तयारी भएपछि प्रचण्डलाई दबाब पुगेको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् । अघिल्लो वर्ष कांग्रेसले एमालेसँग प्रतिशोध साँध्न र यसपटक एमालेले कांग्रेससँग प्रतिशोध साँध्न खोज्दा साना दलको भाउ बढेको उनी बताउँछन् । यसैले यसबाट आजित भएका कांग्रेस–एमाले साना दलको पसल बन्द गराउनुपर्छ भन्नेमा पुगेको टिप्पणी वाग्लेको छ । 

‘यसअघि एक अर्काप्रति प्रतिशोध साँध्न साना दललाई कांग्रेस र एमालेले नै धेरै भाउ दिए । यसैले त्रिशंकु संसद्मा हैसियतभन्दा बढी बार्गेनिङ गर्नेमा साना दल देखिए,’ उनी भन्छन्, ‘कांग्रेस र एमालेले यसबाट शिक्षा लिएको देखिन्छ । यसैले साना दलको पसल बन्द गराउनुपर्छ भन्नेमा उनीहरू देखिन्छन् ।’

कांग्रेस र एमालेका शीर्ष नेता बोल्न थालेको, अध्यक्ष ओली र सभापति शेरबहादुर देउवाबीच हार्दिकता देखिएको विषय सामान्य नभएको उनको तर्क छ । 

‘यसपटक कांग्रेस र एमालेले सत्ता स्वार्थमात्रै भन्दा पनि निर्वाचन प्रणाली बदल्न पनि छलफल गरेका छन् । शीर्ष नेतामात्रै बोल्ने, एमालेको कार्यक्रममा देउवा र ओलीको हार्दिकता देखिने मात्रै होइन एमालेको दस्तावेजमा यसपटक कांग्रेसप्रति आक्षेप नहुनुले दुई दलबीच दूरी घट्दो छ भन्ने देखिन्छ,’ वाग्ले भन्छन्, ‘अनौपचारिक छलफलमा उत्रिएर संकटको निकासका लागि मिल्नुपर्छ भन्नेमा कांग्रेस र एमाले छन् । अहिले निकास पनि यही हो ।’

प्रतिस्पर्धी र सैद्धान्तिक हिसाबले टाढा भएपनि साझा मुद्दा भएकोले केही समयभित्रै सत्ता साझेदारीमा जाने उनी बताउँछन् । ‘यी दुई दल प्रतिस्पर्धी हुन् । सैद्धान्तिक हिसाबमा फरक छन् । तरपनि यिनीहरूसामु साझा मुद्दा पनि छन्,’ उनले भने, ‘नयाँ सत्ता समीकरण बन्न केही समय लाग्ला तर देउवा र ओलीको अनौपचारिक संवाद, आत्मियता हार्दिकताले प्रधानमन्त्री प्रचण्ड मनोवैज्ञानिक रुपमा त्रसित छन् ।’

null

हुन पनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर एमालेले ललितपुरको गोदावरीमा मनाएको हीरक महोत्वसमा प्रचण्डले ओलीलाई विश्वास गर्ने पटकपटक बताएका थिए । 

‘केपी ओली कमरेडलाई म विश्वास गर्छु, किनकि हामीले हिजोका दिनमा विश्वास र अविश्वासको निकै ठूलो चक्र गुजारेका छौं,’ प्रचण्डले भने, ‘यसैले म ओलीजीमाथि विश्वास गर्न चाहन्छु ।’

सोही कार्यक्रममा ओली र देउवाबीच विश्वास बढाउने र हार्दिकता देखिएपछि प्रचण्डले यस्तो भरोसा गर्ने बताएका थिए । सोही कार्यक्रममा देउवा र ओली दुवैले मुद्दामा प्रमुख दल मिलेर जान सकिने प्रष्टै बताएका थिए । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य समीकरणमा केही भइहाल्छ कि भनेर कांग्रेसले खेल्न खोजे पनि छुट्टै विश्वासले अगाडि बढ्को बताए । 

‘प्रधानमन्त्रीलाई सहजता कांग्रेससँग हुँदा नै थियो । तर यसपटक केही नयाँ ढंगले काम गरौं भनेर गठबन्धन फेरिएको हो । नीतिगत रुपमा कहीं पनि समस्या छैन । एमालेले पनि सहयोग गरेरै मिलाएर जान खोजेको छ’, आचार्यले भने, ‘साना दललाई मिलाउन प्रधानमन्त्रीले सबै वातावरण बनाउनुभएको छ । हामी साथ नै हुन्छौं ।’ केही समस्या आउन लागे प्रधानमन्त्री  गठबन्धनका नेता बसेर मिलाउँदै आएको उनी बताउँछन् । 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राजनीतिमा सिद्धान्तले काम गर्न छोडेपछि फाइदा मात्रै हेरिने बताउँछन् । 

null

‘नेपालमा सिद्धान्तले काम गरेको छैन । सत्तामा जहाँ जोडिँदा फाइदा हुन्छ, त्यही जाने प्रवृत्ति छ,’ श्रेष्ठले भने, ‘साना दलले पनि अड्काउने र कहाँ फाइदा छ, त्यहीँ हेर्ने देखियो । ठूला दलको प्रवृत्ति पनि योभन्दा फरक छैन ।’

कांग्रेस र एमालेबीच अनौपचारिक छलफल हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले संशय देखाएका छन् । यही छनक पाएरै मंगलबार इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले ‘तीकडम गरेर कांग्रेस सत्तामा गए पहिलो निर्णय आफूलाई जेल हाल्ने गरे हुन्छ’ भनेका थिए । कांग्रेस र एमाले मिल्ने भनेकै आफूविरुद्धको सहकारी प्रकरणको मुद्दा बल्झिने संकेत लामिछानेले गरेका हुन् । 

एमालेको गोदावरीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले सहकारी ठगी गर्नेविरुद्ध कडा कारबाही गर्न माग गरेको थियो । यतिमात्रै होइन सभामुख देवराज घिमिरेले पनि दलबीच सहमतिमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सकिने बताएका थिए । 

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाटसमेत पातलो भएको उनीहरू निकट स्रोतको भनाइ छ । 

एमाले उच्च स्रोतले साना दलको पसल बन्द गर्ने विषयमा एमालेले धेरै अगाडिदेखि बोल्दै आए पनि कांग्रेसले अप्ठ्यारो पर्दा मात्रै यो विषय उठाएको बतायो । 

‘कांग्रेसका नेताहरू एमालेसँग मिल्नुपर्छ भनेर बोलिरहेका छन् । यो उनीहरू अप्ठ्यारो पर्दामा बोलेको बोली हो । यसअघि कांग्रेस र एमालेबीच संवाद नै नभएपछि बसौं कुरा गरौंसम्म भएको होला, तर मिलेर सरकार नै बनाइहालौं भन्नेसम्म प्रगति भइसकेको छैन,’ एमाले स्रोतले भन्यो, ‘साना दलको पसल बन्द गर्ने विषयमा भने कांग्रेसले अहिले बोल्यो । हामी पहिलेदेखि नै भन्दै आएका छौं ।’ समीकरण तत्काल फेरिने गरी भन्दा पनि दुवै दल बसौं अनौपचारिक कुरा गरौं भन्ने चाहना भने भएको त्यो स्रोतले जानकारी दियो । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x