×

NMB BANK
NIC ASIA

विश्वव्यापी गरीबी घटाउने दृष्टिकोण प्रस्तुत गर्ने ३ अर्थशास्त्रीले पाए नोबेल पुरस्कार

असोज २७, २०७६

NTC
Premier Steels

काठमाडौं – अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन अर्थशास्त्रीहरू अभिजित बनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई दिने घोषणा सोमवार गरिएको छ । 

Muktinath Bank

द रोयल स्विडिश एकेडमी अफ सायन्सेसले विश्वव्यापी गरीबी न्यूनीकरणका लागि परीक्षणात्मक दृष्टिकोण अपनाएकाले उनीहरूले पुरस्कृत गरिएको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द रोयल स्विडिश एकेडमी अफ सायन्सेसले लेख्यो– हालै नाटकीय सुधारहरू भए पनि मानवताका लागि महत्त्वपूर्ण विषय भनेको विश्वव्यापी गरीबीको न्यूनीकरण नै हो । 


Advertisment
Nabil box
Kumari

७० करोडभन्दा बढी मानिस अहिले पनि अति नै न्यून आयमा बाँचिरहेका छन् । प्रत्येक वर्ष लगभग पाँच वर्षमुनिका ५० लाख बालबालिका रोकथाम गर्न सकिने वा सस्तो उपचारबाट निको पार्न सकिने रोगका कारण मरिरहेका छन् ।

Vianet communication

विश्वका आधा जसो बालबालिकाले आधारभूत शिक्षा समेत पाएका छैनन् । 

यस वर्षका विजेताहरूले विश्वव्यापी गरीबीसँग लड्न विश्वासयोग्य उत्तरहरू प्राप्त गर्न नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । यस क्रममा उनीहरूले यसलाई ससाना तथा व्यवस्थापन गर्न सकिने प्रश्नमा विभाजित गरिएको छ । उदाहरणका लागि, शिक्षा वा बालबालिकाको स्वास्थ्य सुधारमा हस्तक्षेप । 

सन् १९९० को दशकको मध्यमा माइकल क्रेमर र उनका सहकर्मीहरूले यो दृष्टिकोण कति शक्तिशाली हुन सक्छ भनी देखाए । उनीहरू पश्चिमी केन्यामा विद्यालयका परिणामहरू सुधार्नका लागि विभिन्न किसिमका हस्तक्षेप गरे । 

अभिजित बनर्जी र एस्थर दुफ्लोले क्रेमरसँग मिलेर अन्य विषयमा तथा अन्य देशमा पनि परीक्षण गरे । उनीहरूको परीक्षणात्मक अनुसन्धान पद्धति अहिले विकास अर्थतन्त्रमा पूर्णतया हावी छ ।

४६ वर्षको उमेरमा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने सबभन्दा कान्छी अर्थशास्त्री हुन् । अर्थशास्त्रमा नोबेल पाउने उनी दोस्री महिला हुन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x