×

NMB BANK
NIC ASIA

कर्णालीका लागि संघीय सरकारको बजेट : योजनामा बजेट दिइन्छ, कार्यान्वयन हुँदैन

जेठ १६, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सबैभन्दा पछि परेको प्रदेश भन्ने गरिन्छ तर कर्णालीमा आउने अर्बौ बजेट कार्यान्वयन हुन नसक्दा विकास हुन नसकेको आरोप लागिरहेको हुन्छ ।

Muktinath Bank

संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीवार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमा योजना पारिएपनि कार्यान्वयनमा समस्या हुने सरोकारवालाले बताएका छन् । तर प्रदेश सरकारले भने बजेटको केन्द्रमा रहेको बताउँदै यसपटक कर्णालीमैत्री बजेट आएको दाबी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बजेटमा कार्यक्रम समावेश भएर मात्र नपुग्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘गत वर्षका भन्दा थप गरेर केही योजनाहरु समेटिएको पाइयो, तर अहिले कोभिड १९ को महामारीले यी कार्यक्रम कार्यान्वयन गर्न सकिने अवस्था छैन, बजेट महत्वाकांक्षी भयो । वर्षेनी एउटै कार्यक्रम दोहोरिएन आइरहनु उपयुक्त होइन, कार्यान्वयन संयन्त्र बलियो बनाउनुपर्छ ।’

Vianet communication

सरकारले कर्णालीको वास्तविक विकास चाहेको भए कार्यान्वयनमुखी बजेट ल्याउनुपर्नेमा त्यस्तो बजेट नल्याएको आरोप लगाए । सरकारले कोभिड १९ को संकटग्रस्त निजी क्षेत्र एवं धरासयी उद्योग व्यवसायलाई उकास्न मद्दत पुग्ने कार्यक्रम ल्याउन नसकेको उनको प्रतिक्रिया छ ।

तर सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने संघीय सरकारले ल्याएको बजेट कर्णालीमैत्री भएको बताएका छन् ।

‘केही नयाँ र बाँकी रहेका पुराना आयोजनालाई सम्पन्न गर्नेगरी बजेट आएको छ, यसमा कर्णालीका धेरै पूर्वाधारहरु समेटिएका छन्, केही राहत कार्यक्रम पनि आएका छन्,’ उनले भने, ‘बजेटका प्राथमिकता चयन र विनियोजन पनि ठीक ढंगले गरिएको छ ।’

मन्त्री ज्वालाले बजेटको केन्द्रमा स्थानीय तहलाई राख्नबाट चुकेको बताए । संघीयताको मर्म अनुसार संघ, प्रदेश र स्थानीय तहको समन्वय हुने गरी बजेटमा स्थानीय र प्रदेश सरकारको  अपनत्व हुने गरी आउनुपर्नेमा त्यसरी नआएको उनको भनाइ थियो ।

उनका अनुसार बजेटले कर्णाली प्रदेशलाई समानीकरणतर्फको केही अनुदान भने यसपटक घटाएको छ । समानीकरणतर्फ ९ अर्ब ६३ करोड, राजस्व बाँडफाँडतर्फ ७ अर्ब, समपुरक अनुदानतर्फ २५ करोड र विशेष अनुदान ४२ करोड अनुदान विनियोजन गरेको छ ।

कस्ता योजना परे छनौटमा

बजेट वक्तव्यमा भेरी कोरिडोर, भेरी-बबई बहुउद्देश्यीय परियोजना, कर्णाली भेरी लिफ्ट खानेपानी, जगदुल्ला र नलगाड विद्युत आयोजना, कोहलपुर सुर्खेत चारलेन सडक, कर्णाली कोरिडोर निर्माण, राप्ती राजमार्ग स्तरोन्नति, सुर्खेत, दैलेख सडक स्तरोन्नति, सुर्खेत जुम्ला राजमार्ग स्तरोन्नति, नाग्मा गमगढी रारा सडक निर्माण आयोजना समेटिएका छन् ।

आगामी वर्षभित्रै हुम्ला सदरमुकाम सडक पुर्‍याइने लक्ष्य यसपटक पनि बजेटमा समावेश गरिएको छ । हालसम्म सडक सञ्जालमा नजोडिएको हुम्ला मात्र एक्लो जिल्ला हो । बजेटमा प्रदेश राजधानी वीरेन्द्रनगरमा बृहत खानेपानी, सुर्खेतमा ५० शैयाको सरुवा रोग अस्पताल, सुर्खेत विमानस्थल विस्तार, सुर्खेतका बाढीपीडितका लागि सुरक्षित आवास योजना, कांक्रेविहार पुनःनिर्माणलाई निरन्तरता दिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा दैलेखमा अन्वेषण शुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्, कर्णाली नदी तथा जलाधार संरक्षण, जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम, सुर्खेतमा बहुमूल्य पत्थर उत्खनन उद्योग, रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना, कर्णाली बाल संरक्षण कार्यक्रम, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना, हुम्ला-यारी नाका व्यवस्थापन, विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने लगायतका कार्यक्रम बजेटमा समावेश गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने उद्देश्यले उच्च पर्वतीय खेलकूद तालिम केन्द्र स्थापनाको कार्यक्रम समावेश गरिएको छ ।

त्यस्तै, कर्णालीमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना हुने भएको छ । खाद्य प्रविधि तथा गुणस्तर मापन डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले प्रदेशमा प्रयोगशाला नहुँदा खाद्यवस्तुको गुणस्तर जाँच गर्न नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको बताए ।

प्रयोगशालाले नेपाल सरकारले अघि सारेको स्वस्थ शरीर नारालाई कार्यान्वयन गर्न टेवा पुर्‍याउने उनको भनाइ छ । सरकारले आगामी वर्षको बजेट वक्तव्यमा कर्णालीको सुर्खेत र गण्डकी प्रदेशको पोखरा यस्तो प्रयोगशाला स्थापना गर्न बजेट विनियोजन गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x