×

NMB BANK
NIC ASIA

धान रोप्ने सिजनमा मल नपाउँदा तनावमा किसान : अहिले खेती, १५ दिनपछि डीएपी !

असार ९, २०७७

NTC
Premier Steels

धान रोप्ने सिजन शुरू भएसँगै यतिखेर बजारमा मलको अभाव हुन थालेको छ । विगतका वर्षहरूमा जस्तै किसानहरू धान रोप्ने समयमा मल नपाएको भन्दै पिरोलिन थालेका छन् ।

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच कृषि क्षेत्रमा लगानी र कृषि उत्पादनमा जोड दिनुपर्ने बेलामा मल नपाएको भन्दै किसानहरू चिन्तित हुन थालेका छन् । धान रोप्ने समय शुरू भएसँगै बजारमा मल किन्नेको भीड बाक्लो देखिन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीले कृषि क्रान्तिका लागि अवसर ल्याएको विज्ञहरूले बताउँदै आएका छन् भने कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पनि अबको युग कृषि क्रान्तिको युग भएको बताउँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

बाली लगाउने र गोड्ने बेलामा सधैँजसो मल नपाउने समस्या भोगिरहेका कृषकहरू मन्त्री भुसालको कृषि क्रान्तिको नारा केवल नारा मात्रै भएको हो कि भन्ने आशंकामा छन् ।

Vianet communication

बर्दिया, गेरुवा गाउँपालिकाकी स्थानीय पार्वती चौधरी बजारमा युरिया मल अभाव भएको बताउँछिन् । गाउँपालिकामा रहेको सहकारी संस्थाले मल वितरण गरिरहेको भएपनि युरिया मल अभाव भएको उनको भनाइ छ । ‘बजारमा मलको अभाव छ, काठमाडौंको महलमा बसेर कृषि क्रान्तिको भाषण दिने मन्त्रीलाई यो कसरी थाहा हुन्छ ?’ उनले लोकान्तरसँग भनिन्, ‘डीएपी मल पनि दिनभर लाइनमा बसेर आधा आधा बाँडेर लिनुपरेको छ ।’

बर्दियाको बारबर्दिया नगरपालिकामा पनि मल किन्नेको लाइन उत्तिकै छ । स्थानीयहरूले मल किन्नका लागि लाइन बसेको तस्वीरहरू सामाजिक सञ्जालमा समेत छ्यापछ्याप्ती देखिन्छ । चिन्ता र आक्रोशसहित उनीहरूले मल नपाएको गुनासो गरेका छन् ।

नगरपालिकाका प्रवक्ता दुर्गाबहादुर विश्वकर्माले बजारमा मल अभाव भएकैले लकडाउनमा पनि बाक्लो भीड भएको लोकान्तरलाई बताए । उनले भने, ‘सहकारीमा मल किन्नेहरूको भीड भएको त्यो तस्वीर सत्य हो, यो यहाँ मात्रै हैन राष्ट्रिय समस्या हो ।’

मल अभावको समस्या बर्दियामा मात्रै हैन बारा जिल्लामा पनि उत्तिकै छ । बाराका किसानहरूले सामान्य अवस्थामा ८ देखि ९ सय रूपैयाँ बोरामा किन्ने मल यतिखेर १ हजार ६ सय देखि १ हजार ७ सय रूपैयाँसम्म तिरेर किन्नुपरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर १० का स्थानीय नितेश रिसाल बजारमा दिनभर लाइन लागेर पनि महँगोमा मल किन्नुपरेको गुनासो गर्छन् । उनले लोकान्तरसँग भने, 'अरू बेलामा ८/९ सयमा एक बोरा युरिया मल किन्न पाइन्थ्यो । अहिले १६/१७ सय रूपैयाँमा किन्नुपर्छ । त्यही पनि दिनभर लाइनमा बसेर ।’

यी त प्रतिनिधि घटना मात्र हुन् । काठमाडौं उपत्यका, धादिङ, चितवन, लगायतका जिल्लाहरूमा पनि मल अभाव उत्तिकै रहेको छ ।

कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले रासायनिक मल वितरणको जिम्मा लिएको छ । यी संस्थाहरूले सहकारी र सहकारीले किसानलाई मल बिक्री गर्ने गरेका छन् । सहकारीले किसानलाई मल वितरण गरेपनि कतिपय किसानले भने मल लुकाएर राख्ने गरेको पाइएको कृषि सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीले लोकान्तरलाई बताए ।

महामारीका कारण मल अभाव !

नेपालमा खेतीपातीको समयमा रासायनिक मल अभाव हुने समस्या विगतदेखि कै हो । यद्यपी सरकारले अबका दिनमा कृषिलाई प्राथमिकताका साथ अगाडि लैजाने भन्दै बिउ तथा मल अभाव हुन नदिने बताउँदै आएको छ ।

कृषि मन्त्रालयले विगतमा जस्तो मल अभाव हुन नदिने भन्दै गत आर्थिक वर्षको तुलनामा १ लाख टन बढी रसायनिक मल वितरण गर्ने कार्यक्रम घोषणा गरेको छ । जसअनुसार मन्त्रालयले ४ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने कार्यक्रम राखेको छ । 

केन्द्रका प्रबन्ध निर्देशक भण्डारीले कोरोना भाइरसको महामारीले सिर्जना गरेको महामारीका कारण बजारमा मल अभावको परिस्थिति आइपरेको बताए । लकडाउनका कारण भारतको कलकत्तामा मल रोकिएको र त्यसकारण मल अभाव भएको उनले बताए । ‘हेलिकप्टरमा मल ल्याउने कुरा भएन, रेल तथा गाडी हुँदै ल्याउनुपर्ने हुन्छ, लकडाउनका कारण त्यो रोकियो,’ उनले भने,‘अहिले स्टक पनि हामीसँग बाँकी रहेको छैन ।’

गलत प्रयोगले अभाव चुलियो

कृषकहरूले रासायनिक मल गलत तरिकाले प्रयोग गर्दा समस्या भएको भण्डारी बताउँछन् । काठमाडौं लगायतका कतिपय जिल्लाका किसानले धान रोप्दा युरिया मलको गलत प्रयोग गरेको पाइएको बताउँदै उनले गलत प्रयोगले समस्या निम्त्याएको बताए ।

उनले भने, ‘काठमाडौंमा धान रोप्दा पनि युरिया मल प्रयोग गर्ने गरेका रहेछन् । तर त्यसो हैन । धान रोप्दा डीएपी मल राख्नुपर्छ ।’

युरिया मल तुलनात्मक रूपमा अन्य मलभन्दा सस्तो रहेको कारण यसको गलत प्रयोग गरिएको उनको दाबी छ । उनले थपे, ‘युरिया मल सस्तो छ । त्यसकारण किसानले त्यही राख्ने रहेछन् ।’

उनका अनुसार धान रोप्दा शुरूमा थोरै डीएपी र पोटास हाल्नुपर्छ भने रोपेको २२/२५ दिनमा युरिया मल प्रयोग गर्नुपर्छ ।

विभिन्न तवरबाट रासायनिक मल प्रयोग विधि किसानहरूलाई सिकाइए पनि सिकाइ प्रभावकारी नभएको समेत उनले बताए ।

उनले किसानलाई पुनः मल प्रयोग विधि सिकाउन मन्त्रालयमा कुरा राखिसकेको बताउँदै उनले महामारी सामान्य भएपछि सिकाइको काम अगाडि बढाउने जानकारी दिए ।

किसानले गलत प्रयोग गरेका कारण अनुमान गरेर ल्याइएको मल पछि नपुग्ने समस्या देखिएको उनको तर्क छ ।

मन्त्रालय भन्छ - मल अभाव भएको छैन

विगतको तुलनामा अहिले नेपालमा रासायनिक मल अभाव नभएको मन्त्रालय बताउँछ । विगतको भन्दा १ लाख मेट्रिक टन बढी मल आपूर्ति तथा वितरण गर्ने योजना बनाएको मन्त्रालयले अहिले महामारीका कारण मात्रै बजारमा अभाव देखिएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बजारमा मल अभाव नभएको दाबी गर्छन् । महामारीका कारण मल आयात रोकिएर केही कम भएको छ तर मल अभाव नै भएको भने होइन', उनले भने, 'कलकत्तामा आएको मल २/३ महिना रोकिँदा यो समस्या निम्तिएको हो ।’

उनले भारतको गुजरातमा पनि युरिया मल रोकिएको बताए । अहिलेको लकडाउनका कारण मल आपूर्ति नभएर समस्या भएको बताए । उनले डीएपी मल नियमित आइरहेको भएपनि युरिया मल भने केही अभाव देखिएको जनाए । अबको १०/१५ दिनमा डीएपी मल नेपाल आइपुग्ने भएपनि युरिया मल आउन अझै केही समय लाग्ने जनाए ।

महामारीका समयमा पनि डीएपी मल वितरण निरन्तर गर्न सकेको भन्दै उनले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x