×

NMB BANK
NIC ASIA

कांग्रेसमा महाधिवेशनको चटारो

निधिको उम्मेदवारी चर्चाले कांग्रेसमा हलचल, शेखर र शशांक दुवै सभापतिका उम्मेदवार !

भदौ ११, २०७७

NTC
Premier Steels

राष्ट्रिय राजनीतिमा प्रभाव कमजोर बन्दै गएको नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा बहुपक्षीय प्रतिष्पर्धाको पूर्वसंकेत देखिन थालेका छन् ।

Muktinath Bank

नेतृत्वका लागि संस्थापन पक्ष, संस्थापन इतरदेखि कोइराला परिवारका सदस्यबीच नै प्रतिस्पर्धाको हुने अवस्था देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसमा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको बहस चलिरहेको समयमा आगामी महाधिवेशन कांग्रेस रूपान्तरणको महत्वपूर्ण कडी बन्ने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

संस्थापन पक्षका पिल्लर मानिएका विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछि सभापतिमा दोहोरिने शेरबहादुर देउवाको आकांक्षामा राम्रै धक्का लाग्ने देखिएको छ । 

Vianet communication

स्थापनापछि पहिलो पटक कांग्रेसमा एउटै परिवार र गुटबीच पनि फूटको स्थिति देखा पर्न लागेको हो ।

संस्थापनइतरका सबै प्रत्यासीको मिसन भने देउवालाई सभापतिबाट विस्थापित गर्नुजस्तो देखिएको छ । 

अन्तिमपटकका लागि भन्दै देउवाले सभापति बन्ने प्रयत्न छाडेका छैनन्, तर यसपटक उनलाई सभापतिमा दोहोरिन त्यति सहज नहुने कांग्रेस वृत्तमा चर्चा छ । संस्थापन पक्षका हस्ती मानिएका निधिले उम्मेदवारी दिने बताएपछि संस्थापन (देउवा) पक्ष मात्र नभई सिंगो कांग्रेसमा हलचल ल्याएको छ । क्यारेमबोर्डमा एउटा गोटी चल्दा अन्यत्र इफेक्ट परेजस्तो निधिको उम्मेदवारी चर्चाले कांग्रेसभित्र सानोतिनो हलचल पैदा गरिदिएको छ । 

आफूलाई सहयोग नगरे आफूले पनि सहयोग नगर्ने संकेत देउवाले निधिलाई दिएका छन् । निधि भने कांग्रेसको नेतृत्व लिनका लागि यही समय उपयुक्त भएको निष्कर्षसहित छलफलमा जुटेका छन् । 

सभापतिको उम्मेदवार बन्ने आफ्नो तयारी देखावटी नभएको भन्दै उनले कार्यकर्तासँग छलफल बाक्लो बनाएका छन् । पार्टीको उपसभापति भइसकेकाले सभापतिमा स्वाभाविक दाबी रहेको निधिको तर्क छ ।

कांग्रेसको चौधौं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेलाई तय भएकोमा क्रियाशील सदस्यता वितरण र नवीकरण नभएका कारण तोकिएको समयमै महाधिवेशन नहुने त पक्का जस्तै छ । 

महाधिवेशन कहिले हुन्छ भन्ने यकिन नभएपनि एउटा कुरा पक्का छ– महाधिवेशनमा निधि र शेखरको उम्मेदवारी । 

रामचन्द्र पौडेलले पनि देउवाइतर समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बन्ने कोशिश जारी राखेका छन् । एकपटक सभापति निर्वाचित भएर सक्रिय राजनीतिबाट विश्राम लिने भन्दै आफूलाई सभापतिमा समर्थन गर्न उनले देउवा इतरसमूहका नेतासँग लविङ गरिरहेका छन् ।

संस्थापन पक्षमा किचलो

सभापतिमा उठ्ने निधिको उद्घोषले संस्थापन पक्षमा हलचल ल्याइदिएको छ । देउवा गुटमा लागेका कारण कांग्रेसभित्र निधि सबैभन्दा अवसर पाउनेमा पर्छन् ।

१२ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार, त्यसपछि बनेको सुशील कोइराला सरकारमा भौतिक निर्माण मन्त्री, प्रचण्ड सरकारमा गृहमन्त्री बन्ने सौभाग्य उनले पाए ।

आफूले पनि देउवालाई पर्याप्त गुन लगाएको निधिको बुझाइ छ । 

२०७२ सालमा भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनको समयमा देउवाले निधिलाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने आश्वासन र प्रलोभन देखाएका थिए ।

देउवाले त्यो उधारो आश्वासन यसपटक पनि दोहोर्‍याएर अर्को महाधिवेशनमा स्वाभाविक रूपमा सभापतिको उम्मेदवार भन्दै निधिलाई फकाइरहेका छन्, तर निधि टसको मस छैनन् । 

नेतृत्वमा युवाको दबाब बढ्दै गएको अवस्थामा निधि अर्को कार्यकाल कुर्ने मनस्थितिमा देखिएका छैनन् । अर्कोपटक ‘गगन–विश्वप्रकाश’ पुस्ताले दाबी गर्ने भन्दै निधिले यसै कार्यकालमा उम्मेदवारी दिने तयारी गरेका छन् । 

सभापति दाबी गरेका निधिको पक्षमा हाल केन्द्रीय समितिमा कोही पनि छैनन् । उनको पक्षमा अहिले केही जिल्ला सभापति र महाधिवेशन प्रतिनिधि मात्र खुलेका छन् ।

कोइराला परिवारमै भीडन्त 

मंसिरमा सम्पन्न आमनिर्वाचनमा कांग्रेस पराजित भएपछि २०७४ सालको माघ १ गते सुजाता कोइरालाको निवासमा कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच छलफल भयो  ।

देउवाका कारण कांग्रेस कमजोर भएको निष्कर्षसहित १४ औं महाधिवेशनमा नेतृत्वका लागि कोइराला परिवारबाट दाबी गर्ने सहमति गरेका थिए । त्यसयता उनीहरूले कोइराला परिवारबाट नेतृत्वका लागि एकमात्र उम्मेदवारी दिने बताउँदै आएका थिए । 

महाधिवेशनको चर्चा र तयारी केही नभएपनि कोइराला परिवारका सदस्यहरूबीच २०७४ सालमा शुरू भएको सो गठजोडले संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा चिसो पसेको थियो । महाधिवेशनको मिति घोषणा अघिसम्म पनि कोइराला परिवारबाट एकमात्र उम्मेदवारी पर्ने बताउँदै आएका शेखर–शशांक दुवैजना नेतृत्वको होडमा लागेका छन् ।

स्वास्थ्य समस्याका कारण सुजाता कोइराला राजनीतिमा त्यति सक्रिय छैनन् । शेखर र शशांक भने नेतृत्वका लागि तम्तयार भएजस्तो देखिएको छ । अन्तरमुखी स्वभावका शशांक खुलेर बोलेका छैनन्, तर उनले आफूले मात्र देउवालाई पराजित गर्न सक्ने भनेर नेतृत्वमा दाबी पेश गरिसकेका छन् ।

कांग्रेसमा कोइराला परिवारको विरासत छ । बीपी कोइराला संस्थापक अध्यक्ष रहेको कांग्रेसमा लामो समय कोइराला परिवार नै नेतृत्वमा रहेको थियो । बीपीपछि लामो समय गिरिजाप्रसाद कोइराला कांग्रेसको नेतृत्वमा रहे भने देउवाभन्दा अघि सुशील कोइराला सभापति थिए । कोइराला परिवारका सदस्यहरूले कांग्रेसको नेतृत्व गर्दा पार्टीले उपलब्धि हासिल गरेको कांग्रेसको इतिहास छ । 

बीपी कोइराला सभापति रहेको समय २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला सभापति रहेको समयमा पनि कांग्रसले पटक–पटक बहुमत ल्याउन सफल भयो । किन्तु कोइराला सभापति रहेको समयमा २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने कांग्रेसको लज्जास्पद पराजय भयो । 

गिरिजापछि छोटो समय कांग्रेसको नेतृत्व गरेका सुशीलले त्रिपक्षीय प्रतिष्पर्धामा कांग्रेसलाई पहिलो बनाए भने संविधान सभाबाट संविधान जारी गरेको जस पनि बटुले ।

कांग्रेसकै नेतृत्वको सरकार रहेको समयमा संविधानसभाबाट संविधान जारी भएपनि त्यसपछिको निर्वाचनमा भने कांग्रेसको लज्जास्पद पराजय भयो । 

२०७४ सालको आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलेको हो । अन्य नेताहरूले महाधिवेशनको मिति घोषणापछि मात्र चहलपहल शुरू गरेपनि शेखर कोइराला आम निर्वाचनमा कांग्रेसको पराजयपछि नै जनताबीच गएका थिए । 

उसो त रामचन्द्र पौडेल स्वयंले आफू पनि कोइराला परिवारकै सदस्य भनेर सहानुभूति बटुल्ने कोशिश गरिरहेका छन् । जिन्दगीभर बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहयोगी बनेर काम गरेकाले आफू पनि कोइराला परिवारको सदस्य रहेको उनले बताउँदै आएका छन् ।

कोइराला परिवारका निकटस्थ र सुभेक्षुकले भने शेखर र शशांकलाई नै मिलेर जान जोड दिइरहेका छन् ।

कांग्रेस संस्थापक बीपीको छोरो भएकोमा कांग्रेसमा केही सहानुभूति शशाकंलाई छ । पछिल्ला आम निर्वाचनमा उनी लगातार विजयी हुनु उनको सबल पक्ष हो । तर निर्वाचित भएपनि संसद्मा उनको पफरमेन्स कमजोर छ । संसद्को अघिल्लो कुर्सीमा उपस्थित भएपनि उनी बिरलै बोलेका छन्, बोलेपनि उनको बोलीले तरंग ल्याएको छैन, जति ब्याक बेञ्चर गगन थापाले संसद्मा कांग्रेसको साख जोगाएका छन् । 

शशांकको तुलनामा शेखरले कार्यकर्तासँग घुलमिल गरिरहेका मात्र छैनन् राष्ट्रिय मुद्दामा आफ्नो भनाइ बुलन्द गर्दै लगिरहेका छन् । एक पटकका लागि मात्र सभापति बन्ने र सभापति बनेपनि प्रधानमन्त्रीमा दावी नगर्ने शेखरको अडानले उनीप्रति कार्यकर्ताको आकर्षण बढ्न सक्छ । यसअघि शशांकलाई महामन्त्री बन्न सघाएकाले यसपटक आफूलाई सभापतिमा सघाउनुपर्छ भन्ने शेखरको धारणा छ । 

शेखर र निधि दुवैको एजेण्डा भने आगामी आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्ने छ । सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री सबै पद एकै व्यक्तिले ओगट्ने परम्परालाई शेखरले उल्ट्याउन खोजेका छन् । शशांकले भने कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने योजना दिएका छैनन् ।

पढ्नुहोस् यो पनि :

सभापतिमा उठ्न सुझाव आएको छ, साथीहरूसँग सल्लाह गरेर निर्णय लिन्छु: शशांक कोइराला [अन्तर्वार्ता]

कस्तो बन्ला समीकरण ?

१४ औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवादेखि गगन थापासम्मले मुख खोलेका छन् । अहिले संस्थापन पक्ष भनिने देउवा समूहका विमलेन्द्र निधिदेखि गोपालमान श्रेष्ठसम्मले आकांक्षा देखाएका छन् । 

धेरै उम्मेदवार त देउवा इतर समूहमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी समेतले सभापतिमा लड्ने बताउँदै आएका छन् । 

कांग्रेसमा तेस्रो धार बनाउन खोजेका कृष्ण सिटौला र यसअघि सोही समूहमा रहेका गगन थापाले समेत सभापतिका लागि हाँक दिएका छन् । चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल लगायत १२ जना केन्द्रीय सदस्यहरुले नेतृत्वमा दावी गर्ने बताएका छन् । यो समूह महाधिवेशनमा निर्णायक बन्न सक्छ । 

अहिले १० जना जतिले सभापतिमा आकांक्षा देखाए पनि अन्तिम महाधिवेशनमा उम्मेदवारको संख्या ४ भन्दा नबढ्ने कांग्रेसका नेताहरु बताउछन् । देउवा, पौडेल, कोइराला र निधि अन्तिमसम्म मैदानमा टिकिराख्ने एक केन्द्रीय सदस्यको विश्लेषण छ । निधिले साथ छाडेपनि देउवासँग केही प्रभावशाली नेताहरु छन, जसलाई भागबण्डा मिलाउन पनि समस्या छ ।

कांग्रेसका एक प्रभावशाली नेताका अनुसार पराजित हुने अवस्था आए देउवा सभापतिमा नउठ्न सक्छन्, सट्टामा पत्नी आरजुलाई पदाधिकारीमा निर्वाचित गराउने उनको रणनीति हुन सक्छ । आफू उनठ्ने अवस्थामा देउवाले निधिको सट्टा रामचन्द्र पौडेल या शशांकलाई उठाउन सक्ने ती नेताको विश्लेषण छ । 

अहिले सभापति दाबी गरिरहेकाहरूले पद भागबण्डा गरेर जाने अवस्थामा कांग्रेसको समीकरण बदलिन सक्ने जानकारहरू बताउँछन् । समीकरण मिलाउन संस्थापन पक्षभन्दा रामचन्द्र पौडेल समूहलाई गाह्रो छ । 

महाधिवेशन नजिकिँदै गर्दा संस्थापनइतरका केही सदस्यले आफूहरू रामचन्द्र गुटको नभएको दाबी गर्न थालेका छन् ।

विगतमा केही एजेण्डा मिले पनि पौडेलको अन्डरमा आफूहरू नरहेको र पौडेल निर्विकल्प सभापतिको उम्मेदवार बन्न नसक्ने टिप्पणी उनीहरूको छ । 

कांग्रेस युवा नेता रामहरि खतिवडा महाधिवेशनमा कांग्रेस पुनरजागरणको अभियान भन्दा पनि को नेतृत्वमा पुग्ने भन्ने होडबाजीले गर्दा कार्यकर्ता निराश भएको बताउँछन् ।

‘जनताले स्थापित गरेका कार्यकर्तालाई नेताले विस्थापित गर्ने र नेताले स्थापित गरेका मान्छेलाई जनताले विस्थापित गर्ने, त्यही कुराको समायोजन गर्न नसक्दा कांग्रेसको यो हालत भएको छ,’ खतिवडाको विश्लेषण छ । 

कांग्रेसले मधेसमा रिभाइभ गर्न सक्छ : रामसरोज यादव

प्रदेश नम्बर २ को प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव निधिको उम्मेदवारीले मधेसमा कांग्रेसको रिभाइभको सम्भावना देखाएको दाबी गर्छन् । 

‘देखावटी कुरा गर्नुभएको होइन, सभापतिमा उठ्नकै लागि निधिले तयारी गर्नुभएको छ । कांग्रेसको नेतृत्व अब दोस्रो पुस्तामा गएन र देशको आवश्यकता अनुसारको लिडरसीप भएन भने यो पार्टीले देशका समस्या समाधान गर्न पनि सक्दैन,’ यादवले लोकान्तरसँग भने, ‘महेन्द्रनारायण निधिको छोरो भएर होइन नेपालको लोकतान्त्रिक आन्दोलनमा विमलेन्द्र निधिको आफ्नै किसिमको योगदान छ । उहाँ २४ वर्षको उमेरमा विद्यार्थी संघको अध्यक्ष भएको हो । बीपीजस्तो दूरदर्शी नेतृत्वले केही न केही सोचेर र सम्भावना देखेर नै निधिलाई त्यो जिम्मेवारी दिनुभएको थियो होला ।’ 

निधिको पक्षमा प्रदेश नम्बर २ का ८ जिल्लाका अधिकांश सभापतिहरूको समर्थन रहेको निकटस्थहरू बताउछन् । ‘२०१५ सालदेखि नै कांग्रेसको जग भनेको मधेश हो, यो बेला कांग्रेसको नेतृत्व मधेसले पायो भने राम्रो सन्देश जान्छ र फेरि पनि मधेशमा रिभाइभ गर्न सक्छौ,’ यादवले भने ।

हाम्रो वैचारिक समूहले पनि सभापतिमा उम्मेदवारी दिन सक्छ : धनराज गुरुङ

नेपाली कांग्रेसभित्र वैचारिक बहस गरिरहेका १२ जना केन्द्रीय सदस्य मध्येका एक धनराज गुरुङ अहिले सभापतिमा उम्मेदवारी दिन्छौं भन्ने नेताहरूले कांग्रेस रूपान्तरणको एजेण्डा पेश गर्न नसकेको बताउँछन् । 

‘महाधिवेशन नजिकिएसँगै उम्मेदवार बन्ने घोषणा गर्नु कुनै अनौठो होइन, जसजसले तयारी गर्नुभएको छ काबिल हुनुहुन्छ र पार्टी चलाउने हैसियत राख्नुहुन्छ, तर उम्मेदवारी घोषणा गर्ने सबै अग्रजले रुपान्तरणको योजनासहित आउनुपर्छ, कांग्रेस रुपान्तरणको कार्ययोजना के छ ? कार्ययोजना विनाको घोषणाले पार्टी जहाँको त्यहीँ रहन्छ,’ गुरुङले लोकान्तरसँग भने, ‘पार्टीलाई विचारले बचाउनुपर्छ भनेर हाम्रो वैचारिक टीम बनेको छ । त्यस्तै परिस्थिति सिर्जना भयो भने हाम्रो टीमबाट सभापतिको उम्मेदवारी घोषणाको सम्भावना नकार्न सकिन्न ।’

त्यसो त यो समूहमा गगन थापासहितका नेता अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएकामध्ये छन् । सिटौला स्वयंले पनि सभापतिमा दाबी गर्दै आएका छन् ।

यसपटक पनि सिटौलाले उम्मेदवारी दिने कुरालाई नकार्न सकिन्न ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x