कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
असोज २०, २०७७
प्रहरीले पक्राउ गरी सोमवार सार्वजनिक गरेका जुम्ला कनका सुन्दरी गाउँपालिका– ७ का पसल रोकायाले अनलाइनमा भ्रामक समाचार प्रकाशन गरेर ब्ल्याकमेल गर्ने, साइबर अपराध र ठगी गर्ने मात्र होइन निर्माण सेवा कम्पनी र कलेजसम्म चलाउँदै आएको खुलेको छ ।
अभियुक्त रोकायाले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा नामका दुई कम्पनीमार्फत ठेक्कापट्टाको काम गर्दै आएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
‘पसलले २ वटा निर्माण कम्पनीबाट ठेक्कापट्टाको काम गर्दै आएको देखिन्छ,’ एसएसपी ज्ञवालीले भने ।
उनको धन्दा मात्रै सीमित हुँदैन रोकाया शुभलभ्मी अस्पतालको अध्यक्ष समेत रहेका छन् । उनले अस्पतालको अध्यक्ष हुँदा ठगी गरेको भन्दै अहिलेसम्म मुद्दा चलिरहेको छ ।
उनले हालसालै ‘संविधान कलेज’ दर्ता गरेका छन् । उक्त कलेज सीटीईभीटीको सम्बन्धनमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतका मेडिकल क्षेत्रको पढाइ हुने गरी कानूनीरूपमै दर्ता गरेको पाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनको ठगी धन्दा त्यतिमा मात्र सीमित देखिँदैन । रोकायाले कर्णाली आवाज डट्कममार्फत् समाचारहरू सम्प्रेषण गर्दै आएका थिए भने कर्णाली एचडी युट्युब च्यानलमार्फत् विभिन्न व्यक्तिको आचरणमा हानी गर्ने खालका सामग्री प्रशारण गर्दै आएको एसएसपी ज्ञवालीले बताए ।
‘पसलले कर्णाली आवाज नामको अनलाइन पत्रिका र कर्णाली एचडी नामको युट्युब च्यानल सञ्चालन गर्दै आएको देखियो,’ एसएसपी ज्ञवालीले लोकान्तरसँग भने ।
सांसदकी श्रीमती, सचिवदेखि वडाध्यक्ष समेतलाई ठगी
उनले जुम्लाका वडाध्यक्षदेखि नेकपाका सांसदकी श्रीमती, सरकारका सचिव, पूर्व सांसद र प्रदेश सांसदसम्मलाई ब्ल्याकमेल गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले नेकपाका एक प्रभावशाली सांसदकी श्रीमतीलाई प्रभावमा पारेर ठगी गरेको पाइएको छ ।
उनले पूर्व सांसद देवीलाल थापाको भिडियो बनाएर कर्णाली एचडीमा प्रशारण गर्नुका साथै र कर्णाली आवाजमा समाचार प्रकाशित गरेर भ्रष्टाचारी भन्दै गालीगलौज समेत गरेको पाइएको छ ।
यसैगरी कर्णाली प्रदेशका सांसद पदम रोकायाको पनि भिडियो बनाएर सामाजिक सञ्जालमा भ्रष्टाचारी, सुन व्यापारी मारेको, बलात्कारी भन्दै समाचार र भिडियो प्रसारण गरेको पाइएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
प्रदेश सांसद रोकायाको नक्कली फेसबूक आईडी बनाएर स्टाफ नर्सबाट पैसा समेत ठगी गरेका अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
यस्तै एक जना निजामती कर्मचारीको श्रीमान् श्रीमतीको फोटो सामाजिक सञ्जाल फेसबूकमा राखी ‘नारीले स्वतन्त्रता बाँच्न पाउनुपर्छ, नारीप्रति हेर्ने नजर सबैको राम्रो हुनुपर्छ, चाहे दाइ, भाइ, जेठान, भेना जोसुकै हुन्, बलात्कार गरेको छ,’ भन्दै पोस्ट गरेका थिए ।
‘हामी श्रीमान् श्रीमतीको फोटो राखेर मलाई बलात्कारी भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘तँ बलात्कारी होस्, यदि बढी बोलिस् भने समाचार गर्दिन्छु भनेको थियो ।’
त्यतिमा सीमित नभएर उनको मोबाइल नम्बरबाट अर्कैसँग विभिन्न कुरा गर्दै ठगी गर्दै आएको ती सरकारी कर्मचारीले बताए ।
ती कर्मचारीको भनाइलाई मान्ने हो भने कतिपय स्टाफ नर्स उसकै कारणले आत्महत्याको प्रयास गर्ने अवस्थामा पुगेको र घरपरिवारबाट टाढा हुनु परेको छ ।
‘मैले खोज्दै जाँदा ५/७ जना स्टाफ नर्स बैनीहरू त आत्महत्या गर्ने अवस्थामा पुगेको समेत पाएको छु,’ उनले लोकान्तरसँग भने, ‘त्यसै कारणले यसलाई खोजेर कानूनको दायरामा ल्याउने र पीडित खोज्न लागेको हुँ ।’
तीनै कर्मचारीको उजुरीको आधारमा प्रहरीले पसल रोकायालाई पक्राउ गर्न सफल भएको थियो ।
मुख्य तारो स्टाफ नर्स
अभियुक्त पसल रोकायाले मुख्य तारो स्टाफ नर्सलाई बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार सीटीईभीटीबाट स्टाफ नर्स पढ्ने युवतीहरू तारोमा देखिन्छन् ।
रोकायाले स्टाफ नर्समा एक/दुई विषय लागेका विद्यार्थीलाई तारोमा राखेर पास गराइदिन्छु भन्दै पैसा ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
‘सीटीईभीटीको परीक्षामा पास गराइदिन्छु भन्दै ७० हजार, १ लाख लगायतका दरले पैसा ठगी गरेको देखिन्छ,’ एसएसपी ज्ञवालीले भने ।
उनले स्टाफ नर्सलाई प्रभावमा पार्नका लागि आफू सीटीईभीटीको बोर्ड मेम्बर भएको बताउने गरेका थिए । सीटीईभीटीकै अन्य सदस्यहरूसँग म्यासेजमा भएको कुराकानीको नक्कली स्क्रीनशट बनाएर पठाउने गरेको पाइएको एसएसपी ज्ञवालीले बताए ।
आस्वस्त पारेपछि युवतीबाट पैसा लिने र पछि विद्यार्थीहरूले ‘कि पास गराइदिनुस् कि पैसा फिर्ता दिनुस्’ भन्दा उनीहरूको फेक फेसबूक आईडी बनाएर अश्लील फोटो राख्ने र फेरि ब्ल्याकमेल गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी जनाएको छ ।
यस्तै अभियुक्त रोकायाले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भन्दै एक जनाबाट ४ लाख र अर्को एक जनाबाट २ लाख गरी ६ लाख ठगी गरेको समेत पाइएको छ ।
बैंक खातामा २ करोड रुपैयाँ
अभियुक्त रोकायाको विभिन्न बैंक खातामा २ करोड रुपैयाँ रहेको पाइएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार स्रोत नखुलेको २ करोड रुपैयाँ विभिन्न बैंकको खातामा रहको छ ।
त्यो पैसा रोकायाले ठगी गरेर कमाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
‘बैंक खातामा पैसा देखिएको छ, त्यसको अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले लोकान्तरसँग भने ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...