×

कांग्रेसले फाइदा बेफाइदा सोच्दैन, अलोकतान्त्रिक कदमको डटेर प्रतिरोध गर्छ – रामचन्द्र पौडेल

पुस २१, २०७७

फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको विरोधमा कांग्रेसले डटेर विरोध गर्ने बताएका छन् ।

मंगलवार राजधानीमा आयोजित राष्ट्रिय दलका नेताहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्ने बताएका हुन् ।


Advertisment

'यतिबेला कांग्रेसलाई फाइदा भयो कि बेफाइदा भयो भन्ने कुरा गौण हो,' वरिष्ठ नेता पौडेलले भने, 'मुख्य कुरा राष्ट्र र संविधानमाथि कसरी धोका भयो भन्ने हो । जनतामाथि धोका भएको छ, मतदातामाथि विश्वासघात भएको छ । यसको डटेर विरोध गर्नुपर्छ ।'


Advertisment

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेपछि कांग्रेसले आन्दोलन गर्ने क्रममा 'मोही माग्ने ढुङ्ग्रो लुकाउने'काम नगर्ने उनले बताए ।

'यसको डटेर विरोध गर्नुपर्छ । हाम्रो पार्टी सर्वसम्मत छ,' पौडेलले भने, 'कस्तो विरोध भन्ने कुरा आएपछि, मोही माग्ने ढुङ्ग्रो लुकाउने कुरा छैन । असंवैधानिक र अलोकतान्त्रिक काम सच्चिनुपर्छ ।'

उनले सर्वोच्च अदालतले पनि संविधानको धारा, अक्षर र भावनालाई कदर गर्ने गरी फैसला गर्ने आफ्नो विश्वास रहेको बताए ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x