×

विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी

पुस २७, २०७७

 नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो ।

यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन् । ऐनमा विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित प्रसारण गर्न अनुगमन गर्न र नेपाली विज्ञापनको नियमन गर्न विज्ञापन बोर्ड स्थापना गर्ने उल्लेख छ । ऐनमा उल्लेख भएअनुसार सरकारले कात्तिक ७ अघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव दिल्ली शर्माको अध्यक्षमा विज्ञापन बोर्ड गठन गरिसकेको छ ।


Advertisment

बोर्डमा प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त नहुन्जेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिन सकिने प्रावधान विज्ञापन नियमावली २०७७ मा उल्लेख छ । ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने र विदेशी विज्ञापनलाई नेपाली सञ्चार माध्यममा प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था छ,’ विज्ञापन बोर्डले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त कानुनी व्यवस्थाविपरीत यदाकता प्रसारण भइरहेको भन्ने गुनासो सुनिएकाले कानुनी व्यवस्थाविपरीत प्रसारण नगर्न नगराउन सम्बद्ध सबैमा ध्यानाकर्षण गराइसकेको छ ।’


Advertisment

सरकारले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भए नभएको विषयमा अनुगमन गर्न सूचना तथा प्रसारण विभागअन्तर्गत अनुगमन समिति गठन गरेको छ । विभागका तीन जना कर्मचारी खटाएर विदेशी च्यानलको अनुगमन गरिए पनि प्रभावकारी नभएको केबल व्यवसायीहरू बताउँछन् । विज्ञापनरहित नीति लागू भएसँगै नेपालमा प्रसारण भइरहेका कतिपय टेलिभिजन च्यानलको प्रसारण बन्द भएको छ । कतिपयले भने बेलाबेला विज्ञापन बजाउने गरेको गुनासो उपभोक्ताको छ ।

ऐनमा विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी नेपाली सञ्चार माध्यममा प्रसारण गर्न नपाइने व्यवस्था भए पनि अझै पनि केही विज्ञापन डबिङ गरी बज्ने गरेको गुनासो आएपछि बोर्डले सूचना निकालेरै सचेत गराएको हो । सरकारले नेपाली विज्ञापन बजारको आकार बढ्ने र नेपाली कलाकारका लागि रोजगारी सिर्जना हुने भन्दै विदेशी टेलिभिजनमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने गरी कानुन ल्याएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x