×

NMB BANK
NIC ASIA

चीनसँगको नाकामा व्यवधान : निर्यात ठप्प, आयात न्यून

माघ १३, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात १ वर्षदेखि ठप्प छ । आयात पनि न्यून मात्रामा भइरहेको छ ।

Muktinath Bank

नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको १ वर्ष पूरा भयो । अहिले नाकाबाट दैनिक चाइनिज ५ कन्टेनर मात्र सामान आयात भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षको माघ १५ देखि आयात प्रभावित भएको हो । शुरूमा हिमपात र ल्होसार पर्वका कारण बन्द भएको आयात कोभिड–१९ देखा परेपछि ठप्पप्रायः भयो ।


Advertisment
Nabil box
Kumari

पटक–पटक आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । केरुङभन्दा माथि खासा, न्यालम धिङग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै सामान थन्किएको व्यापारी धर्म पौडेलले बताए ।

Vianet communication

१ वर्षदेखि करीब २०० भन्दा बढी नेपालीका खाली कन्टेनर केरुङमा नै रोकिएका छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापारीका रोकिएका सामान ल्याउन चिनियाँ भन्सार प्रशासनसँग पहल गरिरहेको जनाए । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा यस नाका हुँदै ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार मूल्य बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार रुपैयाँको आयात भएको रसुवा भन्सार कार्यालयको तथ्यांक छ ।

आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले बताएको छ । अहिले धेरैजसो राजस्व तिर्न नपर्ने खालका सामान आयात भइरहेको छ ।

कार्यालयले चालू आवको पहिलो चौमासिकमा १ अर्ब ४ करोड ५८ लाख ७१ हजार मात्र राजस्व संकलन गरेको छ । जबकि २ अर्ब ९३ करोड ४ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो ।

भन्सार विभागले चालु आवका लागि रसुवा भन्सार कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ ।

चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । यस नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायत वस्तुहरू आयात हुन्छन् ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, शृंगारका सामान, ऊनी गलैंचा, कार्पेट, भाँडाकुँडालगायत वस्तुहरू निर्यात हुने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x