×

पानी बाराबारको स्थितिमा पुग्यो शिव श्रेष्ठ र करिश्मा मानन्धरको सम्बन्ध

माघ १३, २०७७

शिव श्रेष्ठ र करिश्मा मानन्धर नेपाली चलचित्रमा रुचाइएको जोडी मानिन्छ । ट्रक ड्राइभर, आशीर्वाद, मनकामनाजस्ता चलचित्रमा उनीहरुले सँगै काम गरे । दर्शकले यी चलचित्रमा गरेको कामलाई मन पराए । तथापि, १ दशकदेखि उनीहरूको जोडीलाई पर्दामा देख्न पाइएको छैन ।

एकले अर्कालाई असाध्यै सम्मान गर्ने शिव–करिश्माको सम्बन्धमा एकाएक फाटो आएको छ । यसको एउटै कारण हो, चलचित्र एउटा यस्तो प्रेम कहानी ।


Advertisment

यो चलचित्रबाट करिश्माकी छोरी कविताले डेब्यु गरेकी थिइन् । चलचित्रबाट शिवका छोरा शक्तिले समेत चलचित्र उद्योगमा पाइला चालेका थिए ।


Advertisment

लामो समयपछि शिवले चलचित्र बनाउन लागेकाले चलचित्र निर्माण हुँदा देखिनै यो प्रोजेक्टलाई लिएर एक किसिमको चासो थियो । तर, चलचित्र प्रदर्शन भएकै दिनदेखि यसले पानी समेत भन्न पाएन ।

चलचित्र नराम्रोसँग फ्लप भयो । एक प्रसंगमा शिवले केहि साथीभाइहरूसँग हिमालय जाभामा कफी खाएको पैसा समेत रिटर्न नभएको भन्दै दुःखेसो पोखेका थिए ।

चलचित्र पत्रकार, समीक्षक र दर्शक कसैले पनि चलचित्रलाई मन पराएनन् । स्वयं प्रिमियरमा पुगेका अथितिहरूले समेत चलचित्रलाई खासै मन पराएनन् । यो चलचित्र शिवको करिअरमा सबैभन्दा पत्ता साफ चलचित्र बनेको छ ।

छायांकन सुरु भएको केहि महिनामै चलचित्रको सम्पुर्ण काम रोकिएको यो चलचित्रका अन्य काम पुरा नगरेर चलचित्र प्रदर्शनमा ल्याइएको बताइन्छ ।

सोहि कारण करिश्मा रिसाएकी थिइन् । चलचित्रका बाँकी काम सम्पन्न गरेर पुर्ण तयारीका साथ यसलाई प्रदर्शन गर्न करिश्माले शिवलाई पटक पटक सुझाव समेत दिएकी थिइन् । तर, शिवले कसैको कुरा नसुनेर एकाएक चलचित्र प्रदर्शनमा ल्याए । त्यसपछि करिश्मा झन् रिसाएकी हुन् ।

करिश्माले केही समय अघि पोस्ट गरेको स्ट्याटसले समेत उनीहरुको सम्वन्ध पानी बाराबारको स्थितीमा पुगेको अनुमान गर्न गाह्रो पर्दैन । उनले चलचित्रको शीर्ष गीत शेयर गर्दै घुमाउरो तरिकाले भनेकी छिन्, ‘अरुलाई दोष दिएर महत्वपुर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।’

चलचित्रमा प्रियंका कार्की, वर्षा राउतलगायतका कलाकारहरुको त डबिङ समेत गरिएन । स्क्रिप्टभन्दा फरक चलचित्र ल्याएको भन्दै सोहि चलचित्रका कलाकारले चलचित्र प्रमोशनलाई वहिस्कार गरेका थिए । छोरीले पहिलो चलचित्र नै कमजोर बनाएकोमा असाध्यै मन दुखाएको भन्दै करिश्माले अब जस्तो पायो त्यस्तो चलचित्रमा छोरीलाई काम नगराउने अडान राखेकी छिन् ।

करिश्माले छिट्टै एक चलचित्र बनाउने तयारी समेत गरेको बुझिएको छ ।

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

असार ८, २०८१

श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् ।  उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x