×

कस्तो बन्दैछ ओलीले सिंहदरबारमा बिहीवार निरीक्षण गरेको प्रधानमन्त्री कार्यालय भवन ? [फोटोसहित]

माघ २९, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा जीर्णोद्धार भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको स्थलगत निरीक्षण गरेका छन्। 

लामो समयपछि बिहीवार सिंहदरबार पुगेका प्रधानमन्त्री ओली करीब २० मिनेट जति निरीक्षण गरेर फर्किएका थिए ।


Advertisment


Advertisment

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्राधिकरण र प्रधानमन्त्री कार्यालयका कर्मचारीहरू पुगेका थिए । 

ओलीले सुन्धारामा निर्माणाधीन धरहराको समेत निरीक्षण गरेका छन् ।

'दुवै संरचनाको निर्माणको काम सन्तोषजनक तरिकाले सम्पन्न हुँदै गरेको भनेर प्रधानमन्त्रीज्यूले राष्ट्रिय पुन:निर्माण प्राधिकरणको प्रशंसा समेत गर्नुभयो,' राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लोकान्तरसँग भने, 'कोभिडको समयमा समेत जिम्मेवारीपूर्वक प्राधिकरणले निर्धारित समयभित्रै काम सम्पन्न गरेको भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।'

२०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत क्षति पुगेको थियो ।

दुवै संरचना निर्माण गर्नका लागि प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

३ अर्ब १८ करोड जतिको अनुमानित लागतमा निर्माण भइरहेको धरहराको टावर निर्माणको काम फागुन महिनाभित्र सम्पन्न हुने ज्ञवालीले बताए ।

त्यसपछि थप संरचना निर्माण गरेर हस्तान्तरण गर्नका लागि केही समय थप्नु पर्ने उनले बताए । तर, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भने फागुन ३ गते नै हस्तान्तरण गरिने ज्ञवालीले बताए ।

अर्कै प्रयोजनका लागि बनाइएको भवनमा भूकम्पपछि प्रधानमन्त्री कार्यालय राखिएको थियो भने त्यसले नपुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको पहिलो तल्लामा समेत कार्यालय राखिएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री ओली खासै सिंहदरबार जाँदैनन् । लामो समयपछि उनी प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार पुगेका हुन् ।

१ अर्ब ३० करोडभन्दा बढीको लागतमा पुन:निर्माण  

राणाकालमा विक्रम संवत् १९०८ मा प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा बनेको सिंहदरबार स्थित उक्त भवनको डिजाइन भने कुमार नरसिंह र किशोर नरसिंहले गरेका थिए। 

यसअघि २०३२ सालमा पनि भूकम्प जाँदा तथा आगलागी भएर भवन जीर्ण बनेको थियो। त्यतिबेला चिनिया विज्ञहरूलाई बोलाएर 'सी' आकारको डिजाइनमा भवनको पुन:निर्माण गरिएको थियो । तर, फेरि पछिल्लो समय २०७२ सालमा आएको भूकम्पका कारण उक्त भवन जीर्ण बनेपछि त्यहाँ प्रधानमन्त्री बस्न सकेका थिएनन् ।

उक्त भवन भत्किएर जीर्ण बनेपछि राष्ट्रिय पुन:निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यालय इकाइ भवनमार्फत निर्माणको काम शुरू गरिएको छ । १ अर्ब ३० करोड ९९ लाख ९७ हजार रूपैयाँको लागतमा प्राधिकरणले उक्त भवनको प्रबलीकरण गरेको छ । 

आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माका अनुसार उक्त भवन निर्माणको काम तीन चरणमा गरिएको छ । पहिलो चरण (फेज १) अन्तर्गत पूर्व, उत्तर र दक्षिण दिशातर्फको 'सी' आकारको भवनको रेट्रोफिटिङ अर्थात् प्रबलीकरणको काम गरिएको छ । रेट्रोफिटिङ गर्नका लागि २५ करोड ८० लाख ९७ हजार रूपैयाँ लागतमा २०७४ जेठ २० गतेबाट काम शुरू गरिएको थियो ।

पहिलो फेजको काम २०७७ वैशाखमा सम्पन्न भएपछि दोस्रो फेजअन्तर्गत इन्टेरियर, मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ, एसी, फिनिसिङ, कार्पेटिङ, जेनेरेटर, ट्रान्सफर्मर, कन्ट्रोल रूम, फर्निसिङ, टेबुल, कुर्ची, सोफा, गार्डेनिङ सहितको काम ५८ करोड ३० लाख १० हजार रूपैयाँमा गरिएको विश्वकर्माले बताए। 

२०७६ फागुन ७ गतेदेखि शुरू भएको दोस्रो फेजको काम यही वर्ष २०७७ फागुन ११ गतेसम्म सम्पन्न हुनुपर्नेमा म्यादअघि नै काम सम्पन्न भएको उनले बताए।

त्यसैगरी तेस्रो फेजअन्तर्गत पश्चिमतर्फको भवनको जीर्णोद्धार गर्नका लागि ४६ करोड ८८ लाख ९० हजार रूपैयाँ छुट्याइएको छ। 

२०७६ असोज २७ गतेदेखि शुरू भएको उक्त कामका लागि २ वर्षसम्मको म्याद छ। अहिलेसम्म करीब ५० प्रतिशत काम सम्पन्न भएको उनले बताए।

आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार अहिले मर्मत भएको 'सी' आकारको चारतल्ले भवनमा कुल १३५ वटा कोठाहरू छन्।

२४ वटा बैठक कक्ष, प्रत्येक फ्लोरमा ३ वटा शौचालयसहित कुल ३ सय जना कर्मचारीहरू बस्न सक्ने क्षमता रहेको सिंहले बताए। 

'राणाकालमा नै बनेको उक्त ऐतिहासिक भवनको मौलिकता नसकियोस् भन्ने उद्देश्यले प्रबलीकरण मात्र गरिएको छैन, भवनको जगदेखि नै फलामसहित विभिन्न किसिमका स्ट्रिपहरू राखेर पर्खाललाई कसेर बलियो बनाइएको छ,' आयोजना प्रमुख सिंहले भने, 'राणाकालीन भवनमा त्यतिधेरै सेवा सुविधाहरू थिएनन्, तर अहिले भने त्यही डिजाइन, कला कौशलमा आधुनिक सुविधाहरू समेत थपिएको छ ।'

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x