×

NIC ASIA

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा शनिवार विशाल जनसभामार्फत शक्ति प्रदर्शन गर्‍यो ।

काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो ।


Advertisment
Rupse Holidays
Nabil box

बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । आज शनिवारको सभाले पनि त्यस्तै देखायो । शनिवारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण गराउँदै हौस्याएको देखिन्छ । 

Vianet communication

बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकतालाई हम्मेहम्मे पर्‍यो । सभास्थल बाहिर, सुख्खानगर, मिलनचोकदेखि हाटबजारसम्म जनता भरिए ।

नेकपा रुपन्देहीका युवा नेता गोपाल रानाले आफूहरूले सोचेजस्तै मानिसहरू सहभागी भएको बताए । उनले लोकान्तरसँग भने, ‘हामीले २ लाख मानिस उतार्ने भनेका थियौ । त्यति नै मानिसहरु आए । बुटवलको आजको सभाले सबै जनता ओलीको पक्षमा छन् भन्ने प्रमाणित गर्‍यो ।’

सभाको सन्देशबाट आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा आफूहरू केन्द्रित भएको रानाले बताए । नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको आमसभाबाट ओली समूह हौसिएको छ ।

सभालाई सम्बेधन गर्दै ओलीले भने, ‘सभा कस्तो हुन्छ । कार्यकर्ता कता छन् भनेर बुटवलको सभा हेर्न आग्रह गर्छु । कार्यकर्ता कसको पक्षमा छन् ? पार्टी छाडेर जानेहरू हेर्नुहोस् ।’ 

शनिवारको सभामा रुपन्देहीबाट १ लाखभन्दा बढी जनता सहभागी रहेका नेकपाको आकलन छ । प्रदेशका अन्य जिल्लाबाट ५० हजारभन्दा बढी जनता आएको राना बताउँछन् । गृहजिल्ला रुपन्देही भएका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको रुपन्देहीमा प्रभाव बढी छ ।

पौडेलकै पहलमा भएका विकास निर्माणले धेरै आयोजनाहरू अगाडि बढेका छन् । पौडेलकै योगदान र प्रभावले पनि शनिवारको कार्यक्रममा बढी जनता सहभागी भएका बताइएको छ ।

सभामा बोलका सबै नेताले सभामा सहभागी जनतालाई धन्यवाद दिए । ओली समूहले दाङमा सभा गरेको थिए । तर त्यहाँभन्दा बुटवलमा उल्लेख्य कार्यकर्र्ता सहभागी भए । गत माघ १५ गते बुटवलमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभामा पनि नेता कार्यकर्ता उल्लेख्य थिए ।

नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले केही नेताहरू पार्टी छाडेर गए पनि कार्यकर्ता माउ पार्टीमै रहेका आजको सभाबाट जनताले सन्देश दिएको बताए ।

हाम्रा विरोधी यत्तिकै आत्तिएका होइनन्, पर्सि सिंहदरबारबाट बताउँछु : केपी ओली

नेकपा फुटेको होइन, केही स्वार्थी षड्यन्त्रकारीहरू चोइटिएका हुन् : महासचिव पौडेल

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x