×

बजेटबारे अर्थमन्त्री

आशंका गर्नेलाई अर्थमन्त्रीको जवाफ– 'दोहोर्‍याएर भन्छु, सरकारले बजेटको सफल कार्यान्वयन गर्छ'

'जनता (मतदाता) प्रभावित हुन्छन् भनेर सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन’

जेठ १६, २०७८

आलोचकहरूले आशंका गरेपनि अर्थमन्त्री विष्णु पौडेलले बजेटको सफल कार्यान्वयन गर्ने दाबी गरेका छन् ।

उनले बजेट कोभिड– १९ रोग नियन्त्रण तथा रोकथाम केन्द्रित भएको भन्दै यसलाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने समेत बताए । 


Advertisment

आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, ‘बजेटले दिशानिर्देश गरेका कोरोना महामारी न्यूनीकरणका विषयहरू कार्यान्वयनमा आउनेछन् ।’


Advertisment

यस्तै कोभिडबाट प्रभावितलाई राहत तथा आर्थिक पुनरुत्थानमा बजेट केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए । 

‘बजेटको कार्यान्वयनसँगै एकातर्फ कोभिड विरुद्धको लडाईंमा सफलता र नागरिकको जीवन रक्षामा ऐतिहासिक उपलब्धि हासिल गर्नेछौं भने अर्कातर्फ आर्थिक क्षेत्रमा जेजस्तो चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउने अभियानमा सफलता प्राप्त गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ यो बजेट आएको छ,’ अर्थमन्त्री पौडेलले भने ।

विभिन्न क्षेत्रबाट बजेट कार्यान्वयनमा आउनेमा आशंका उब्जिरहेको भन्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनमा कुनै समस्या नहुने दाबी गरे । 

उनले भने, ‘म दोहोर्‍याएर भन्छु, सरकारले यो बजेट कार्यान्वयन गर्छ, यसमा कुनै पनि प्रकारको द्विविधा राख्नुपर्ने आवश्यकता छैन ।’

उनले भोलिदेखि नै अलगअलग मन्त्रालयहरूसँग सम्बन्धित योजनाका बारेमा छलफल गर्दै कार्यान्वयनको अभियानलाई तीव्रताका साथ अगाडि बढाउने बताए । 

अर्थमन्त्री पौडेलले सरकारले कोभिडको सामाना गर्नेगरी बजेट आएको बताए । 

उनले सरकारले मतदाता प्रभावित पार्नका लागि नभई आफ्नो अभिभारा पूरा गर्न बजेट ल्याएको दाबी गरे । 

उनले भने, ‘सरकार जनताप्रति जवाफदेही छ, त्यो जिम्मेवारी पूरा गर्न बजेट ल्याएका हौं । हामीले मतदाता प्रभावित पार्न ल्याएका हैनौं ।’

मतदाता प्रभावित पार्न बजेट ल्याएको हैन 

बजेट सार्वजनिक भएसँगै धेरैले मतदाता प्रभावित हुने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री पौडेलले टिप्पणीहरूको खण्डन गर्दै जनता प्रभावित हुन्छन् भनेर जनताप्रतिको जिम्मेवारीबाट सरकार नपन्छिने दाबी गरे । 

पत्रकार सम्मेलनमा उनले भने, ‘जनता प्रभावित हुन्छन् भनेर जनताप्रतिको जिम्मेवारीबाट सरकार पन्छिनुपर्छ भन्ने कोणबाट टिप्पणीहरू आएको छ, म यसलाई जवाफ दिनुपर्छ भन्ने ठान्दिनँ ।’

बजेट सुनाउनका लागि नभई कार्यान्वयनका निम्ति अगाडि सारिएको अर्थमन्त्री पौडेलले बताए । 

उनले भने, ‘यो बजेट सुनाउनका निम्ति हैन, कार्यान्वयनका निम्ति अगाडि सारिएको बजेट हो । प्रस्तुत बजेटपछि हामी जवाफदेही छौं ।’

बजेट कार्यान्वयनका लागि भोलिदेखि नै मन्त्रालयहरूसँग योजनागत छलफल गर्ने तयारी भएको समेत अर्थमन्त्री पौडेलले बताए । 

‘व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं । निर्धारण गरेका लक्ष्यहरू हासिल गर्ने गरी हामी मुलुकलाई अगाडि लिएर जान्छौं ।’ 

६.५ प्रतिशत आर्थिक वृद्धिको आधार के ? 

अर्थसचिव शिशिर कुमार ढुंगानाले खर्च हुन सक्ने पर्याप्त आधार देखाएर बजेट विनियोजन गरेको दाबी गरे । 

उनले भने, ‘जहाँ निरन्तर चलिरहेको र उच्च लेभलमा काम भइरहेको छ, जुन आयोजना छन्, जसको तयारी सम्पन्न भइसकेका छन्, ती आयोजनाहरूलाई अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको छ ।’

उनले खोप आउनेबित्तिक्कै अर्थतन्त्र चलायमान हुन शुरू हुन थाल्ने र राजश्व बढ्न थाल्ने विश्वास गरिएको बताए । 

अर्थ सचिव ढुंगानाले ६.५ प्रतिशतको आर्थिक वृद्धिको आधार समेत पत्रकार सम्मेलनमा सुनाए । 

‘कात्तिक महिनापछि इकोनोमिक एक्टिभिटिज हुँदा चालू आर्थिक वर्षमा नै ४ प्रतिशतको आर्थिक वृद्धि हुने अवस्थामा छौं । यसले हाम्रो अर्थतन्त्र चाँडै पुनरुत्थान हुन्छ भन्ने कुरा देखाउँछ ।’

उनले चालू आर्थिक वर्षमा समेत राहत र पुनरुत्थानका कार्यक्रम धेरै सञ्चालन गरेको सुनाउँदै अहिले पनि पुनरुत्थानका कार्यक्रमले अर्थतन्त्र चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने विषयमा सहयोग गर्ने बताए । 

उनले भने, ‘त्यसैको आधारमा नै हामीले ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेका हौं ।’
उनले सहजै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेमा सरकार विश्वस्त रहेको सुनाए । 
 

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x