२६ जेठ २०८३, मंगलबार

एमसीसी अगाडि नबढाउन प्रधानमन्त्रीलाई सत्ता गठबन्धनबाटै दबाब

एमसीसी अगाडि नबढाउन प्रधानमन्त्रीलाई सत्ता गठबन्धनबाटै दबाब

राष्ट्रिय जनमोर्चाले बहुचर्चित अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि नबढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको सत्ता गठनबन्धनको बैठकमा जनमोर्चाले एमसीसी अगाडि बढाए गठबन्धन छाड्ने चेतावनी दिएको हो । 

बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारसँग जनताका अपेक्षा धेरै भएकाले एमसीसीको विवादमा नफस्न आग्रह गरेका हुन् ।

‘यतिधेरै विरोध हुँदाहुँदै एमसीसी पारित गर्न तपाईंहरू किन हतार गर्दै हुनुहुन्छ ? एमसीसी पारित गरियो भने हामी गठबन्धनमा रहँदैनौं,’ केसीको भनाइ उदृत गर्दै बैठक स्रोतले भन्यो । 

गठबन्धनको बैठकले एमाले वरिष्ठ नेता माधव नेपालसँग समेत छलफल गरेर आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको स्रोतले बतायो ।

बैठकमा नेपाल पक्षबाट विजय पौडेल सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्