×

NMB BANK
NIC ASIA

सपना साकार

हावा कुरा होइन, हावाबाट विद्युत् निकालेर गाउँ नै झिलिमिली !

भदौ ५, २०७८

NTC
Premier Steels

पाल्पा सदरमुकाम तानसेनबाट ७० किलोमिटर पूर्वको विकट क्षेत्र हो निस्दी गाउँपालिका । जहाँ अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । 

Muktinath Bank

२०७४ सालमा भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । गाउँपालिकाको नेतृत्वमा भारी मतले विजयी भएर आए अध्यक्षमा मुक्तबहादुर सारू ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी निर्वाचित नहुँदै पनि योजना थियो – विकट गाउँपालिकालाई उज्यालो बनाउनुपर्छ, गाउँलाई अन्धकारबाट उज्यालो बनाउनुपर्छ ।


Advertisment
Nabil box
Kumari

त्यो कुरा उनको घोषणा पत्रमा उल्लेख थियो ।
 
गाउँपालिकाको मित्यालमा बाह्रै महिना, चौबिसै घण्टा हावा चल्ने । उनले हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने सुनेका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गाउँपालिको केन्द्र रूप्सेभञ्जाङमा वायुबाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन गरी निष्कर्ष निकाल्यो । 

Vianet communication

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले परीक्षणको लागि १ किलोवाट विद्युत् वायुबाट निकालेर परीक्षण सफल भयो । सारूले योजना बनाए – अन्धकार गाउँलाई हावाबाटै विद्युत् निकाली उज्यालो बनाउनुपर्छ । 

उनले हावाबाट बिजुली निकालेर गाउँलाई झिलिमिली बनाउँछु भन्दा धेरैले सारूलाई नै हावा भने । थोरै मान्छेले मात्र सारूलाई साथ दिए । गाउँमा उज्यालोका लागि चिन्ता गरिदिने मान्छे थिएनन् । 

उनले १५ किलोवाट वायु र १० किलोवाट सोलारबाट विद्युत् निकाल्न सके गाउँपालिका कार्यालयसहित वडाका २०० घरमा विद्युत् पुग्ने निचोड निकाले । योजनाका साथ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा उनले योजना लगे । उनको पहललाई वैकल्पिक ऊर्जाले पनि साथ दियो । २०७६ अन्तिमतिर हावाबाट बिजुली निकाल्न चाहिने सबै उपकरण गाउँमा भित्रिए ।

उपकरणहरू जडान गरिए । बिजुली बल्यो । गाउँ उज्यालो भयो । गाउँपालिका अध्यक्ष सारूले हावा र सौर्य ऊर्जाबाट विद्युत् निकाल्न योजनालाई सफल बनाए । ‘२५ किलोवाटको हावाबाट बिजुली उत्पादन भएको छ । त्यसबाट ८ सरकारी संस्थामा विद्युत् सेवा पुर्‍याएका छौं । १५२ घरलाई पनि यो सुविधा उपलब्ध छ । उपभोक्ताले बिजुली उपयोग गरिरहेका छन् । यसैमा म धेरै खुशी छु,’ उनले भने ।

गाउँपालिकामा वायुबाट विद्युत् उत्पादनका लागि ३ करोड रुपैयाँ खर्च भएको छ । जसमध्ये ५० लाख रुपैयाँ गाउँपालिकाको बजेट हो । 

सारू थप्छन्, ‘नेताहरूले मलाई हावा कुरा गर्छ भने । हावाबाट बिजुली निकाल्ने कहीँ सफल हुन्छ ? हाम्रा नेताहरू हावा कुरा गरिरहे । म आफ्नो मिसनमा लागिरहे । हावाबाट बिजुली निकालेर जनताको घर र दिल उज्यालो बनाएँ ।’

इच्छाशक्ति भए विकासका काम गर्न गाह्रो नरहेको र केही गरौ भन्ने सोच भए काम गर्न सजिलै सकिने सारूले बताए ।

रूप्सेभञ्जाङमा वायुबाट विद्युत् उत्पादन भएपछि वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाएका छन् । निस्दीमा तीव्र गतिमा हावा चल्छ । 

पहाडका अग्ला डाँडा र नदीका खोचमा निरन्तर हावा चलिरहन्छ, जुन कहिल्यै पनि रोकिँदैन । हावाको गतिअनुसार नै विद्युत् उत्पादन हुन्छ । 

विद्युत् उत्पादनका लागि वायुपंखा, कन्ट्रोलर र ब्याट्री आवश्यक पर्छ । अग्लो डाँडामा वायुपंखा फिट गरिन्छ । जसबाट कन्ट्रोल रूम हुँदै ब्याट्रीसम्म तार लैजान सकिन्छ । ब्याट्रीबाट आवश्यकताअनुसार विद्युत् आपूर्ति गरिन्छ । विद्युत्को संकट कम गर्ने दिशामा सहयोग पुग्नुको साथै हावापानी परिवर्तन विरुद्धको विश्वव्यापी अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने सारू बताउँछन् ।

वायुबाट विद्युत् निकालेको डाँडालाई पर्यटकीय केन्द्र पनि बनाउन सकिने प्रशस्त सम्भावना छन् । तानसेन आउने पर्यटकलाई निस्दीसम्म लगेर हावाबाट विद्युत् उत्पादन देखाउन आवश्वयक रहेको उनले बताए । 

‘निस्दीमा अझै विद्युतीकरण भइसकेको छैन । मैले विद्युत्, खानेपानी र बाटोघाटामा जोड दिएको छु । त्यही अनुसार काम पनि गर्दै आएको छु । गाउँपालिकालाई सफल र सुन्दर पर्यटकीय क्षेत्र बनाउने कोसिस मात्र गरेको हुँ,’ सारु भन्छन्, ‘हावाबाट पनि सबै गाउँलाई विद्युत् पुर्‍याउन पनि महंगो हुन जान्छ । केन्द्रीय विद्युत् प्रसारण लाइन ल्याउँदैछौं ।’

विद्युत् पुर्‍याएर जनताको घर र मन उज्यालो बनाउने उनको योजना छ । निस्दी मासुमा आत्मनिर्भर भएको छ । सुन्तला, अम्रिसो र इलामको चियाबगान जस्तै देखिने अम्रिसो पनि छ ।

उनी एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । धेरै काम गर्ने योजना हुँदाहुँदै स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष पुग्न लागेको छ । अब आफ्नो नेतृत्वमा शुरू भएका योजना सम्पन्न गर्नतर्फ लाग्नुपर्ने सारु बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x