×

NMB BANK
NIC ASIA

ठगीका अनेक रूप

जहाँपुग्यो त्यहीँ ठग्ने एक नटवरलालको कथा: ठेकेदार र हाइड्रोको सीईओ हुँ भन्दै डेढ करोड ठगी

भदौ ७, २०७८

NTC
Premier Steels

नामः रविकुमार सिंह 

Muktinath Bank

जन्मः लाटीकोइली– ७ सुर्खेत


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थायी बासस्थान : टीकापुर– ९, कैलाली


Advertisment
Nabil box
Kumari

जन्म मिति : २०३५ भदौ १६ 

Vianet communication

काम गर्ने स्थान : रोयल हाइड्रो कन्स्ट्रसन कम्पनीको सीईओ र इञ्जिनीयर,

साथमा सुजुकी कम्पनीका दुईवटा गाडी (सेतो र खैरो), २ वटा मोटरसाइकल 

देव विकास बैंकमा खाता, ग्लोबल आइएमई बैंकमा खाता, बैक अफ काठमाडौंमा खाता  र तिनका एटीएम साथै मास्टर कार्ड, कल्ब कार्ड । हाइफाइ लाइफ स्टाइल । 

झट्ट हेर्दा जो कोहीले भन्छ, यो त ठूलै मान्छे रहेछ । १०/२० लाख नपत्याउने कुरै भएन । तर उसको यो पहिचान नक्कली हो । बरु वास्तविक नाम शेरसिंह भन्ने रवि सिंह हो ।

भारतको हिमाञ्चाल प्रदेश रामपुर गसेरा जिम्लाको नोगली पञ्चायत घर भएको सिंह ललितपुरको महालक्ष्मी नगरपालिका– ५ सेतीपाखा बस्दै आएको थियो ।

उसले कसरी बनायो यो पहिचान ? कसरी जुटायो गाडी र बाइक ? यो रहस्य तब खुल्यो जब चुरियामाई इन्टरप्राइजेज जडिबुटीका सञ्चालक कृष्णहरि गौतमले महानगरीय अपराध महाशाखामा उजुरी दिए ।

बजाज कम्पनीको डोमिनार– ४०० सीसीको मोटरसाइकल ३ लाख ३० हजारमा खरिद गर्ने भन्दै ३० हजार दिएर २०७७ पुस २९ गतेदेखि बेपत्ता भएपछि गौतमले महाशाखामा उजुरी दिएका थिए ।

त्यसपछि प्रहरीले उसको खोजी शुरू गरेको थियो । ऊ कहिले पूर्व, कहिले पश्चिम पुगेर लुक्दै आएको थियो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार ऊ जहाँ जान्थ्यो, त्यहीँ ठग्ने रहेछ ।

‘ऊ जहाँ गयो, त्यहीँ ठग्ने रहेछ । ढल्केबरमा खाना खाने ठाउँमा समेत १० लाख ठगेको रहेछ,’ एसपी कोइरालाले लोकान्तरसँग भने, ‘म ठेकेदार हुँ । अहिले पैसा अड्किएको छ, आएपछि दिउँला भन्दै फसाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

यो त उसको सानो ठगी हो । उसले रुपन्देहीको बुटवल उपमहानरपालिका–८ का हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई बुटबल–नारायणगढ सडक खण्डका दायाँबायाँका रुख कटानको सबकन्ट्रयाक आफूले पाएको भन्दै चाइना स्टेट कन्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग अञ्जली कन्स्ट्रक्सन र आफ्नो (रविकुमार सिंह) को साझेदारी भएको नक्कली कागजात देखाएर ४३ लाख ७३ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

एसपी कोइरालाका अनुसार ऊ ४० प्रतिशत मुनाफा दिने भन्दै पैसा नभएको चेक दिएर भागेको थियो ।

ऊ बुटवलको लुम्बिनी सांस्कृतिक नगरपालिका– ६ का अनिल गुरुङसँग आफू अञ्जली कन्स्ट्रक्सनको डाइरेक्टर भएको भन्दै मासिक ९० हजार भाडा दिने भनेर बा १२ च ३८५९ नम्बरको स्वीफ्ट गाडी २०७६ वैशाखमा लिएर फरार भएको थियो । त्यही कारको नक्कली कागजपत्र बनाएर ८ लाख ३५ हजारमा बन्दकी राखेर अर्को ठगी समेत गरेको पाइएको छ ।

त्यस्तै धनुषा जनकपुरधाम उपमहानरपालिकास्थित न्यू साह एण्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई आफू रोयल हाइड्रो कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर भएको र १ लाख ५० हजार मासिक भाडा दिने भन्दै प्रदेश ३–०१/०२३ च ००५० नम्बरको सुजुकी ब्रेजा गाडी लिएर फरार भएको थियो ।

यति मात्र नभएर उसले रोयल हाइड्रो कन्स्ट्रक्सनको नक्कली लेटरप्याड, छाप, नक्कली दस्तखत प्रयोग गरेर संस्थापक अध्यक्ष भएको भन्दै १ करोड ठगी गरेको महाशाखाका प्रवक्ता कोइरालाले बताए ।

प्रहरीले सिंहलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको थियो । 

‘सक्कली कागजात पानीले बिग्रियो म सक्कली कागजात बनाएपछि दिन्छु भनेर ठग्दो रहेछ’ कोइरालाले भने, ‘ऊ जहाँ पुग्यो त्यहीँ ठग्ने भएकाले अझै उजुरीहरू आइरहेका छन् ।’

उसको नक्कली नागरिकता कसरी बन्यो ? वा कसरी कीर्ते भयो ? कसले सहयोग गर्‍यो भन्ने जानकारीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको र त्यहाँबाट जवाफ आएपछि मात्र थाहा हुने प्रवक्ता कोइरालाले बताए । 

प्रहरीमा हालसम्म आएका उजुरी हेर्दा १ करोड ६५ लाख ९८ हजार रुपैयाँ ठगेको देखिएको छ । उजुरी थपिने क्रम जारी रहेकाले यो रकम अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x