×

NMB BANK
NIC ASIA

लागूऔषध तस्करी

लागूऔषध ट्रान्जिट नेपालः अफगानिस्तान र ब्राजिलबाट यसरी हुन्छ हेरोइनदेखि कोकेनसम्म ओसारपसार !

भदौ ८, २०७८

NTC
Premier Steels

लागूऔषध नियन्त्रण ब्यूरोले एक साता लगाएर पक्राउ गरेका ९ जनालाई साउन १८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो । 

Muktinath Bank

विशेष सूचनाका आधारमा साउन ७ गतेदेखि १४ गतेसम्म उनीहरूलाई काठमाडौंको रानीबारी, पकनाजोल, टोखा, गल्कोपाखा र कोटेश्वरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका ९ जना एउटै समूहका व्यक्तिहरू थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनको भरतपुर महानगरपालिका–३ का ४५ वर्षीय सुरोज गुरुङ, काठमाडौं रानीबारीकी ४३ वर्षीया अञ्जु थापा मगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, रक्की आलेमगर र २३ वर्षीया रायल थापा मगर, भारत दक्षिण गोवा नग्गावरवडा घर भएका ३९ वर्षीय सन्दीप पटेल, धादिङको नीलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, काठमाडौं झोँछेका ४९ वर्षीय सुदन शाक्य र धादिङ निलकण्ठ नगरपालिका– ११ का २७ वर्षीय मछिन्द्र धमलालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।


Advertisment
Nabil box
Kumari

उनीहरूको साथबाट लागूऔषध कोकेनसहित ७ लाख नगद पनि बरामद गरिएको थियो ।

Vianet communication

बोलिभियाका कोकेन कारोवारी रोबर्टो कार्लोससँग भएको कोकेन अञ्जु थापा मगरले चोरी गरेर बजारमा बिक्री गरेको देखिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले बताए । 

‘अञ्जुले २०७६ मंसिर २९ गते कार्लोसको कोठाबाट चोरी गरेको ज्याकेटबाट नै यो सारा प्रकरणको शुरूआत भएको देखिन्छ,’ एसपी श्रेष्ठले लोकान्तरसँग भने, ‘त्यहाँबाट ल्याएको कोकेन बिक्री गर्ने क्रममा नै उनी लागूऔषध कारोवारी बनेको देखिएको छ ।’

कार्लोसले ब्राजिलबाट इथोपिया, भारत हुँदै ८ किलो कोकेन ज्याकेटमा लुकाएर नेपाल ल्याएका थिए । कोकेन लुकाएको एउटा ज्याकेट हराएको थियो, तर उनले ज्याकेट हराएको बारे कतै उजुरी गरेका थिएनन् । त्यही ज्याकेटमा रहेको कोकेन अञ्जुले बिक्री गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कार्लोसलाई प्रहरीले २०७६ पुस ५ मा पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनी अहिले कारागार चलान भएका छन् । 

ब्यूरोका प्रवक्ता श्रेष्ठका अनुसार नेपालमा मानोदीपक (झुम्म पार्ने, लठ्याउने ट्याबलेट) को बढी खपत हुन्छ । 

कोकेन, हेरोइन, खैरो हेरोइन लगायतका महंगा लागूऔषध भने नेपाललाई ट्रान्जिट बनाएर चीन, थाइल्यान्ड लगायतका देशहरूमा लगेको देखिन्छ । 

५ वर्षमा २७ केजी कोकेन र ४९० केजी अफिम बरामद

सबैभन्दा महंगो मूल्य पर्ने लागूऔषध कोकेन लागूऔषध नियन्त्रण ब्यूरोले ५ वर्षमा २७ किलो १५६ ग्राम बरामद गरेको छ । नेपाली बजारमा कोकेन २२ हजारदेखि ३० हजार प्रतिग्रामसम्ममा विक्री हुने गरेको छ । २२ हजारकै दरले हिसाब गर्दा पनि प्रतिकेजी २ करोड २० लाख मूल्य पर्ने देखिन्छ । 

‘यो नेपाली बजारमा २२ हजारदेखि ३० हजार प्रतिग्रामसम्ममा बिक्री हुँदै आएको पाइएको छ,’ ब्यूरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठले भने, ‘नेपालमा यसको खासै प्रयोग भएको पाइँदैन, तर केहीले प्रयोग गर्छन् भन्ने सूचना छ ।’

प्रहरीले  सबैभन्दा धेरै आर्थिक वर्ष २०७६/७७ मा २७ केजी कोकेन बरामद गरेको थियो । यसलाई न्यूनतम मूल्यमा हिसाब गर्दा पनि ६० करोडभन्दा बढी पर्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ४ केजी ६५८ ग्राम, २०७३/०७४ मा ४ केजी ५५४ ग्राम र आर्थिक वर्ष २०७७/०७८ मा ९३२ ग्राम र यो आर्थिक वर्षको साउन महिनाको मसान्तसम्म २ केजी १२ ग्राम कोकेन बरामद गरेको छ । 

धेरै महंगो हुने भएकाले नेपालमा कोकेनको खपत नहुने ब्यूरोका प्रवक्ता श्रेष्ठले बताए । 

‘कोकेनको नेपालमा ट्रान्जिट मात्र हो । महंगो हुने भएकाले यहाँ खपत हुँदैन । अफगानिस्तानबाट ब्राजिल, भारत हुँदै नेपालमा ट्रान्जिट भएर चीनदेखि ब्राजिलसम्म पुग्ने गरेको छ,’ एसपी श्रेष्ठले लोकान्तरसँग भने ।

खुला सिमाना र लागूऔषध जाँच गर्ने राम्रो उपकरण नभएका कारणले नेपाललाई ट्रान्जिटको रूपमा लागूऔषध कारोवारीले प्रयोग गर्ने गरेको गृहमन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका उपसचिव अर्जुन भण्डारीले बताए । 

‘भारतसँगको खुल्ला सिमाना, जाँच गर्ने राम्रो उपकरण नभएकाले कारोवारीले नेपाल ट्रान्जिट बनाएको देखिन्छ,’ उपसचिव भण्डारीले लोकान्तरसँग भने, ‘यूएनओले पनि विश्वमा लागूऔषध ट्रान्जिट हुने एउटा रुट नेपाल पनि भएको उल्लेख गरेको छ ।’

ब्यूरोको तथ्याङ्क अनुसार पछिल्लो ५ वर्षमा ४९० केजी अफिम बरामद गरेको छ । नेपालमा अफिम प्रतिकेजी ५० हजारसम्ममा बिक्री हुने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । यसरी हेर्दा पनि ५ वर्षमा ४५ करोडभन्दा धेरैको अफिम बरामद भएको छ । 

यस्तै सोही अवधिमा साढे ३५ केजी हेरोइन प्रहरीले बरामद गरेको छ भने ७ हजार ११९ केजी चरेस बरामद गरेको छ । नेपाली बजारमा सामान्यतया ७ हजार प्रतिकेजी बिक्री हुने गरेको छ । 

यसका अलवा नेपालमा खपत हुने मनोदीप लागूऔषधहरू डाइजेपाम, नेट्रोभेट लगायत पनि प्रहरीले बरामद गर्ने गरेको छ ।

लागूऔषध नियन्त्रणमा गृहको गुरुयोजनाः ट्र्याकिङ सफ्टवयरदेखि २० वर्षे योजनासम्म

२०३३ सालमा लागूऔषध इकाई हुँदै अहिले गृहमन्त्रालय मातहत रहेको लागूऔषध नियन्त्रण शाखाले लागूऔषधसम्बन्धी कानूनलाई मध्यनजर गरेर राष्ट्रिय नीति र रणनीति बनाएर माग घटाउने, आपूर्तिमा नियन्त्रण, क्षति न्यूनीकरण, अनुसन्धान र शोध विकाससँग सम्बन्धित विभिन्न योजनाहरू तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन लागेको गृहमन्त्रालयको लागूऔषध शाखाका उपसचिव अर्जुन भण्डारीले बताए ।

उनका अनुसार कानूनी कुराको अभाव, सामग्रीको अभाव, दक्ष जनशक्तिको अभाव भएकाले त्यसलाई सम्बोधन गर्नका लागि गृहमन्त्रालयले विभाग स्थापना गरेर २० वर्षे कार्ययोजना तर्जुमा गरेर अगाडि बढ्न लागेको छ । 

यससम्बन्धी ८० प्रतिशत कानून २०७२ सालभन्दा अगाडिका भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने देखिँदा ती सबै कानूनलाई पुनरवलोकन गर्ने तयारीमा गृहमन्त्रालय छ ।

‘देश संघीय संरचनामा गइसकाले स्थानीय, प्रदेश र संघको जिम्मेवारी के हुने भन्ने कुरा स्पष्ट पार्नको लागि नयाँ ऐन नियमको आवश्यकता देखिन्छ,’ उपसचिव भण्डारीले भने, ‘यसलाई दिगो विकास लक्षसँग जोड्ने भन्ने हाम्रो योजना छ ।’

नेपालमा लागूऔषधबाट छुटाकारा दिलाउने रिह्याब सेन्टर नीजी क्षेत्रमा मात्रै भएकाले त्यसलाई सार्वजनिक नीजी साझेदारीमा सरकारी तवरबाट ठूला रिह्याब सेन्टर ७ वटै प्रेदशमा बनाउन लागेको छ । 

त्यसमा तालिम दिने, ल्याब राख्ने, लागूऔषधसम्बन्धी अनुसन्धान गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले स्थानीय, प्रेदश र संघको भूमिका रहने गरी स्थापना गर्न लागेको गृहमन्त्रालयले जनाएको छ । अहिले कास्कीमा नौलो घुम्ती भन्ने सरकारले भवन बनाएर नीजी क्षेत्रलाई चलाउन दिएको छ ।

गृहमन्त्रालयले बढी प्रभावित जिल्लालाई वर्गीकरण गरेर ए, बी र सी बनाएर त्यहाँ आगूऔषधले पारेको प्रभाव, प्रयोगकर्ता, स्वास्थ्य अवस्था, पारिवारिक अवस्थाको अनुसन्धान गर्ने लक्ष्य लिएको छ । 

यसै वर्षमा सफ्टवेयर बनाएर नेपालमा केमिकलको अवस्था कस्तो छ ? प्रत्येक दिन औषधि र औषधि बनाउन प्रयोग हुने केमिकल, एसिड र प्रत्येक दिन बिक्री हुने एसिडको देशभरको तथ्याङ्क केन्द्रीकृत गर्न लागेको भण्डारीले बताए । यसका साथै देशभरका सबै नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधको सबै जानकारी दिने मेसिन ल्याउन अर्थमन्त्रायसँग कुरा भइराखेको छ ।

जसले अन्य अवैध सामानहरूसँगै लागूऔषधको बारेमा मानिसको शरीरभित्र भएको अवस्थाको बारेमा जानकारी दिनेसम्मको काम गर्ने भण्डारीले बताए । 

‘त्यो मेसिन महंगो त पर्छ तर त्यो आवश्यक हो । हामीले अर्थमन्त्रालयसँग कुरा गरिरहेका छौं । बजेट निकासा हुनासाथ ल्याउने प्रक्रिया अगाडि बढाउने योजना बनाएका छौं,’ उपसचिव भण्डारीले लोकान्तरसँग भने ।

यसका साथै मन्त्रालयले स्थानीय तहहरूमा लागूऔषधसम्बन्धी जनचेतना, नेपालमा भित्रिने रुटहरूको अनुसन्धान, त्यसलाई न्यूनीकरण लगायतका विषयमा काम गरिरहेको बताएको छ ।

लागूऔषध नियन्त्रणमा चुनौती

नयाँ–नयाँ प्रविधिसँगै लागूऔषध नियन्त्रणमा चुनौती छन् । विश्वमा उत्पादन हुने हेरोइनको मुख्य ठाउँ दक्षिण एसिया र भारतसँगको खुला सिमानाले गर्दा यसका धेरै चुनौतीहरू रहेको गृहमन्त्रालयले आँकलन गरेको छ । 

अफगानिस्तान, पाकिस्तानबाट सप्लाइ हुने साइकोट्रपिकल लागूऔषधहरू नेपालमा खपत हुने गरेका छन् । ब्राजिल, पेरु, कोलम्बिया, दक्षिण अफ्रिका, भारत, चीन तस्करका  समूहले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएका छन् ।

दक्षिण एसियामा लागूऔषधको तस्करीको नयाँ प्रवृत्ति, समुदायबाट असहयोग, लागू औषध नियन्त्रणमा सरकारको कम प्राथमिकता, तस्करहरूको नयाँ रुट, नयाँ प्रविधि, अन्तरक्षेत्रीय समन्वय र सहकार्यको अभाव, तथ्याङ्क संकलन र सूचना आदानप्रदान, प्रयोगकर्ताको ओभर डोज र महिला लागूऔषध प्रयोगकर्ता महिलाको स्वास्थ्य अवस्थामा गम्भीर समस्या जस्ता कुरालाई न्यूनीकरण चुनौती रहेको लागूऔषध नियन्त्रण शाखाले बताएको छ । 

विश्वमा २ वटा रुट, नेपाल सहायक रुट

विश्वमा हेरोइनको मुख्य उत्पादन हुने ठाउँ अफगानिस्तान दक्षिण एसियामा पर्छ । त्यसको तस्करीको मुख्य ट्राजिन्ट भारत भएकाले त्यहाँबाट नेपाललाई प्रयोग गरेको देखिन्छ । ब्राजिलबाट नेपाल हुँदै भारत र चीन लैजान लागेको कोकेन प्रहरीले अघिल्लो वर्ष बरामद गरेको थियो ।

संयुक्त राष्ट्रसंघको अफिस अफ ड्रग्स् एण्ड क्राइम (यूएनओडीसी) को ड्रग्स ट्राफिकिङको रिपोर्टअनुसार विश्वमा एसिया ओरिजिन पोइन्ट र मेन पोइन्ट भएका रुटबाट लागूऔषध कोकेन र हेरोइनको ओसारपसार हुने गर्छ ।

रिपोर्टअनुसार एसियन रिजन पोइन्ट अन्तरगत अफगानिस्तानबाट एउटा रुट मध्य एसिया हुँदै रसिया, इरान, साउथ इष्ट युरोप हुँदै मध्ययुरोप पुग्छ । अफगानिस्तानबाट सिधै म्यान्मार र म्यान्मारबाट भारत हुँदै नेपाल चीन जान्छ भने भारतबाट अमेरिका, क्यानडा चीनमा समेत जाने तथ्याङ्कले देखाएको छ ।

अफगानिस्थानबाट पूर्व एसिया र त्यहाँबाट फेरि भारत आउने भएकाले लागूऔषधको रुटको रूपमा नेपाललाई तस्करहरूले प्रयोग गर्दै आएका छन् ।

यसरी हेर्दा पनि लागूऔषधका कारोवारीले नेपाललाई प्रयोग गर्ने गरेको देखिन्छ । नेपालमा त्यति धेरै ठूलो कोकेन र हेरोइनको ट्रान्जिट नभएता पनि भारतमा हुने भएकाले खुल्ला सिमानाको मौका तस्करले उठाउने देखिन्छ । 

यूएनओडीसीको रिपोर्टअनुसार एक वर्षमा विश्वमा ३४० टन हेरोइनको खपत हुन्छ, त्यसमध्ये एसियन पोइन्टबाट ७३.७ मेट्रिकटनको कारोवार हुन्छ । मिडिल इस्ट र दक्षिण एसियामा ३९ प्रतिशत खपत हुन्छ । एसियाबाट नर्थ अमेरिकामा कोलम्बिया, मेक्सिकोको समुद्र हुँदै जाने गरेको रिपोर्टमा उल्लेख छ ।

ब्राजिल पनि कोकेन उत्पादन गर्ने मुख्य देश हो । मेक्सिको, अमेरिका, युरोप, क्यानडा लगायतका देशमा ब्राजिलबाट ७१२ टन कोकेन सप्लाइ भएको देखाउँछ । अघिल्लो वर्ष नेपालमा ब्राजिलबाट आएका व्यक्तिबाट १५ किलो कोकेन बरामद भएको थियो । 

गृहमन्त्रालयको लागूऔषध शाखाका अनुसार ब्राजिलबाट आउने हरेक व्यक्तिको विषेश निगरानी हुने गरेको छ । 

‘विश्वमा कोकेनको ठूलो उत्पादन गर्ने देश ब्राजिल भएकाले त्यहाँबाट नेपाल आउने हरेक व्यक्तिलाई सुक्ष्म तरिकाले निगरानी गरिन्छ,’ गृह मन्त्रालयका उपसचिव अर्जुन भण्डारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x