×

NMB BANK
NIC ASIA

प्रदेश १ मा छैनन् गौरवका आयोजनाः मुख्यमन्त्री र मन्त्रीको खल्तीका आयोजनालाई गौरव भन्दै प्रचार !

भदौ २८, २०७८

NTC
Premier Steels

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले ३ वर्षसम्म प्रदेश सरकारको नेतृत्व गरे ।

Muktinath Bank

प्रदेशका विकास आयोजनाहरूलाई अगाडि बढाउन प्रदेश योजना आयोग पनि बनाए । तर मुख्यमन्त्री राईको पाला एउटा पनि आयोजना प्रदेश गौरवका रूपमा सूचीकृत भएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले केही आयोजनालाई गौरवको आयोजना भन्ने गरेको छ । तर ती आयोजनाले औपचारिक रूपमा प्रदेश गौरवको आयोजनाको मान्यता भने अझै पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

गौरवका आयोजना छनोट गर्नका लागि पहिला योजना बैंक स्थापना गर्नुपर्छ । प्रदेश सरकारले योजना बैंक नै सञ्चालन नगरी अहिलेसम्म आयोजनाहरू सञ्चालन गरिरहेको छ ।

Vianet communication

हालसम्म सञ्चालन भएका आयोजनाहरू मुख्यमन्त्री, मन्त्री र सांसदको खल्तीबाटै आएको आयोगका कर्मचारीहरू बताउँछन् । प्रदेश सरकारले सञ्चालन गरेका कुनै पनि आयोजना गौरवका योजनाका रूपमा नरहेको प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरेले बताए । 

प्रदेश गौरवका आयोजना सञ्चालनका लागि योजना बैंक आवश्यक रहेको उनको भनाइ छ ।

‘योजना बैंक स्थापना हुँदा योजनाहरू सञ्चालन गर्न सजिलो हुन्छ,’ सचिव घिमिरेले भने, ‘कस्ता खालका योजना सञ्चालन गर्न लागिएको हो, तिनीहरूको सम्भाव्यता अध्ययन, लागत समेत तयार पारेर मात्रै योजना सञ्चालन गर्ने गरिन्छ । त्यसो गर्दा कुनै पनि आयोजना पैसा अभावमा रोकिँदैन ।’

गौरवका आयोजनाका रूपमा छनोट नभएका आयोजनालाई समेत प्रदेश सरकारका मन्त्रीहरूले विना आधार प्रदेश गौरवका आयोजना भन्ने गरेको आयोगका एक कर्मचारीले आरोप लगाए । 

‘कार्यकर्ता पाल्नका लागि मात्र प्रदेश सरकारले विकासे योजना ल्याएको जस्तो देखिन्छ,’ आयोगका ती कर्मचारीले भने, ‘भोट बैंक संरक्षणका लागि वडाध्यक्षले जस्तो २–४ लाखका कार्यक्रम ल्याएर प्रदेश सरकारले काम गरिरहेको छ ।’

निवर्तमान मुख्यमन्त्री राईले भीम आचार्यलाई प्रदेश सरकारको तालाचाबी बुझाएपछि प्रदेश योजना आयोग नै पदाधिकारीविहीन बनेको छ । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले पद जोगाउनमै ध्यान केन्द्रित गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री राईले आयोगमा तीन जना नियुक्त गरेका थिए, जसमा सुवोधराज प्याकुरेल उपाध्यक्ष रहेका थिए भने सदस्यहरूमा डा. पूर्णबहादुर लोक्सोम र मीना भण्डारी रहेका थिए । 

मुख्यमन्त्रीले राजीनामा दिएपछि उनीहरू पनि पदबाट बिदा भएका छन् ।

योजना आयोगले ६४ वटा आयोजनालाई आयोजना बैंकमा राख्न सुझाव दिएको छ । प्रदेश सरकारको मध्यावधि समीक्षामा ती आयोजनालाई गौरवको आयोजना भनिएको छ ।

प्रदेश सरकारले प्रकाशन गरेको मध्यावधि समीक्षा पुस्तकमा ३ पेज लामो सूचीलाई प्रदेश गौरवका आयोजना तथा जिल्लागत सम्भावित उद्योगहरूको सूची भनिएको छ ।

कोदोको रक्सी ब्रान्डिङ, ह्विस्की उत्पादन तथा ब्रान्डिङलाई समेत प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा राखेको छ । रक्सी ब्रान्डिङलाई जसरी पनि अगाडि बढाइने सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले बताए । 

विराटनगर अन्तर्राष्ट्रिय विमानस्थललाई समेत प्रदेशको गौरवको आयोजना भनी राखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि तीन तहका सरकारबीच सम्झौता भएको १ वर्षभन्दा बढी समय बितिसकेको छ ।

अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनका लागि सरकारले १ सय २६ बिगाहा जमिन समेत अधिग्रहण गर्नका लागि रोक्का राखेको छ । तर मुआब्जाका लागि बजेटको व्यवस्थापन हुन सकेको छैन ।

योजना बैंक स्थापनाका लागि प्रदेश १ सरकारले कुनै कानून बनाएको छैन । संघीय सरकारले कानून नबनाएका कारण प्रदेशले पहिला कानून बनाउन बाधा भएको एक निवर्तमान मन्त्रीले बताए ।

कर्मचारीहरू समेत सोही बहानामा पन्छिने गरेको उनले बताए । प्रदेश सरकार आफैँ स्वायत्त भए पनि कर्मचारीहरूमा केन्द्रको धङधङी अझै कायम रहँदा समस्या भएको उनको आरोप छ ।

यता नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता ईन्द्र आङ्बोले मुख्यमन्त्रीले प्रदेश योजना आयोगलाई काम दिन नसकेको आरोप लगाए । योजना बैंक बनाउन प्रक्रिया नै शुरू नभएकोमा उनको आपत्ति छ ।

प्रदेश सरकारले गौरवका आयोजना भनेका केही आयोजनाहरू अलपत्र अवस्थामा छन् । केही आयोजना भने जेनतेन सञ्चालनमा रहेका छन् ।

गौरवको आयोजना भनी अघि बढाइएको झिनाघाट–विराटचोक सडक खण्ड निर्माणाधीन अवस्थामा रहेको छ । तर, निवर्तमान मुख्यमन्त्री राईका पालामा उद्घाटन भएका कुनै पनि सडक आयोजनाले पूर्णता पाउन सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x