×

संविधान बन्धकी राखेर गरिने एमसीसी सम्झौता स्वीकार्य छैन : वाईसीएल

असोज २, २०७८

योङ कम्युनिष्ट लिग (वाईसीएल) संयोजक सुमन देवकोटाले देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डता रक्षाका लागि वाईसीएल जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । उनले मुलुकमा स्थानीय तहदेखि केन्द्रसम्मै भ्रष्टाचार मौलाएको दाबी गर्दै भ्रष्टाचारविरोधी अभियान थाल्ने पनि बताए ।

प्रेस संगठन नेपाल कास्कीको आयोजनामा पोखरामा शनिवार पत्रकार सम्मेलनमा उनले बन्द उद्योग खुलाएर बेरोजगार युवालाई रोजगार दिँदै देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने तर्फ वाईसीएल अघि बढेको प्रष्ट पारे । उनले युवालाई कानुन निर्माणको तहसम्म पुर्‍याउन आवश्यक रहेको समेत बताए । 


Advertisment

संविधान रक्षाका लागि माओवादी केन्द्र र कांग्रेस गठबन्धन लगायतका दलहरू आगामी चुनावसम्म नै निरन्तर रहने उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय अभ्यासको खिल्ली उडाउने काम गरेको भन्दै टिप्पणीसमेत गरे ।


Advertisment

उनले ठूलो संघर्षबाट संविधान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक सहभागितासहितको सामाजिक न्याय उपलब्धि हासिल गरिएको उल्लेख गर्दै देवकोटाले संविधान बन्धकी राखेर गरिने एमसीसी सम्झौता आफूहरूलाई स्वीकार्य नहुने बताए । उनले देशको मूल्य मान्यताविपरीत जाने र भ्रष्टाचारमा लिप्त हुनेलाई सडकमा ल्याएर कारवाही गर्ने चेतावनी पनि दिए ।

उत्पादनमूलक कार्यमा युवालाई अघि बढाउने बताउँदै उनले हरेक स्थानीय तहमा ५०० युवालाई  सामूहिक लगानीमा आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो व्याज अनुदान दिनुपर्ने विषय आप्mनो सरकारले सम्बोधन गरेको उनले बताए । 

उनले पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल भएको उल्लेख गर्दै गण्डकी प्रदेशमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई पर्यटन शिक्षा पाठ्यक्रममै समेटिनुपर्ने बताए । माओवादी केन्द्र आफूहरु सहायक संगठन भएको बताउँदै उनले आगामी चुनावमा माओवादी केन्द्रलाई नम्बर १ पार्टी बनाउन स्पेसल टास्क फोर्स गठन गर्ने योजना पनि सुनाए । 

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x