×

NMB BANK
NIC ASIA

नेपालमा बर्सेनि आउने प्राकृतिक विपत्ति र कौटिल्यको अर्थशास्त्रको सान्दर्भिकता

कात्तिक ३, २०७८

NTC
Premier Steels

टेकराज कोइराला

Muktinath Bank

नेपालका सरकारी निकाय, नीतिनिर्माण तह तथा प्राज्ञिक क्षेत्रमा भएका विद्वानहरूमध्ये कतिले कौटिल्यको अर्थशास्त्र पढेका होलान् ? कतिले बुझेका होलान् ? कतिले पढे वा पढेनन् भन्न त मुश्किल होला । तर अहिलेसम्म भइरहेको बहस, नीतिनिर्माताहरूको प्राथमिकता हेर्दा कौटिल्यको अर्थशास्त्रको महत्त्व नबुझेको भने पक्कै भन्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस आलेखको प्रमुख उद्देश्य कौटिल्यको अर्थशास्त्रमा भएको विपत्तिको बुझाइ, प्राथमिकता तथा राज्यसँगको सम्बन्धबारे चर्चा गर्नु हो । यो पश्चिमाहरूको भन्दा बृहत् तथा समग्रतालाई समेट्ने किसिमको छ । 


Advertisment
Nabil box
Kumari

अहिले नेपालमा विपत्तिलाई लिएर साँघुरो बुझाइ छ । त्यो पश्चिमी बुझाइबाट प्रभावित देखिन्छ । यसकारण प्राकृतिक विपत्तिको व्यवस्थापनलाई नेपालको नीतिनिर्माण तथा प्राज्ञिक क्षेत्रले एकदमै कम प्राथमिकता दिएको देखिन्छ । परिणामस्वरूप, नेपालमा विपत्तिबाट जनधनको बर्सेनि धेरै ठूलो क्षति हुँदै आइरहेको छ । यस सन्दर्भमा कौटिल्यको अर्थशास्त्रमा भएको विपत्ति र राज्यसँग यसको सम्बन्धबारेको बृहत् बुझाइ हाम्रा लागि उपयोगी हुनसक्छ भन्ने यस आलेखको प्रमुख तर्क हो ।
  
केही दिनदेखि लगातार परिरहेको पानीले ल्याएको बाढीरपहिरोका कारण जनधनको व्यापक क्षति भइसकेको छ । क्षतिबारे थप विवरण आउन बाँकी नै छ । समग्रमा भन्नुपर्दा, बर्सेनि आउने प्राकृतिक विपत्तिले नेपालमा हजारौंको ज्यान अकालमा गइरहेको हुन्छ र धनसम्पत्तिको क्षति पनि निकै भइरहेको हुन्छ । यहाँनिर केही महिनाअघि सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोबाट भएको क्षति सम्झनु अझ सान्दर्भिक होला । 
दुःखको कुरा, सरकारी निकायले बर्सेनि यस किसिमका विपत्तिहरूबाट हुने क्षतिलाई कम गर्न प्रभावकारी रूपमा न त नीति निर्माणको तहमा काम गरेको देखिन्छ न त त्यस अनुसार पूर्वाधार विकास गरेको देखिन्छ । अझ अचम्मलाग्दो कुरा के भने नेपालको प्राज्ञिक क्षेत्रमा पनि विपत्ति र राज्यको सम्बन्धबारे गम्भीर प्राज्ञिक बहस हुने गरेको पनि देखिँदैन र एकदमै कम प्राथमिकता दिएको देखिन्छ । समग्रमा भन्नुपर्दा, नेपालका नीतिनिर्माता तथा प्राज्ञिक क्षेत्रले बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिहरूलाइ गम्भीर रूपमा नलिएको र त्यससम्बन्धी उपयुक्त बहसलाई स्थान नदिएको देखिन्छ ।

Vianet communication

यहाँनिर प्रश्न स्वाभाविक उठ्छ – नेपालमा नीतिनिर्माण तथा प्राज्ञिक कर्म गर्नेले यस किसिमको बहसलाई किन गम्भीरताका साथ लिँदैनन् ? यसको कारण के होला ? युद्धमा हुने क्षति जस्तै हजारौंको मृत्यु तथा ठूलो धनजनको क्षति विपत्तिबाट बर्सेनि भइरहेको हुन्छ । यस प्रश्नको सरल जवाफ छ । नेपालका नीतिनिर्माता तथा प्राज्ञिकहरूमा राज्यको भय, चुनौती तथा असुरक्षाका स्रोतबारेको साँघुरो बुझाइ हुनु यसको प्रमुख कारण हो । उनीहरूले प्राकृतिक विपत्तिलाई अन्य सैन्य चुनौती तथा असुरक्षा जस्तै राज्यको शत्रुका रूपमा नबुझी सामान्य परिघटनाका रूपमा मात्र बुझेको हुनाले उपयुक्त नीतिनिर्माण पनि नहुने तथा पूर्र्वाधार विकास नगर्ने गरेको भन्न सकिन्छ ।
 
नेपालमा विपत्ति र राज्यसँग यसको सम्बन्धबारेको साँघुरो बुझाइको जरा केलाउने हो भने युरोपकेन्द्रित पश्चिमी चिन्तनसँग मेल खाएको देखिन्छ । अन्तर्राष्ट्रिय सम्बन्धको विधा हेर्ने हो भने यो युरोपेली र अमेरिकी चिन्तनबाट धेरै नै प्रभावित देखिन्छ । यस विधाले राज्य र राज्यका सुरक्षा चुनौतीबारे आफ्नै इतिहास, अनुभव तथा सन्दर्भमा आधारित भएर विभिन्न सिद्धान्तहरू प्रतिपादन गरेको छ । 

यी कुराहरू बितेको सय वर्षमा विश्वव्यापी भएका पनि छन् । उनीहरूका सिद्धान्त तथा मताग्रहले नेपालका प्राज्ञिक तथा नीतिनिर्माताहरूलाई पनि विभिन्न कारणले प्रभावित गरेको छ । नेपालका प्राज्ञिक तथा नीतिनिर्मातामा पश्चिमी सिद्धान्तको प्रभाव विभिन्न आयामहरूमा देख्न सकिन्छ । 

लेखक कोइराला

अन्तर्राष्ट्रिय सम्बन्धका परम्परागत भनिने सिद्धान्त तथा यथार्थवाद वा उदारवादको मताग्रहहरूले राज्यको सुरक्षा चुनौतीमा अत्यतै साँघुरो सोच राख्ने गर्छन् । यी सिद्धान्तले राज्यको चुनौती तथा असुरक्षा बाहिरी सैन्य आक्रमण तथा सम्बन्धित कुरालाई मात्र मान्ने गर्दछन् । बाढीपहिरो, महामारी, गरीबी, जलवायु परिवर्तनबाट हुने असुरक्षा गैरसैन्य तथा आन्तरिक सुरक्षा चुनौतीहरूलाई उनीहरू सधैं नजरअन्दाज गर्दछन् र प्राथमिकता दिँदैनन् । पश्चिमीहरूले सैन्य र गैरसैन्य सुरक्षा चुनौतीहरूलाई एकदमै अलग भनेर छुट्ट्याउने गरेको पाइन्छ । गैरसैन्य आयामलाई राज्यको सुरक्षा चुनौतीका रूपमा लिँदैनन् । यसले गर्दा गैरसैन्य चुनौती तथा असुरक्षाका स्रोतहरूको उचित निवारण गर्नमा उनीहरूको प्राथमिकता पुग्दैन । त्यसै मान्यताबाट प्रभावित नेपालका नीतिनिर्माता तथा प्राज्ञिकहरूले विपत्तिलाई उचित प्राथमिकता नदिँदा नेपाल जस्तो कठिन भौगोलिक अवस्थिति भएको मुलुकले बाढीपहिरो लगायतका अन्य गैरसैन्य सुरक्षा चुनौतीबाट जनधनको ठूलो क्षति बेहोर्नु परिरहेको हुन्छ ।

यही प्रसङ्गमा करीब २३ सय वर्षअघि लेखिएको कौटिल्यको अर्थशास्त्रबारे उल्लेख गर्नु सान्दर्भिक हुन जान्छ । कौटिल्यको अर्थशास्त्रमा विपत्ति र राज्यसँग त्यसको सम्बन्धबारेको बुझाइ हेर्ने हो भने नेपालले बर्सेनि भोग्दै आइरहेको प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न सकिन्छ । कौटिल्यले प्राकृतिक वा मानवनिर्मित विपत्तिहरूलाई राज्यको शत्रुका रूपमा बुझेको भेटिन्छ । विपत्तिले राज्यलाई कमजोर बनाउन सक्छ र अझ कमजोर राज्यमा यसले विनाश नै ल्याउन सक्ने उनको भनाइ छ । तसर्थ उनले विपत्ति र राज्यसँग यसको सम्बन्धलाई बृहत् आयाम तथा समग्रतामा बुझी सबैखाले विपत्तिलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् । 

उनले विपत्तिलाई खास गरी दुई भागमा विभाजन गरेका छन् : पहिलो, दैवी वा प्रकृतिक विपत्ति । यसलाई पनि उनले विभिन्न खण्डमा विभाजन गरेका छन् जसमा बाढी, आगो, महामारी, भोकमरी, जंगली जनावर लगायत बाट हुने असुरक्षालाई लिएका छन् । दोस्रो, मानवनिर्मित विपत्ति जसमा मानिसको सहभागिता, लापरवाही तथा गलत नीतिबाट आउने विपत्तिबारे विभिन्न खण्डमा उनले उल्लेख गरेका छन् । समग्रमा उनले कुनै पनि किसिमका विपत्तिलाई राज्यको शत्रु भनेका छन् । त्यसलाई व्यवस्थापन गर्ने तयारी व्यापक रूपमा गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

अर्को महत्त्वपूर्ण कुरा के भने उनले पश्चिमी अन्तर्राष्ट्रिय सम्बन्धका परम्परागत सिद्धान्तमा जस्तो सैन्य र गैरसैन्य सुरक्षा चुनौतीलाइ नछुट्ट्याई दुईटैलाई उत्तिकै महत्त्व तथा अन्तःसम्बन्धित भएको कुरा गरेका छन् ।

पश्चिमी इतिहास, सन्दर्भ तथा अनुभवबाट बनेका अन्तर्राष्ट्रिय सम्बन्धका परम्परागत सिद्धान्तमा विपत्ति र राज्यसँग त्यसको सम्बन्धबारेको बुझाइको प्रभाव विश्वका अधिकांश मुलुकसँगै नेपालमा पनि परेको छ । पश्चिमी मताग्रहमा आधारित राज्यका चुनौती तथा असुरक्षाको बुझाइ एकदमै साँघुरो हुने भएकाले हाम्रो जस्तो भौगोलिक सन्दर्भ भएको मुलुकमा बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिहरूले बर्सेनि ठूलो मात्रामा धनजनको क्षति गर्दा पनि राज्यले यस किसिमका विपत्तिलाई एकदमै कम प्राथमिकता दिएको देखिन्छ । यसलाई राज्यको शत्रुका रूपमा अन्य सैन्य असुरक्षा सरह नमान्दा जनधनको क्षति बर्सेनि अनुमान गरिएको भन्दा बढी हुने गरेको हो । 

यसै सन्दर्भमा कौटिल्यको अर्थशास्त्रमा रहेको विपत्ति र राज्यसँग यसको सम्बन्धलाई नेपालका नीतिनिर्माता तथा प्राज्ञिक वर्गले गम्भीरताका साथ लिन सके बर्सेनि हुने धनजनको क्षति कम गर्न सकिने आधारहरू प्रशस्त छन् ।

लेखक कोइरालाले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । 


  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x