फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
पुस १०, २०७८
नेकपा माओवादी केन्द्रले पुस ११–१३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।
सम्मेलनले माओवादीलाई क्रान्तिकारी विचार सहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने दाबी गरिएको छ ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६९ सालमा तत्कालीन एकीकृत माओवादीले (पछि माओवादी केन्द्र नामकरण गरिएको) हेटौंडामा राष्ट्रिय महाधिवेशन आयोजना गरेको थियो ।
महाधिवेशन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संस्थापन पक्ष र नेता डा. बाबुराम भट्टराई पक्षधर अल्पमत समूहबीच असमझदारीकै बीच अन्त्य भएको थियो ।
हेटौंडा महाधिवेशनले शान्तिपूर्ण प्रतिस्पर्धालाई मूल ध्येय बनाएर अगाडि बढ्ने नीति अख्तियार गरेको थियो तर पार्टीमा २ गुटको स्वार्थ व्यवस्थापन नमिल्दा विवाद थाती रहेको थियो । हेटौंडामा माओवादीले नीति स्पष्ट गरे पनि नेतृत्व (पदाधिकारी) टुंगो लगाउन सकेको थिएन ।
महाधिवेशनमा थाती रहेको विवाद समाधान गर्ने उद्देश्यले २०७१ वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । विराटनगर सम्मेलनले माओवादीको अध्यक्षमा प्रचण्डलाई पुनः चयन र उनले प्रस्ताव गरेको ९९ सदस्यीय केन्द्रीय समितिलाई अनुमोदन गर्यो ।
तर बहुपदीय प्रणालीमा गएको पार्टीले पदाधिकारी चयन गर्न सकेन । अर्कोतर्फ संस्थापन पक्षसँग असन्तुष्ट रहेका डा. बाबुराम भट्टराई लगायतको असन्तुष्टि पनि समेट्न सकेन । पछि आन्तरिक बैठकबाट पदाधिकारी टुंगो लगाइएको थियो ।
ठूला सम्मेलनबाट पनि विवाद समाधान गर्न नसकेको माओवादी आन्तरिक विवादकै कारण क्रमशः कमजोर बन्दै गएको थियो ।
नेकपा माओवादी केन्द्रले फेरि लामो समयपछि राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । भलै यसलाई माओवादी केन्द्रले पहिलो राष्ट्रिय सम्मेलन भनेको छ । यो सम्मेलन मूलतः पार्टीको विचार निर्माणमा केन्द्रित हुने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
राष्ट्रिय सम्मेलनमा पेश गर्नका लागि माओवादी अध्यक्ष प्रचण्डले प्रतिवेदन तयार गरेर स्थायी कमिटीमा पेश गरेका छन् । स्थायी कमिटीमा छलफल भएपछि दस्तावेज राष्ट्रिय सम्मेलनमा पेश हुने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरूङले बताए ।
दस्तावेजमा माओवादी केन्द्रको आफ्नै भूमिकाबारे निर्मम समीक्षा गरिएको माओवादी नेताहरूले बताएका छन् । यसअघि माओवादी केन्द्र चुकेका विषय, पार्टी र नेतृत्वले गरेको कमजोरी र आगामी कार्यदिशाबारे राष्ट्रिय सम्मेलनमा छलफल गरेर निष्कर्षमा पुगिने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले बताए ।
‘हामी राष्ट्रिय सम्मेलनबाट आफ्नै बारेमा गम्भीर समीक्षा गर्छौं । अरू पार्टीसँगको सहकार्य र संसदीय अभ्यासका बारेमा पनि गम्भीर समीक्षा गरेर निचोडमा पुग्छौं । क्रान्तिकारी विचार निर्माण नै सम्मेलनको मुख्य लक्ष्य हो,’ महराले भने ।
बहुपदीय प्रणालीमा जाँदै, नेतृत्वका लागि दौडधुप
माओवादी केन्द्रले सम्मेलनबाट विचार निर्माणलाई महत्त्व दिने भने पनि नेताहरू भने पार्टी नेतृत्व (पदाधिकारी) मा समेटिन आन्तरिक दौडधुपमा छन् ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट पार्टीलाई पुनः बहुपदीय प्रणालीमा लैजाने तयारी गरेको छ । स्थायी कमिटी सदस्य देवप्रसाद गुरूङ संयोजकत्वको कमिटीले १५ जना पदाधिकारी रहने गरी बहुपदीय प्रणालीको प्रस्ताव गरेको छ । माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको छ । अहिले केन्द्रीय कमिटीको संख्या १७९ छ ।
राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीमा १२० जना थपिनेछन् । केन्द्रीय कमिटीको कूल संख्यामध्ये १२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट चयन हुने र बाँकी आरक्षण कोटाबाट ल्याउने प्रस्ताव गरिएको छ । आरक्षण कोटाको निर्धारण टुंगो लागी नसकेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
अध्यक्षमा प्रचण्डको नवीकरण, महासचिवमा को ?
राष्ट्रिय सम्मेलनबाट पार्टीको विचार तय भएपछि त्यस अनुसारको नेतृत्व पनि बन्नुपर्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
राष्ट्रिय सम्मेलनले माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नवीकरण गर्नेछ । माओवादी केन्द्रभित्र अहिल्यै नेताहरूले प्रचण्डको विकल्पबारे चर्चा गर्ने गरेका छैनन् । नेतृत्वमा प्रचण्डलाई चुनौती दिने गरी अरू कुनै पनि नेताले दाबी गरेका पनि छैनन् ।
तसर्थ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड फेरि दोहोरिने स्वतसिद्ध छ । करीब ३ दशकयता अविच्छिन्न रूपमा नेतृत्वमा रहेका प्रचण्डले राष्ट्रिय सम्मेलनमार्फत आफ्नो अनुमोदन गराउँदै छन् ।
कार्यकारी भूमिकाको हिसाबले अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा धेरैजसो नेताहरू माथापच्ची गरिरहेका छन् । माओवादी केन्द्रमा अहिले बन्ने महासचिव नै प्रचण्डको उत्तराधिकारीको रूपमा पनि हेरिएको छ । त्यसकारण प्रचण्डको उत्तराधिकारी बन्ने होड कसले जित्ने भन्ने दौड माओवादी केन्द्रमा देखिएको छ ।
माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल महासचिव बन्ने होडमा छन् । उनीहरू तीनै जनालाई माओवादी केन्द्रको भाबी नेतृत्वको रूपमा पनि अर्थ्याउने गरिएको छ ।
माओवादी केन्द्र स्रोतका अनुसार अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा महासचिवका लागि सबैभन्दा बढी मेहनत गरेर लागेका छन् । माओवादीले सशस्त्र युद्ध गरिरहेका बेला ‘प्रभाकर’ नामले चिनिने शर्मा बटालियन कमाण्डर थिए । उनीसँगैका नेता नन्दबहादुर पुन उपराष्ट्रपतिको भूमिकामा छन् ।
माओवादी केन्द्रले केही समयअघि गरेको कार्यविभाजनमा जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसबेला नै शर्मालाई पार्टीको महासचिवको जिम्मेवारी दिन लागिएको चर्चा भएको थियो ।
निरन्तर रूपमा अध्यक्ष प्रचण्डको सानिध्यमा रहेर काम गरेका नेता वर्षमान पुनले पनि पार्टीमा महासचिवको जिम्मेवारी दाबी गरेका छन् । चीनमा स्वास्थ्य उपचार गराइरहेका वर्षमान पुनलाई पार्टीमा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुनकै लागि पुन आउन लागेको बताइएको छ ।
२०५२ सालमा माओवादीले शसस्त्र युद्ध शुरू गर्नुअघि नै केन्द्रीय कमिटीमा पुग्ने महिला नेत्री हुन् पम्फा भुसाल । सशस्त्र युद्धका बेला ‘विद्युत्’ नामले चिनिने भुसाल अहिले सरकारमा ऊर्जा मन्त्री छिन् । उनले पनि पार्टीमा कार्यकारी भूमिकामा रहेर काम गर्ने चाहना राखेकी छन् ।
सशस्त्र युद्धअघि नै माओवादीको केन्द्रीय कमिटीमा समेटिएकी अर्की नेत्री हिसिला यमीले पार्टी छाडिसकेकी छन् । तसर्थ पार्टीमा रहेकी पुरानो र सिनियर महिला नेत्री भएका कारण पनि माओवादी केन्द्रको महासचिवको रूपमा उनको सम्भावना प्रबल रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
महासचिवका लागि जनार्दशन शर्मा र वर्षमान पुनको लडाइँ हुँदा अध्यक्ष प्रचण्डले भुसाललाई महासचिवको रूपमा अघि सार्नसक्ने सम्भावना रहेको खुमलटार स्रोत बताउँछ ।
माओवादी केन्द्रमा यसअघि रामबहादुर थापा ‘बादल’को खेमामा रहेकी भुसाल थापाले माओवादी केन्द्र छाडेर एमालेमा जाँदा उनलाई साथ दिइनन् । माओवादी केन्द्रमै रहेका कारण उनले ऊर्जामन्त्री हुने अवसर पनि पाइन् ।
आगामी सम्मेलनमा शर्मा र पुनले महासचिवको लागि जोडबल गर्ने र चुनाव नै माग गर्ने अवस्था आउँदा प्रचण्डले भुसाललाई अगाडि बढाउने तयारी गरेको बुझिएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
तर प्रज्ञा भवनको हलबाट कसले माओवादी केन्द्रको महासचिवको ‘ब्याच’ लगाएर निस्कन्छ भन्ने निष्कर्षमा पुग्न केही दिन पर्खनुपर्ने भएको छ ।
त्यसबाहेक अहिले पार्टीमा अध्यक्ष प्रचण्डपछि दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठदेखि कृष्णबहादुर महरा र देव गुरूङसम्मका नेतालाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना रहेको माओवादी केन्द्रभित्र चर्चा छ ।
माओवादी केन्द्रमा महासचिव बाहेकको पद व्यवस्थापन गर्न त्यति कठिन देखिएको छैन ।
उपाध्यक्ष र महासचिवपछि हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायतका नेताहरू उपमहासचिव र चक्रपाणि खनाल, लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, महेन्द्रबहादुर शाही मध्येबाट केहीलाई सचिवको जिम्मेवारीमा ल्याउने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...