×

बीमा समितिको निर्देशनप्रति आपत्ति जनाउँदै इप्पान र महासंघले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पुस ११, २०७८

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघले निर्जीवन बीमा कम्पनीहरूका लागि बीमा समितिले जारी गरेको  निर्देशन तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।  

बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुका लागि जारी गरेको मिनिमम प्रिमियम रेट फर नन टारिफ इन्स्योरेन्स बिजनेस निर्देशन तत्काल खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो 


Advertisment

ज्ञापनपत्र बुझाउन ईप्पानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिब बलराम खतिवडा, कार्यकारी सदस्य उत्तम ब्लोन लामा र निर्माण ब्यबसायी महासंघका तर्फबाट अध्यक्ष रबि सिंहको नेतृत्वमा पदाधिकारीहरु गएका थिए ।


Advertisment

प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै महासंघका अध्यक्ष सिंहले बीमा समितिद्वारा जारी उक्त निर्देशिकाले उर्जा क्षेत्रका परियोजना र निर्माण क्षेत्रमा परेको गम्भीर असरबारे अबगत गराएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले सो समस्याका बारेमा गम्भीर चासो राख्दै बीमा समितिसँग छलफल गरेर समस्याको समाधानको गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका थिए । 
साथै आइतवार नै बीमा समितिमा पनि संयुक्तरुपमा ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको छ । 

सरोकारवाला निकायहरुसँग कुनै छलफलै नगरी एकलौटीरुपमा जारी गरिएको सो निर्देशिकाप्रति आपत्ति जनाउँदै तत्काल खारेजीको माग राखेर इप्पान, एफक्यानलगायतका संघ,संस्थाहरुले संयुक्तरुपमा र छुट्टा–छुट्टैरुपमा  बीमा समितिको लिखित ध्यानाकर्षण गराए पनि त्यसप्रति बेवास्ता गरिएपछि ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र दिइएको इप्पानले जनाएको छ । 

प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मुल्य तोक्नुपर्ने विश्वव्यापी मान्यता विपरीत जारी गरिएको उक्त  निर्देशिका बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा यो बीमाको सिद्घान्त विपरित रहेको इप्पानको भनाइ छ । 
  
 

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x