×

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकाका लागि भरोसा छात्रवृत्ति

पुस १२, २०७८

कोरोनाका कारण अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूका लागि  'भरोसा छात्रवृत्ति अभियान' शुरू भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अभियानको बारेमा जानकारी दिइएको हो ।  

विकासमा पछाडि परेका  जिल्लाका बेसहारा बालबालिका छात्रवृत्तिका लागि छनोटमा पर्नेछन् । डिश होमको सञ्जालमार्फत् छात्रवृत्ति बालबालिकासम्म पुर्‍याइनेछ । यो अभियानअन्तर्गत प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति स्वरुप एक वर्षसम्म महिनाको पाँच हजार रूपैयाँ डिशहोमले उपलब्ध गराउने अभियानकी संयोजक सीता थापाले बताइन् ।


Advertisment

भरोसा छात्रवृत्ति अभियानका लागि नेपाली कांग्रेसका नेता गगन थापा अभियन्ताका रुपमा रहनेछन् । नेता थापाले उक्त अभियानको उद्घाटन गरे ।


Advertisment

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका  २/२ वटा जिल्लामा शुरू हुनेछ । उक्त जिल्लाहरूमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् । 

यो अभियानको व्यवस्थापनका लागि एक विशेष सचिवालय स्थापना गरिएको छ,  जसको समन्वय शिक्षा क्षेत्रमा कार्यरत हेल्प नामक संस्थाले गर्नेछ ।

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिलरबाट संकलन भएको रकम  कोरोना महामारीका बेला सहयोगस्वरुप विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको र बचेको रकम यो अभियानमा लगाइएको बताए । हरेक विद्यार्थीलाई छात्रवृत्तिस्वपरुप एक वर्षसम्म महिनाको ५ हजारका दरले डिशहोमले दिने उनको भनाइ छ ।

समाजप्रति भरोसा ल्याउन अभियान शुरू गरिएको हो- गगनकुमार थापा

सोमवार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै कांग्रेस महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।

उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरूको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरू गरेको उल्लेख गरे । बालबालिकाहरूमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरूका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने थापाको भनाइ थियो ।

‘कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाहरूको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरू गरेको हो,’ उनले भने, ‘समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरू गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरूले चलाउनु हुनेछ । नेपालीहरूले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x