×

NMB BANK
NIC ASIA

कोभिड बढ्दा रात्रिकालीन व्यवसाय संकटमा

माघ ८, २०७८

NTC
Premier Steels

कोभिड–१९ संक्रमणदर बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय बन्द गरेपछि करीब ८ लाख श्रमिकका परिवार समस्यामा परेका छन् ।

Muktinath Bank

यसअघि पनि महामारी नियन्त्रण लागि भन्दै २ पटक गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको क्रममा पनि रात्रिकालीन व्यवसाय (लोकदोहोरी साँझ, डान्स रेस्टुरेन्ट, पब, बार) व्यवसाय सञ्चालक र श्रमिक आर्थिक संकटमा परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवारदेखि स्मार्ट लकडाउन शुरू भएपछि रात्रिकालीन सबै व्यवसाय बन्द गरिएका छन् ।


Advertisment
Nabil box
Kumari

महामारी शुरू हुँदा सरकारले सबैभन्दा पहिला त्यस्ता व्यवसाय बन्द गराउँछन् भने खुल्ने बेलामा पनि सबभन्दा ढिलो तिनै व्यवसायलाई खोल्न अनुमति दिने गरिएको छ, जसले व्यवसायका लगानीकर्ता, सञ्चालक मात्र होइन रोजगारी गरी परिवार पाल्ने वर्ग पीडित हुनुपरेको सरोकारवाला बताउँछन् ।

Vianet communication

नगरकोट लोकदोहोरी साँझका सञ्चालक विनोद श्रेष्ठले कोभिड–१९ महामारी भन्दै व्यवसाय बन्द गराउनुभन्दा त्यसबाट बच्ने उपाय अपनाएर खोल्न पाउनुपर्ने बताए ।

सरकारले व्यवसायलाई बिना विकल्प बन्द मात्र गराउनु समस्याको समाधान नभएको विचार व्यक्त गर्दै उनले निश्चित कार्यविधि बनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरे । दरबारमार्गस्थित लिक्विड लन्च बारमा बाउन्सरका रूपमा कार्यरत अनिल तामाङले पनि सरकारले रात्रिकालीन व्यवसाय बन्द गराउँदा रोजगारी गुमाउनुपरेको पीडा सुनाए ।

तामाङले भने, ‘पहिले पनि यही काम नै पहिला बन्द भयो । कोरोना त अन्य स्थानमा पनि सर्नुपर्ने हो, केही मानिस भेला भएर विवाह व्रतबन्धलगायतका पार्टी गर्न पाउने रे ! रात्रिकालीन काम भने बन्दै गर्ने निर्णयले मेरो अफिसमा मात्र ४० जनाभन्दा बढीले रोजगारी गुमाए । सञ्चालकको बैग्लै पीडा छ । स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न दिनुपर्छ ।’
 
मनोरञ्जनको क्षेत्रमा रोजगारी गर्ने श्रमिक तथा सञ्चालकलाई व्यवसाय तथा आफ्नो पेशालाई मर्यादित बनाउन सिर्जनात्मक सहयोग गर्दै आएको ‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारीले महामारीका कारण श्रमिक चिन्तित भएको बताए । लाखौंले रोजगारी पाइरहेको क्षेत्र विना विकल्प बन्द गर्नु उपयुक्त नभएको भण्डारीले बताए ।

काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उचित नीति बनाएर यस क्षेत्रका लगानीकर्ता तथा श्रमिकका लागि तत्कालका लागि टिकिखाने वातावरण बनाउन पहल गर्ने बताए ।

उनले यस क्षेत्रमा भीड मात्र हुन्छ भन्ने सोचलाई चिर्दै समयअनुसार सेवा प्रदायक र सेवा लिनेले आफू र अरूको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गर्न दिने वातावरणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । यस क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको दाबी गर्दै व्यवसायी आशिष खड्काले भने, ‘उचित नीतिमार्फत यस्ता व्यवसायको समस्या सम्बोधन गर्नुपर्छ ।’ गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x