×

NMB BANK
NIC ASIA

रहस्यमय हत्या

उखुबारी शव फेला प्रकरण : हत्या गर्न ५ भारतीय अपराधी प्रयोग गरेको खुलासा

माघ २०, २०७८

NTC
Premier Steels

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिक उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या प्रकरणमा नयाँ 'रहस्य' खुलेको छ ।

Muktinath Bank

हत्या आरोपमा प्रहरीले अनिल कुमार मण्डललाई पक्राउ गरेसँगै नयाँ रहस्य बाहिरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो घटनामा हत्या र हत्यापछि शव व्यवस्थापनका लागि ५ जना भारतीय अपराधीको प्रयोग गरिएको पाइएको अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

ललितपुरमा एक जनाको हत्या आरोपमा अनिलकुमार मण्डल  पक्राउ परेपछि प्रारम्भिक अनुसन्धानमा थप रहस्य खुल्न आएको अनुसन्धानमा खटिएका ती अधिकारीको भनाइ छ ।

Vianet communication

अनुसन्धानमा  मण्डल काठमाडौंमा सञ्चालनमा रहेको एक सहकारी संस्थाको अध्यक्ष भएको खुलेको छ ।

उनी सहकारीको अध्यक्ष भएको खुलेसँगै सो घटनामा नयाँ रहस्य खुलेको छ । 

अपराध महाशाखाका अनुसार पक्राउ परेका अनिलकुमार मण्डल हत्या भएका मोहन लिम्बु, सिरहामा हत्या भएका २ जनाबीच विभिन्न व्यवसाय गर्ने र व्यक्तिहरुलाई ठग्ने उदेश्यले २ अर्बको कारोवार गर्ने सम्झौताको कागजात समेत फेला परेको छ । 

पुस ५ गते सुनसरीको राजेन्द्र श्रेष्ठ, पुस ७ गते शम्भु चौधरी, लिम्बुको हत्या पुस २८ गते भएको समेत अनुसन्धानमा खुलेको छ ।

ललितपुरको गोदावरी–१२ धापाखेलको प्रमेश थापा मगरको घरमा फेला परेका मोहन लिम्बुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको खुलेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार उनलाई गाडेको ठाउँ शरीर डोरीले बाँधेको अवस्थामा थियो । त्यसबाट उनको हत्या डोरीले बाँधेर भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार उनलाई पुर्नको लागि ३०/३५ केजी नुन र २ बोरा सिमेन्ट प्रयोग गरेको देखिएको छ । 

 अपराध महाशाखाका अनुसार लिम्बुको शव पहिला अनिलकुमारले गोदामका लागि लिएको भाडाको घरमा गाड्न खोजिएको तर पालास्टर बलियो भएका कारणले बाहिर गाडेको अनिलले प्रहरीलाई बताएका छन् । 

उनकै सूचनाको आधारमा प्रहरीले आज ललितपुरको गोदावरी नगरपालिका–१२ थापाखेलमा प्रमेश थापा मगरको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x