×

NMB BANK
NIC ASIA

स्वदेशमै पाैरख

जापानको जागिर त्यागेर बासुदेवले पृथ्वी राजमार्ग छेउमा चलाइरहेको ‘टिपिकल’ भान्सा

फागुन ७, २०७८

NTC
Premier Steels

पृथ्वी राजमार्ग हुँदै काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गर्दा मलेखुबाट ७ किलोमिटर अगाडि पुगेपछि त्रिशुली र बूढीगण्डकीको संगमस्थल देखिन्छ बेनिघाट ।

Muktinath Bank

नदीको माथिपट्टि बेनीघाट बजार छ, बजार पुग्नुअगावै १ किलोमिटर यतै बाँयापट्टि भित्तोमा फरक डिजाइनमा बनेको होटल छ । होटलको तलपट्टि जालीमा लोकल कुखुरा र पालिएका कालिज छन् । माथिपट्टि दाउराले पकाउने अँगेनो सहितको चुह्लो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै १० वर्ष विभिन्न देशमा काम गरेर फर्केका धादिङको रोराङका बासुदेव कंडेलले सञ्चालनमा ल्याएका छन् ‘न्यु टुप्पी टिपिकल भान्सा’ । खासमा उनले यो ठाउँमा सञ्चालन गर्न खोजेको ‘स्टे डिफरेस्ट रिसोर्ट’ थियो तर कोरोना महामारीका कारण उनी अहिलेसम्म भान्सामा सीमित भएका छन् । निकट भविष्यमै रिसोर्ट पूर्णरूपमा सञ्चालनमा ल्याउने उनको तयारी छ । 


Advertisment
Nabil box
Kumari

त्रिशुली र बूढीगण्डकीको संगम स्थलको ठाउँ रोजेरै रिसोर्ट सञ्चालन गर्न उनले सन् २०१८ देखि काम शुरू गरेका थिए । स्वीमिङ पुल सहितको रिसोर्ट बनाउँदा–बनाउँदै कोभिड–१९ महामारी शुरू भयो । निर्माण हुँदै गरेको काम बीचमै रोक्नुपर्‍यो । 

Vianet communication

कोडिभले रिसोर्ट सञ्चालनमा ढिलो भए पनि बासुदेवले सामान्य ढंगले होटल सञ्चालनमा ल्याए । पोखराबाट काठमाडौं हिँडेको एक परिवार उनको होटलमा खाना खान छिर्‍यो । त्यतिञ्जेल होटलको नाम र होडिङ बोर्ड राखिएको थिएन ।

‘खानाका परिकार टिपिकल रहेछन्, होटलको नाम नै टिपिकल भान्सा राख्नुस्,’ ती अपरिचित ग्राहकले बासुदेवलाई सुझाव दिए । उनीहरूले दिएको नाममा बासुदेवले आफ्नो पहिचान समेटेर नयाँ नाम जुराए – ‘न्यू टुप्पी टिपिकल भान्सा’ ।

देश–विदेशमा कामको अनुभव संगालेका बासुदेवले अहिले पनि लामो टुप्पी पालेका छन् । आफ्नो पहिचान झल्काउनका लागि होटलको नामको अगाडि टुप्पी समावेश गरिएको उनी बताउँछन् । 

कोरोनाको महामारी कम भएपछि रिसोर्टलाई पूर्ण रूपमा सञ्चालमा ल्याउने उनको तयारी छ । ३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टका केही संरचना बनिसकेका छन् भने केही बन्न बाँकी छन् । 

देश–विदेशमा र्‍याफ्टिङ गाइडपछि रिसोर्ट सञ्चालन

सन् २००८ मे महिनामा र्‍याफ्टिङ गाइडको रूपमा बासुदेव जापान प्रस्थान गरे । त्यसपछिका धेरै वर्ष र्‍याफ्टिङको सिजनमा ६ महिना जापान र ६ महिना नेपाल गर्न थाले । संयोग कस्तो भने जापानमा र्‍याफ्टिङको सिजन शुरू हुँदा नेपालमा ‘अफ सिजन’ र नेपालमा सिजन शुरू हुँदा जापानमा ‘अफ सिजन’ ।

‘जापानमा सामान्यतया मे अन्तिम या जुनबाट सिजन शुरू हुन्छ, सेप्टेम्बरमा अफ सिजन हुन्छ,’ उनले भने । ‘फ्लाइङ डल्फिन’ नामक कम्पनीमा उनले लामो समय काम गरेका हुन् । 

जिन्दगीका लगभग २५ वर्ष उनले खोलामा र्‍याफ्टिङ गरेर बिताए । यसक्रममा उनले आफ्नै घर अगाडिबाट बग्ने त्रिशूलीदेखि सुनकोशी र कालीगण्डकी नदीमा सयौ पटक र्‍याफ्टिङ गाइड बनेर काम गरे । कालीगण्डकी जलविद्युत् आयोजना बन्नुअघि पर्वतको मालढुंगादेखि स्याङ्जाको राम्दीसम्मको र्‍याफ्टिङ रुट आकर्षक मानिन्थ्यो । ४ दिन ३ रातको र्‍याफ्टिङ रुट कालीगण्डकी आयोजना बनेपछि छोट्टियो । त्रिशूलीभन्दा कालीगण्डकीमा उनले धेरै डुंगा खियाए । 

बासुदेवले नेपालमा मात्र होइन, भारतका नदीमा पनि र्‍याफ्टिङ गाइडको काम गरे । लद्दाखदेखि हरिद्वारका नदीमा उनले र्‍याफ्टिङ गाइडको काम गरे । नेपालको र्‍याफ्टिङ गाइडको टीम लिडर भएर काम गरिसकेका उनले जापानमा गएर काम गर्ने मौका पाए ।

कृषि फार्ममा असफलताले सिकाएको पाठ

र्‍याफ्टिङ गाइडको सिलसिलामै उनी हङकङ र इजरायल पुगे । बासुदेवले इजरायलमा देखेको आधारमा नेपालमा कृषि फार्म सञ्चालन गर्न कोसिस गरे । गणतन्त्रपछि बनेका सरकारले कृषि क्षेत्रमा लाग्ने युवाका लागि आकर्षक कार्यक्रम ल्याउने घोषणा गरेका थिए ।

कृषि क्षेत्रमा सरकारले युवा आकर्षित गर्ने नीति ल्याउन लागेपछि बासुदेवले १ जना साथी खोजेर कृषि फार्म शुरू गरे । बेनिघाटभन्दा पारिपट्टि गोर्खा जिल्लामा ३३ रोपनी जग्गा भाडामा लिएर दर्ता भयो शाकुम्बरी कृषि प्रालि । वार्षिक ४ हजार घरी केरा, मासिक २ हजार कुखुरा, महिनामा १०० बंगुर, ३ किसिमका माछा उत्पादन गर्ने, दैनिक १०० लिटर दूध र वार्षिक १०० वटा खसी उत्पादन गर्ने लक्षसहित कृषि फार्म शुरू भयो तर कृषिमा उनलाई सफलता मिलेन ।

‘नेपालमा व्यावसायिक कृषि पेशा गर्न सजिलो छैन, सरकारबाट कुनै सहयोग पाएनौं, कृषि क्षेत्रमा अनुदान पहुँचवालाको लागि मात्र रहेछ, राजनीतिक दलमा आवद्ध नभएको वास्तविक किसानका लागि होइन रहेछ,’ कंडेलले अनुभव सुनाए । 

कृषि क्षेत्रमा असफलता हात लागेपछि पार्टनर केदार तिमल्सिनालाई फार्म जिम्मा लगाएर उनी रिसोर्टतिर आकर्षित भए । ‘थोरै भए पनि आफूले सिकेको फिल्डमा केही काम गर्नुपर्छ भनेर बूढीगण्डकी र त्रिशूलीको संगममा रिसोर्ट सञ्चालन गर्न थाले,’ उनले भने ।

जापानमा सिकेको सीप र इमान्दारिताको कसम

पेशाले बासुदेव एक सफल र्‍याफ्टिङ गाइड हुन् तर अहिले उनको परिचय बदलिएको छ, अनुभवी कूकको रूपमा । खासमा उनले कूकको कुनै तालिम लिएका छैनन् । देश–विदेशमा र्‍याफ्टिङको क्रममा सयौं विदेशीसँग संगत भयो र उनीहरूको संगतका कारण कूक बन्ने अवसर पाए । 

कामको सिलसिलामा जापानमा रहेको समयमा उनले र्‍याफ्टिङका अतिरिक्त कूकको सीप सिक्ने अवसर पाए । र्‍याफ्टिङका अतिरिक्त उनले जापानमा ड्राइभिङ र कूकिङ सिके, त्योभन्दा बढी इमान्दारिताको पाठ ।

‘जापनिजबाट मैले सिकेको कुरा इमान्दारिता हो, झूटो काम गर्नु हुँदैन भन्ने उनीहरूको मूलमन्त्र हो,’ बासुदेवले भने, ‘कालिज भनेर कुखुराको मासु मिसाएर पकाउने, लोकल कुखुरा भनेर कोइलरको मासु मिसाएर बेच्ने काम मबाट हुँदैन ।’

जापानमा बस्दा उनले सिकेको अर्को कुरा – मानिसको लागि ठूलो डाक्टर भान्सा हो । ‘यदि भान्सामा चिटिङ भयो (अखाद्य कुरा या बासी खानेकुरा मिसाइयो) भने बेइमानी हुन्छ, त्यो ग्राहक मेरोमा फर्केर आउँदैन, त्यसैले ग्राहकको स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो,’ उनले भने । आफूले अधिकतम अग्र्यानिक खाना खुवाउने गरेको उनले दाबी गरे ।

राजमार्गका अन्य होटलको तुलनामा उनको होटल फरक छ, त्यो अनुभव ग्राहकले शुरूमै महसूस गर्छ । उनकोमा पकाएर राखेको परिकार हुँदैन, ग्राहक पुगेपछि मात्र उनीहरूको अगाडि आगोमा परिकार पाक्छ ।

‘स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले पकाएको हेर्ने भएकाले मेरोमा आउनेले शुरूमै चुलो देख्नुहुन्छ, आफैंले पिनेको मसला प्रयोग गर्ने भएकाले खानामा फरक स्वाद पाउनुहुन्छ,’ बासुदेवले भने । 

२ नदीको संगम देखिने आकर्षक ठाउँ भएकाले उनले सोचविचार गरेर यही ठाउँमा रिसोर्ट सञ्चालन गर्ने निधो गरे । ‘यही व्यवसाय मैले काठमाडौं या पोखरामा गर्न खोजेको भए मलाई योग्य कामदार पाउन सहज हुन्थ्यो, अहिले कामदार पाउन कठिन छ, धेरै कुरा आफैं गर्छु,’ कंडेलले भने । 

होटलका टेबल पुराना टायर जोडेर बनाइएको छ, पर्खाल पनि कलात्मक ढंगले ढुंगाले बनाइएको छ । निर्माण भए पनि सञ्चालनमा नआएको स्वीमिङ पुल चलाउने र गोष्ठी सेमिनारका लागि हल निकट भविष्यमै बनाउने बासुदेवले योजना बनाएका छन् ।

‘मैले शुरूमा गरेको कामको अनुभव र देश–विदेशमा रहेका साथीहरूलाई आकर्षित गर्नका लागि भविष्यमा यहीबाट र्‍याफ्टिङ शुरू गर्ने योजना बनाएको छु,’ उनले भने ।

राजमार्गका ठग होटलको मार 

बासुदेवको टिपिकल भान्साजस्तै राजमार्गमा अहिले राम्रा र स्तरीय होटल पनि खुलेका छन् । चितवनको रामनगर, मुग्लिन तथा धादिङको धार्के र मलेखुमा बासी खानेकुरामा ठगिएका ग्राहकले राजमार्गका होटलमा खाना खान सितिमिति मन गर्दैनन् । 

‘राजमार्गका ठग होटलको मारमा हामी पनि परेका छौं, सबै होटल खराब त छैनन् नि !’ साग केलाउँदै गरेकी बासुदेवकी पत्नीले भनिन् । एकपटक आएका ग्राहक र उनीहरूले गरेको प्रचारले आफ्नो व्यवसाय फस्टाएको उनले अनुभव गरेकी छन् ।

‘मेरो आफन्त आउनुभएको रहेछ, लोकेसन कहाँ हो भनेर खोज्दै आउने ग्राहक धेरै छन्,’ बासुदेवले भने । 

व्यस्त दिनचर्याबीच केहीबेर कुराकानीमा लागि राजी भएका बासुदेवले अन्तिममा एउटा गहिरो सन्देश लुकेको सुनाए – विदेशीले माया गरेजस्तो गरेर देश लुट्न खोजेका छन्, नेताहरू सत्ताको हानथापमै लागेका छन् !

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x