×

X
Nic Asia
Dabur
Marvel

स्वास्थ्यमन्त्रीज्यू, मध्यरातमा कान्ति र त्रिवि शिक्षण अस्पतालमा तपाईंको अनुहार झलझली याद आयो

काठमाडाैं | चैत २४, २०७८

TVS INSIDE

यो एउटा यस्तो घटनाको विवरण हो, जसले नेपालको सरकारी अस्पताल कति गैरजिम्मेवार र लापरवाह छ भन्ने तथ्य बताउँछ । अस्पताल त्यस्तो ठाउँ हो जहाँ बिरामीहरू जीवनदानको अपेक्षाले पुग्छन् । डाक्टरको साथमा पुग्दा भगवानको काखमा पुगेको अनुभूत गर्छन्, तर अस्पतालको सेवा र व्यवस्थापन देख्दा बिरामीले यस्तो ठान्छ कि नेपाली भएर जन्मनु नै सबैभन्दा ठूलो अपराध भयो । सरकारी अस्पतालबाट सहज सेवा पाउनु त युक्रेनले रसियासँग भिड्नु जत्तिकै कठिन छ, नेपालमा ।

IME BANK INNEWS

कुरोको चुरो शुरू गरौं । कुरा बुधवार रातिको हो । १९ महिनाकी छोरीलाई बुधबार दिउँसोदेखि खानेकुरा खानासाथ वान्ता हुने समस्या भयो । शुरूमा सामान्य घरेलु उपाय गरियो । उपाय लागेन । राति साढे १० बजेसम्म बान्ता हुने क्रम नरोकिएर छोरी झनझन् शिथिल भएपछि अस्पताल लैजाने निधो गर्‍यौं । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

रातिको समयमा अरू अस्पताल जानुभन्दा कान्ति बाल अस्पताल नै ठीक होला भन्ने लाग्यो । किन पनि यस्तो सोचियो भने बालबालिकाका लागि डेडिकेटेड अस्पताल भएका कारण कान्तिमा रातिको समयमा पनि सम्बन्धित विज्ञ डाक्टर उपलब्ध हुन सक्छन् । अन्य अस्तपालमा रातिको ‘कल अन वेसिस’मा मात्रै डाक्टर आउने गर्छन् । मध्यराति हुन लागेकाले डाक्टर आइपुग्नै समय लगाउलान् भन्ने ठानियो र ट्याक्सी बोलाएर कान्ति अस्पताल हानियौं । 

हामी राति सवा ११ बजे कान्ति बाल अस्पताल पुगेर इमर्जेन्सीमा टिकट लियौं । इमर्जेन्सीको काउन्टरमा बसेका डाक्टरले बिरामीको हिस्ट्री सोधे । हामीले बतायौं । बिरामीको हिस्ट्री हेर्दा अन्य समस्या नदेखिएपछि तत्काल पेटको यूएसजी अर्थात भिडियो एक्स–रे (अल्ट्रासाउण्ड सोनोग्राफी टेस्ट) गर्न डाक्टरले सिफारिश लेखे र त्रिवि शिक्षण अस्पतालमा गएर भिडियो एक्स–रे गरेर आउन भने । साथै, उनले तत्कालका लागि बान्ता रोकिने औषधि पनि लेखिदिए । 

Vianet communication
Maruti inside

यसबेलासम्म रातिको १२ बजेको थियो । हामीले यहाँ भिडियो एक्सरे हुँदैन र ? भनेर सोध्यौं । डाक्टरले जवाफ दिए, ‘यहाँ भिडियो एक्स–रे मात्रै होइन, धेरै थोक हुँदैन ।’ उनको यही एउटा वाक्यले कान्ति बाल अस्पतालको हालत बतायो । हामी त्रिवि शिक्षण अस्पतालतिर लाग्यौं । 

त्रिवि शिक्षण अस्पतालको काउन्टरमा पुग्दा सोही अस्पतालको इमर्जेन्सीको सिफारिश नभई भिडियो एक्स–रेको टिकट दिन नमिल्ने बताइयो । फेरि, शिक्षण अस्पतालको इमर्जेन्सीमा पुगेर यूएसजीको सिफारिश बनायौं । काउन्टरमा ६ सय रूपैयाँको टिकट काटेपछि इमर्जेन्सी युनिटभित्रै भिडियो एक्स–रे हुने भएकाले त्यहीँ जान भनियो । 

मध्यरात भएकाले अस्पतालका अरू ठाउँ सुनसान थिए, तर इमर्जेन्सी भने गुल्जार थियो । बिरामी खचाखच थिए । डाक्टर, नर्सलाई बोल्ने फुर्सद थिएन । इमर्जेन्सीभित्र यूएसजी हुने ठाउँमा पुग्दा ढोकामा ताल्चा लागेको थियो । 

इमर्जेन्सीमा खटिएका डाक्टर र नर्सलाई सोध्यौं– यूएसजी किन बन्द भयो ? कति बेला खुल्छ ? उनीहरूले त्यसबारेमा जानकारी नहुने जवाफ दिए  । ‘बिरामी कान्ति अस्पतालमै राख्नुहोस् र एकजना बेला–बेला आएर यहाँ हेर्नुहोस् । खुल्यो भने ल्याएर यूएसजी गर्दा भयो ।’

आफ्नो अस्पतालमा भिडियो एक्स–रे गर्न नसक्नु कान्ति बाल अस्पतालको त चरम लापरवाही र गैरजिम्मेवारीपन थियो नै त्रिवि शिक्षण अस्पतालको व्यवस्थापन पनि त्यो कान्ति अस्पतालको भन्दा कम देखिएन । 

त्रिवि शिक्षण अस्पताल देशकै ठूलो अस्पतालमध्ये एक हो । अरू अस्पतालमा उपचार सम्भव नभएका बिरामी त्रिवि शिक्षण अस्पतालमा रिफर भएर आउँछन् । देशभरका बिरामी त्रिवि अस्पतालको इमर्जेन्सीमा पुग्दा जीवन दान पाइने आश गर्छन्, तर त्यस्तो महत्त्वपूर्ण ठाउँको यूएसजी सेक्सन भने कतिबेला खुल्छ, कति बेला बन्द हुन्छ कसैले भन्न सक्दैन । 

हामीले बच्चाको स्वास्थ्य र रातिको समयको अवस्था बताउँदै इमर्जेन्सीमा खटिएका डाक्टर नर्सहरूलाई यूएसजी गर्ने मान्छे बोलाइदिन आग्रह गर्‍यौं । तर, डाक्टर र नर्सहरू एकले अर्कालाई देखाएर पन्छिए । अन्तिममा एक जनाले भने, ‘यहाँको यूएसजी चौबीसै घण्टा खुल्नुपर्ने हो । तर, कतिबेला खुल्छ कतिबेला बन्द हुन्छ हामीलाई पनि पत्तो हुँदैन । हामीले उहाँहरूलाई खबर गरेर बोलाउन पनि मिल्दैन ।’

यति गलफत्ती गर्दासम्म ५/६ जना बिरामीका आफन्त भिडियो एक्स–रेको टिकट लिएर आइसकेका थिए । तर, ढोकामा लागेको ताल्चा खुल्ने कुनै टुंगो भएन । हामीले एक घण्टा ताल्चा खुल्ने समयको प्रतीक्षा गर्‍यौं । 

मध्यरातमा शिक्षण अस्पतालको इमर्जेन्सीबाहिर एउटा यूएजी सेवा पर्खेर बस्दा मनमा भने संविधानमा उल्लेख भएको समाजवाद, नेताले गरेका भाषण र स्वास्थ्यमन्त्री विरोध खतिवडाको अनुहार झलझली याद आयो ।

आफूलाई बडो क्रान्तिकारी धारमा प्रस्तुत गर्ने खतिवडाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिनाभन्दा बढी समय भयो । तर, उनको कामको नतिजा त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा भिडियो एक्स–रे गर्ने कोठाको ढोकामा झुन्डिएको ताल्चाले बताइरहेको थियो । 

रातिको साढे एक बजेसम्म पनि भिडियो एक्स–रे गर्ने कोठाको ताल्चा नखुलेपछि निराश भएर हामी कान्ति बाल अस्पताल फर्कियौं र भिडियो एक्स–रे सिफारिश गर्ने डाक्टरलाई त्यहाँको अवस्था बतायौं । 

बान्ता रोकिने औषधि खुवाएपछि छोरीले बान्ता गरेकी थिइनन् । पानी मागेर खाइन् । अस्पताल पुर्‍याउँदा शिथिल देखिएको उनको अनुहार विस्तारै फ्रेस भइरहेको थियो । 

हामीले सल्लाह गर्‍यौं, रातभर अस्पतालको यो अव्यवस्थाको साक्षी बस्नुभन्दा घर फर्किने र बिहान आएर भिडियो एक्स–रे गरेर रिपोर्ट देखाउने । सोही कुरा डाक्टरलाई भन्यौं । बान्ता रोकिने औषधिबाहेक तत्काल अरू केही उपचार हुन्छ कि भनेर पनि सोध्यौं । थप कुरा यूएसजी रिपोर्ट हेरेपछि मात्रै भन्न सकिने डाक्टरले बताए । हामी बिहान फेरि आउने भनेर घर फर्कियौं ।

पूर्ण सरकारी स्वामित्वको दुईवटा अस्पतालमा बिरामीले पाउने सेवा र अव्यवस्थाको यो हालत भोगेपछि लापवारहीको हदबारे अस्पताल नेतृत्वलाई सोध्नुपर्छ भन्ने लागेर कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बसौलालाई सम्पर्क गर्दा उनी जिम्मेवारीबाट पन्छिन खोजे । 

कर्मचारी अभावको कारणले राति भिडियो एक्स–रे सेवा सञ्चालन गर्न नसकेको निरीह जवाफ उनले दिए । 

इमर्जेन्सीमा कान्ति अस्पताल आएका बिरामीलाई भिडियो एक्सरे गर्न शिक्षण अस्पताल पठाउने हो भने बिरामी कान्ति अस्पताल किन आउनुपर्‍यो र शिक्षण अस्पताल नै गए भइहाल्यो नि ? भन्ने प्रश्न गर्दा डा. बसौलाले भने, ‘भेटेरै गफ गरौँला नि अस्पताल नै आउनुस न् ।’

यसरी उनी जिम्मेवारीबोध नगरेर पन्छिन खोजेपछि फेरि सोधें, ‘अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न सक्नुहुन्न भने किन जिम्मेवारीमा बस्नुहुन्छ, छाडे हुँदैन र ?’

त्यसपछि उनले भने, ‘म आएको भर्खर एक महिना मात्रै भयो । अहिले जनशक्तिको समस्या देखिन्छ । बाहिर एउटा मिटिङमा छु पछि कुरा गरौँला । अफिसमै आउनुहोस् न ।’ यति भनेर उनले फोन काटिदिए । 

डा. बसौलाको यति कुरा सुनेपछि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेलाई फोन गरें । 

काफ्लेले शुरूमा शिक्षण अस्पतालको इमर्जेन्सीमा चौबीसै घण्टा यूएसजी सेवा उपलब्ध रहेको दाबी गरे । उनलाई घटनाको वृत्तान्त बताएपछि त्यस्तो नहुनुपर्ने भन्दै बुधबार रातिको अवस्था बारे अस्पतालमा बुझ्ने प्रतिक्रिया दिए । 

इमर्जेन्सीको यूएसजी त्यहाँका कर्मचारीलाई मन लाग्दा खुल्ने, मन नलाग्दा बन्द हुने गर्दा बिरामीको स्वास्थ्यमा लापरवाही गरेको भएन र ? भन्दा काफ्लेले लापरवाही भनेर भनिहाल्न नमिल्ने बताए । उनले पत्रकारको रूपमा नभई बिरामीको आफन्तको रूपमा कुरा गर्न सल्लाह दिन थाले । 

उनले भने, ‘लापरवाहीको रूपमा जज गरिहाल्नु हुँदैन । तपाईं पत्रकारको रूपमा भन्दा बिरामीको आफन्तको रूपमा कुरा गर्दा राम्रो । लापरवाही भयो वा भएन भनेर जज गरिहाल्नु ठीक होइन । त्यहाँ के भएको रहेछ, म बुझ्छु ।’

डा. काफ्लेलाई तपाईंको जवाफ नै गैरजिम्मेवार भयो भनेपछि उनले थप प्रस्टीकरण दिए, ‘यूएसजी सेवा २४ घण्टा चल्नुपर्ने हो । शिक्षण अस्पताल विद्यार्थीको भरमा चल्ने अस्पताल हो । अहिले कतिवटा ब्याचमा त विद्यार्थी नै छैनन् । हामीले यो सबै पक्ष हेर्नुपर्छ । तपाईंको छोरीले सेवा नपाउने अवस्था हुनु भनेको मेरो छोरीले पनि सेवा नपाउने अवस्था आउनु हो । त्यहाँ के भएको भन्नेबारे मलाई जानकारी आएको छैन । तपाईंले जानकारी गराउनुभयो धन्यवाद ! के भएको रहेछ म त्यहाँको विभाग प्रमुख र इमर्जेन्सीको मान्छेहरूसँग बुझ्छु ।’

कान्ति बाल अस्पताल र त्रिवि शिक्षण अस्पतालका लागि भिडियो एक्स–रे सेवाको व्यवस्थापन मामुली कुरा हो । तर, यस्ता सामान्य कुरा पनि ठूला अस्पतालमा व्यवस्थित छैनन् । 

देशलाई समाजवादमा लैजाने अभियानमा लागेका स्वास्थ्य मन्त्री विरोध खतिवडाले अस्पतालको सेवा सुधारमा खासै काम गर्न सकेका छैनन् । 

सरकारी अस्पतालको सेवा प्रवाह भगवान भरोसामा चलेको छ । समग्र देशको अव्यवस्थाको सचित्र वर्णन सरकारी अस्पतालका सेवाले गरिरहेका छन् ।

त्यही अवस्थामा टेकेर कर्मचारी र राजनीतिक नेतृत्वले मोजमस्ती गरिरहेको छ । सेवा, सुविधा र मोज टाठाबाठाका लागि मात्रै छ । उनीहरूका लागि फाइभ स्टार अस्पताल सेवामा हाजिर छन्, मर्ने त जनता नै हुन् । 

त्यसैले त गायक प्रकाश सपुतले गीतमा पीर भरेका छन्– ‘देश भन्नु त के रैछ र चार किल्लाको माटो, त्यही माटो नि उनकै मात्र जो छन् टाठो बाठो ।’ वास्तविकता यही होइन र, स्वास्थ्य मन्त्री विरोध खतिवडाज्यू ? 

TATA Below
NLIC
साउन ७, २०७९

सुरेन्द्र नेपाल श्रेष्ठ एउटा अचानो र चुलेसीले चलेको चुल्हो देखेका हामी गाउँले नेपाली २५ वर्ष अगाडि बेलायत आएपछि रंगरंगका चप बोर्ड र चक्कु देख्दा अचम्म नलाग्ने कुरा नै भएन । मासु होस् वा माछा, सागपात हो...

साउन २१, २०७९

सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...

असार १८, २०७९

अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ । आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक प...

साउन २४, २०७९

‘विश्व आदिवासी दिवस’ आइरहँदा सधैं झै एउटा कुराको स्मरण आइरहन्छ ।  विभिन्न जातजातिको भेषभुषामा सजिएर टुँडिखेलको मैदान वा कुनै गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका केही प...

असार ३२, २०७९

खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...

साउन १०, २०७९

साकार कोइराला नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका  छन् । ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x