×

आयोगले भन्यो : आचारसंहितालाई थप स्पष्ट पार्न तयार छौँ

चैत २५, २०७८

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी निर्वाचन आचारसंहितामा कुनै अस्पष्टता भए स्पष्ट पार्न तयार रहेको जनाएको छ ।  आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले प्रस्तावित निर्वाचन आचारसंहिताका केही प्रावधानका बारेमा दलले आग्रह गरे स्पष्ट पार्न तयार रहेको बताए ।
 
    प्रमुख प्रतिपक्षीलगायत केही दलले निर्वाचन आचारसंहिताका केही बुँदाप्रति असहमति जनाएका छन् । आचारसंहिताको पूर्ण पालनाबाट मात्रै स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै उनले दलबाट पनि आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता व्यक्त भइरहेको जानकारी दिए ।
 
आयोगले यही चैत २२ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिने दलबाट प्रतिबद्धता लिनेसम्बन्धी बैठक सम्पन्न गरेको थियो । “केही राजनीतिक दलले सोही बैठकमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभयो”, उनले भने, “केहीले अहिले आयोगमा आएर प्रतिबद्धता दिँदै हुनुहुन्छ ।”
 
निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले सुक्ष्म अनुगमनकर्तामार्फत निगरानी गर्ने तयारी गरेको छ । केन्द्रदेखि नै जिल्लास्तरमा संयन्त्र बनाएर अनुगमन गरिने सहप्रवक्ता अर्यालले बताए । 
 
 निर्वाचन अधिकृतलाई प्रशिक्षण प्रदान गर्न बुधबार निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको आयोगले जनाएको छ । मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागीले यही चैत ३० र आगामी वैशाख २ गते प्रदेशस्तरमा आठ स्थानमा मुख्य निर्वाचन अधिृकत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीलाई प्रशिक्षण गर्नेछन् ।
 


Advertisment

Advertisment
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x