×

NMB BANK
NIC ASIA

चुनावी अभियानमा होमियो राप्रपा, कुन नेता कहाँ खटिए ?

चैत २८, २०७८

NTC
Premier Steels

राप्रपाले स्थानीय तहको निर्वाचन लक्षित 'जनताको माझमा राप्रपा र घरदैलो अभियान'को आजदेखि औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

Muktinath Bank

 राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ । राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरु मध्य विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर,  राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, हरि प्रसाद घिमिरे तेह्रथुम, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, दिनेश कुमार साह संखुवासभा, मोहन प्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, अर्जुन राई ओखलढुङ्गा खटिएका छन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी विरेन्द्र प्रसाद लाल कर्ण सिराहा, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादु कार्की बारा, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर, रविन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, प्रविण कुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, प्रमोद विष्ट अर्घाखाँची, हिकमत जङ कार्की पाल्पा, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, जयलाल पुन स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, गोपाल प्रसाद पौडेल पाँचथर, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरुङ्ग मनाङमा केन्द्रीय प्रतिनिधि खटिएको श्रेष्ठले बताए ।

Vianet communication

राप्रपाले निर्वाचन स्थानीय तहको निर्वाचनका उमेदवार छनौटका लागि सम्बन्धित तहमा ताकेता पनि गरिरहेको छ । उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।

 पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने यसअघि निर्णय गरिसकेको छ । राप्रपाले उमेदवार छनौट गर्न वडा तहको सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्नेछ र केही दिन भित्रै सबै तहमा उमेदवारको टुंगो लगाउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x