×

स्थानीय चुनाव

स्थानीय निर्वाचन: कर्मचारीको भत्तामा मात्रै खर्च भयो ३ अर्ब

बैशाख २९, २०७९

स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारीको दैनिक भत्तामा मात्र ३ अर्ब रूपैयाँ खर्च भएको छ ।

निर्वाचन आयोगका लेखा उपसचिव मुकुन्द केशरी पोखरेलले हालसम्म निर्वाचनका लागि खटिएका कर्मचारीहरूको दैनिक भत्तामा मात्र ३ अर्ब रुपैयाँ खर्च भइसकेको बताएका हुन् । 


Advertisment

'मतदान केन्द्रमा खटिनुभएका १ लाख ९ हजार कर्मचारीले न्यूनतम ६ दिनदेखि अधिकतम १४ दिनसम्मको दैनिक भत्ता लिनुभएको छ,' उनले लोकान्तरसँग भने, 'हालसम्म भत्तामा ३ अर्ब रूपैयाँ खर्च भइसकेको छ ।'


Advertisment

कार्यालय सहयोगीदेखि उपसचिव तहसम्मका कर्मचारीहरू मतदानस्थलमा खटिएको उनले बताए । न्यूनतम १२ सयदेखि अधिकतम २५ सय रूपैयाँ प्रति दिन भत्ता दिइएको उनको भनाइ छ । 

'तहअनुसार उक्त भत्ता दिने गरिएको छ,' उनले लोकान्तरसँग थपे, 'त्यसबाहेक अनुगमनका लागि सहसचिवदेखि सचिवसम्म खटिनुभएको छ ।' 

सहसचिव र सचिवले भने २५ सयभन्दा केही बढी रकम भत्ताबापत पाएका छन् ।

नेपाल सरकारको संघ, प्रदेश, स्थानीय तहमा रहेका निजामती कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, सार्वजनिक संस्थानका कर्मचारीहरूलाई मतदान केन्द्रमा खटिएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने निर्वाचन आयोग, प्रदेशदेखि जिल्ला निर्वाचन कार्यालय र मतदान केन्द्रसम्म गरेर झन्डै २ लाख कर्मचारी परिचालित भएको बताउँछन् । 

'एउटा पालिकामा न्यूनतम ५ दिनसम्म तथा विकट क्षेत्रमा १४ दिनसम्म पनि ती कर्मचारीहरू खट्नु पर्ने हुन्छ,' पौडेलले लोकान्तरसँग भने ।

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x