×

NMB BANK
NIC ASIA

भृकुटीमण्डपको जुत्ता-चप्पल मेलामा बढ्यो चहलपहल

जेठ ५, २०७९

NTC
Premier Steels

पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्न थालेको छ । 

Muktinath Bank

गत वैशाख १५ गतेदेखि भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड नै लाग्ने गरेको छ । स्थानीय तह निर्वाचनले केही दिन प्रभावित बनाएको व्यापार मेलामा चुनाव सकिए लगत्तै ग्राहकहरू बढ्न थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएको कारण नै आफूहरूलाई मन पर्ने बताए । नेपालमै सबै वर्गका लागि  ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ता चप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

सामान्य दिनमा दैनिक १५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख २५ हजारभन्दा बढी ग्राहकहरू आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए । चुनाव सकिएपछि  ग्राहकहरु बढेको उनले बताए । 

Vianet communication

आफ्नो उत्पादनलाई ब्रान्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको विएफ डिएयर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर सुज, स्कुल सुज, स्पोर्ट्स सुज रुचाएको बताए । 

नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आफ्नो उत्पादन बजारमा ल्याउँदै आइरहेको उक्त कम्पनीले मेलामा  राम्रो बिजनेस गरेको बताए । 

लालीगुराँस फुटवेयरले क्रसरोड फुटवेयरलाई ब्रान्डिङ गर्दै आइरहेको छ । आफ्नो उत्पादनको प्रचार प्रसार गर्ने, स्वदेशी उत्पादन र प्रयोगमा जोड दिने तथा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले जुत्ता चप्पल व्यापार मेलामा सहभागी भएको उक्त कम्पनीले मेलामा प्रतिदिन ५०/६० हजार रुपैयाँमाथिको कारोबार गर्दै आइरहेको बताएका छन् । 

कम्पनीका प्रमुख कृष्ण फुँयालका अनुसार मेलामा सामान्य उपभोक्तादेखि सरकारी उच्च पदस्थ व्यक्ति, राजनैतिक दलका नेताहरू, उच्च ओहोदाका व्यक्तिहरूसमेत मेला अवलोकनका लागि आउनुले हौसला मिलेको बताउँछन् ।

चुनाव अगाडि व्यापारमा उच्च रूपमा बृद्धि भएपनि चुनावपछि बिक्रीमा केही कमी आएको र चुनावमा गएकाहरू शहर फर्किएसँगै व्यापार पुनः बढ्ने उनको अपेक्षा छ । 

कोशेली फुटवेयरका म्यानेजिङ डाइरेक्टर रविन श्रेष्ठले आफ्नो उत्पादनको ब्रान्डिङ, विज्ञापन, स्टक क्लियरिङका लागि आफ्नो कम्पनी मेलामा सहभागी भएको बताए । 

छालाको जुत्ता विभिन्न डिजाइन र मोडलमा बजारमा ल्याउँदै आइरहेको उक्त कम्पनीले मेलामार्फत छालाका स्कुल सुज, पार्टी सुज र सिजनल सुज उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय बजारमा विभिन्न नयाँ कम्पनीहरू आएका कारण बजारमा प्रतिस्पर्धा उच्च भएको उनको भनाई छ । चुनाव अगाडि व्यापारमा उच्च बृद्धि भएको र चुनावपछि व्यापार घटेको श्रेष्ठको अनुभव छ । 

रोयल फुटवेयरले दैनिक साढे २ लाख बराबरको कारोबार गर्दै आइरहेको सिनियर मार्केटिङ म्यानेजर बलकृष्ण घिमिरेले बताए । उनका अनुसार रोयल फुटवेयरले कम्पनी छुट अफर सहित ग्राहकलाई नेपाली जुत्ता चप्पल उपलब्ध गराउँदै आइरहेको छ । 

फुटवेयर म्यानुफ्याक्चर्सर एशोसिएसन अफ नेपालको आयोजनामा सञ्चालित उक्त मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । १० देखि ७० प्रतिशतसम्म छुटमा विभिन्न डिजाइनका जुत्ता चप्पलहरू खरिद गर्न पाइनेछ ।  

मेला जेठ ९ गते सोमबारसम्म चल्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x