×

NMB BANK
NIC ASIA

उपसभामुखको निर्वाचनः तानातानमा लोसपा

असार ३१, २०७९

NTC
Premier Steels

उपसभामुख चयनका लागि शुक्रवार प्रतिनिधिसभामा मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । 

Muktinath Bank

उपसभामुख पदमा भुसाल निर्वाचित हुने सम्भावना बलियो छ । यद्यपि, यस निर्वाचनलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तानातानमा परेको छ । आफ्नो उम्मेदवारको पक्षमा मतदान गर्न गठबन्धनको तर्फबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा आग्रह गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई बिहीवार साँझ टेलिफोन गरेर उपसभामुख पदमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए । उनले विगतमा पनि एमाले र लोसपाबीच सहकार्य भएको स्मरण गराउँदै उनले उपसभामुखको निर्वाचनमार्फत पुनः सहकार्यको वातावरण बनाउन आग्रह गरेको ओलीनिकट स्रोतले जनाएको छ । तत्कालीन ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा भएको विवादकै कारण तत्कालीन जनता समाजवादी पार्टी (जसपा)मा रहेका ठाकुर समूहले पार्टी विभाजन गर्दै लोसपा गठन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

ओलीपछि प्रधानमन्त्री देउवाले पनि शुक्रवार बिहान ठाकुरसँग उपसभामुख निर्वाचनको विषयमा टेलिफोनमार्फत सम्वाद गरेका छन् । देउवाले पनि ठाकुरलाई निर्वाचनमा समर्थन गर्न आग्रह गरेका थिए । जवाफमा ठाकुरले पार्टीभित्र छलफल गरेर निर्णय लिने बताएका थिए । 

Vianet communication

लोसपा सत्ता गठबन्धनमा सहभागी हुन तयारी अवस्थामा बसेको पहिलेदेखि नै हो । तर, हालसम्म सरकारमा सहभागी भइसकेको छैन । लोसपा सरकारमा सहभागी हुने यसअघि पटक–पटक चर्चा भएको थियो । 

लोसपाले बोलायो संसदीय दलको बैठक 

एमालेले उपसभामुखको निर्वाचनमा लोसपासँग गठबन्धन गर्न चाहेको थियो । सोहीअनुसार लोसपाका तर्फबाट उम्मेदवार उठाएर आफूले समर्थन गर्ने एमालेको रणनीति थियो । लोसपाकी चन्दाकुमारी चौधरीलाई उम्मेदवार बनाउने र समर्थन गर्ने विषयमा एमाले र लोसपा नेतृत्वबीच छलफल पनि भएको बताइन्छ । तर, लोसपा आखिरीमा पछाडि हट्यो । लोसपाले उम्मेदवारी दर्ता गराएन । लोसपाले नगरेपछि एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

लोसपाले उम्मेदवारी दर्ता नगरेर गठबन्धनमा सहभागी हुन चाहेको फेरि पनि संकेत गरेको छ । तर, उपसभामुखको निर्वाचनमा गठबन्धनलाई समर्थन गर्ने औपचारिक निर्णय गरिसकेको छैन । त्यसबारेमा छलफल गर्न लोसपाले संसदीय दलको बैठक बोलाएको छ । 

लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले उपसभामुखको निर्वाचनबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको लोकान्तरलाई जानकारी दिए । उनले हालसम्म कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय भइनसकेको भन्दै बैठकले यसबारेमा निर्णय लिने बताए । ‘संसदीय दलको बैठकमा उपसभामुखमा कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुन्छ,’ उनले भने, ‘बैठकबाट औपचारिक निर्णय गरेर अघि बढ्छौँ ।’ 

प्रमुख सचेतक कर्णले सत्ता र प्रतिपक्ष दुवैतर्फबाट समर्थनका लागि आग्रह गरिएको बताए । तर, अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय भइनसकेको उनको भनाइ छ । 

लोसपा संसदीय दलको बैठक शुक्रवार दिउँसो २ बजे बोलाइएको छ । उपसभामुखको निर्वाचन प्रक्रिया दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आरम्भ हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x