×

NMB BANK
NIC ASIA

सहकारीका नाममा ठगीधन्दा

पाँच हजार बचतकर्ताको साढे ५ अर्ब ठगेर गौतमश्री सहकारीका सञ्चालक फरार, पीडित विभागको शरणमा

साउन १५, २०७९

NTC
Premier Steels

कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक करीब ५ हजार बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ फिर्ता नगरी सम्पर्कविहीन भएका छन् । दुई दशकदेखि सञ्चालनमा रहेको र विभिन्न ठाउँमा शाखा कार्यालयसमेत खोलेको यो सहकारी सञ्चालकले बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि बुधवारबाट सम्र्पकविहीन भएका हुन् । 

Muktinath Bank

सहकारीका अध्यक्ष रामबहादुर गौतम हुन् । उनीसहित सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता रकम फिर्ता लिन नपाएको गुनासो गर्दै बिहीवारबाटै सहकारी धाउन थालेका थिए । सञ्चालक सम्पर्कविहीन भएको थाहा पाउनाथ  सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शुक्रबार शिल गरेको सूचना टाँस गरेको छ । सहकारीले एभरेष्ट बैैंकको पैसा चलाएकोले भवन शिल गरेको हो । बैंकले शिल गरेको सूचना टाँसेपछि सहकारीका बचतकर्ता कालिमाटी प्रहरी र सहकारी विभागको शरणमा पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यो सहकारीमा एकै व्यक्तिले ६ करोड रुपैयाँसम्म राखेको र पैसा फिर्ता दिलाइपाउँ भन्दै सहकारी विभागमा उजुरी दिन पुगेका छन् । विभागमा आइतवार बचतकर्ताहरू बचत रकम फिर्ता र सहकारीका सञ्चालकलाई कारबाही गर्न उजुरी दिन पुगेको छन् । 

Vianet communication

विभागमा आइतवार दिउँसोको दर्के पानीमा भिज्दै सहकारीका बचतकर्ता उजुरी दिन लाइन लागेका थिए । आइतवार मात्रै करिब ५ सय सय बचतकर्ता उजुरी दिन सहकारी विभाग पुगेका छन् ।

विभागमा उजुरीमा दिन पुगेका बचतकर्ता विजय रञ्जितले मात्रै उक्त सहकारीमा डेढ करोड बचत फिर्ता लिनुपर्ने छ । रञ्जितले परिवारका अन्य सदस्य र आफूनिकट साथीहरूको रकम सहकारीले फिर्ता नदिएपछि उजुरी गर्न विभाग पुगेको लोकान्तरसँग बताए ।

उनले भने ‘म र मेरो श्रीमतीले मात्रै उक्त सहकारीमा ४७ लाख रुपैयाँ बचत गरेका छौँ ।’ वाणिज्य बैंकले कम ब्याज दिन थालेपछि सात वर्षअघिबाट उक्त सहकारीमा  पैसा राख्न थालेको रन्जितले बताए । बैंकको तुलनामा सहकारीले धेरै व्याज दिने भएकाले रकम जम्मा गरेको उनको भनाइ छ । 

बैंकले बचतमा डेढ÷दुई प्रतिशत मात्रै ब्याज दिएको बेला गौतमश्रीले १४ देखि १८ प्रतिशतसम्म ब्याजदर दिएको थियो । ‘आफन्तहरूले २०औँ वर्षदेखि सोही सहकारीमा कारोबार गरिरहेकोले विश्वास मानेर आफूले पनि भएभरको पैसा लगेर राखियो, सहकारी भाग्छ भन्ने कुनै शंका नै थिएन्’, रञ्जितले भने ।

यो सहकारीमा बचत गरेका बचतकर्ताहरूले संघर्ष समिति गठनसमेत गरेका गरिसकेका छन् । समितिको संयोजकमा सञ्जय बानियाँ रहेका छन् । रञ्जित पनि सदस्य समितिको सदस्य छन् । 

सहकारी विभागले उजुरीसँगै कानूनी प्रक्रियामासमेत जानु भनेकोले विभागमै उजुरीसँगै कानूनी लडाइँको प्रक्रिया थालेको बचतकर्ताहरूको भनाइ छ । बचकर्ताले विभागमै अधिवक्ताको लागि लाग्ने शुल्कका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन समेत गरेका छन् । 

सहकारीले ७६ लाख रुपैयाँ लिएर फिर्ता नदिएका कुलेश्वरकै स्थानीय शरदकृष्ण मानन्धर पनि उजुरी दिन विभागमै भेटिए । परिवार लागेर सानो–सानो रकम जम्मा गरेको पैसा डुब्ने भयो भनेपछि विभागसम्म उजुरी दिन आएको उनले बताए  । २० वर्षदेखि सहकारीसँग कारोबार गरेका मानन्धरले सञ्चालक बुधबारदेखि नै सम्पर्कमा नआएको थाहा पाएपछि सहकारी विभागमा सम्पर्क गर्न पुगेको बताए ।

सहकारी बिहीवारसम्म खुलै थियो । एक्कासी शुक्रवार एभरेष्ट बैंकले सूचना टाँस गरेर भवन शिल गरेपछि शुक्रवार नै प्रहरी र विभाग आइपुगेको मानन्धरले बताए । मानन्धरले आफ्नो व्यापारबाट जम्मा भएको पैसा, आमाको पेन्सन, श्रीमती र छोराको रोजगारीबाट आएको पैसा सहकारीमा राखेको बताएका छन् । सरकारीले राम्रो कारोबार गरिरहेको भए पनि एक्कासी सञ्चालक भागेपछि जीवनभर दुःख गरेको कमाई डुब्ने भयो भन्दै विभागको शरणमा आइपुगेको उनले बताए ।

अर्का बचतकर्ता राजेशकुमार सिंहले पनि उक्त गौतमश्री सहकारीमा ६४ लाख रुपैयाँ जम्मा गरेको बताएका छन् । उनको परिवारका सदस्यले २०औँ वर्ष लगाएर कमाएको रकम आकर्षक ब्याजदर दिने भनेपछि ३ जना दाजुभाइ, आमा र दिदीले उक्त रकम जम्मा गरेको लोकान्तरलाई बताए । 

सहकारीको कारोबार रोक्का गरेर अध्ययन गर्दैछौँ– सहकारी विभाग

सहकारी विभागले बचतकर्ताहरूले सहकारीका सञ्चालकहरू सम्पर्कमा नआएकाले  बचत रकम फिर्ता गरिदिन माग गर्दै उजुरी दिएको बताएको छ । उजुरीपछि कुलेश्वरको उक्त गौतमश्री बहुउद्देश्यीय सहकारीको कारोबार रोक्का गरेर अध्ययन शुरू गरेको विभागले जानकारी दिएको छ । विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले पीडितले शुक्रबारदेखि नै उजुरी दिन थालेको बताए । बचतकर्ताको उजुरीका आधारमा अध्ययन शुरू भइसकेको उनको भनाइ थियो । 

सहकारीका उपरजिष्टार तथा सूचना अधिकारी टोलराज उपाध्याय ले आइतवारसम्ममा २२५ जनाले उजुरी दिएको बताए । आइतवार विभाग आइपुगेको थप बचतकर्ताले ठूलो वर्षातका कारण उजुरी दिन नभ्याएकोले पुनः थप उजुरी सोमवार आउने भएको छ । आइतवार नै विभागमा करीब ५ सय बचतकर्ता पुगेको पनि संघर्ष समितिले बताएको छ । 

सहकारीका सञ्चालक भागेको उजुरी पर्नासाथ विभागले शुक्रवार नै प्रहरी प्रधान कार्यालयलाई  सञ्चालक खोजेर उपस्थित गराउन पत्र लेखेको छ । अब बचतकर्ताको उजुरीमा टेकेर विभागले सहकारीमा भएको समस्या अध्ययन गर्ने र सहकारीको सम्पत्ति र दात्यिव कति रहेछ भनेर अध्ययन गर्ने सूचना अधिकारी उपाध्यायले बताए । 

उपाध्ययका अनुसार अब विभागले सहकारी संस्थाको विषयवस्तु र अवस्था बुझेर उपयुक्त कारबाहीको लागि सिफारिस गर्ने छ । उनले भने ‘सहकारी समस्याग्रस्त घोषणा हुन सक्छ । समस्याग्रस्त घोषण भए पनि दायित्व र सम्पत्ति यकीन गरेर सोहीअनुसार राफसाफ हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x