×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

पाँच महिनापछि संसद्मा चोलेन्द्रविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल

साउन २२, २०७९

NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि संसद्मा छलफल शुरू भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा महाभियोग प्रस्तावमाथि छलफल भएको हो ।

Muktinath Bank

छलफलमा सहभागी एमाले सांसदहरूले निलम्बनमा रहेका प्रधानन्यायाधीश जबरालाई अदालत फर्किन नदिन सत्ता गठबन्धनले अहिले अन्तिम समयमा आएर प्रस्तावमाथि छलफल गराएको आरोप लगाए । सत्तापक्षका सांसदहरूले भने अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेकोले महाभियोग दर्ता गर्नुपरेको बताएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा भाग लिँदै एमाले सांसद खगराज अधिकारीले संसद्ले समयमै महाभियोगको टुंगो लगाउनु पर्नेमा अन्तिम समयमा रित पुर्‍याउनको लागि गरिएको छलफलले संसदको अयोग्यता प्रमाणित भएको बताए । 


Advertisment
Nabil box
Kumari

‘चुनावको मिति घोषणा भएको छ, चुनावको लागि नै तीन महिनाको समय छैन, तीन महिना समय पाउने समितिले कतिले काम गर्ने ?’ अधिकारीले प्रश्न गरे, ‘तीन महिना नहुने समय राखेर हामी के गर्दैछौँ ? संविधान, प्रतिनिधि सभाको उपहास गर्दैछौँ कि ?’

Vianet communication

एमाले सांसद महेश बस्नेतले अदालतलाई कार्यपालिकाको काबुमा राख्नको लागि चोलेन्द्रविरुद्ध महाभियोग दर्ता गराइएको आरोप लगाए । 

नेकपा एसकी डा. पुष्पाकुमारी कर्णले प्रधानन्यायाधीशमा कार्यक्षमताको अभाव देखिएको, अदालतमा भ्रष्टाचारलाई बढावाका दिएकोले महाभियोग प्रस्ताव दर्ता गर्नु परेको बताइन् । 

गत फागुन १ गते प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो । सो बैठकले महाभियोग सिफारिस समिति गठन गरे पनि प्रतिनिधि सभामा छलफल नहुँदा काम शुरू हुन सकेको थिएन । 

प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सकिएपछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x