×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

एमालेले तय गर्‍यो प्रदेश सभा र प्रतिनिधि सभाका ३३० जना समानुपातिक उम्मेदवार, यस्तो छ प्रदेशगत उम्मेदवारको विवरण

असोज २, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ । 

Muktinath Bank

आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएको गुरुङले जानकारी दिए । 

Vianet communication

सचिवालयबाट पारित भएको सूची सोमवार निर्वाचन आयोगमा बुझाउने गुरूङले बताए । 

समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने सोमवार अन्तिम दिन हो ।

प्रचार विभागका सचिव गगन विष्टले आइतवार प्रकाशन गरेको विज्ञप्तिअनुसार, प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२, खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (८ महिला र ७ पुरुष), मधेशीतर्फ १७, (९ महिला, ८ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिस) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको उल्लेख छ ।

त्यसैगरी, प्रदेश नम्बर १ का लागि २० महिला र १७ जना पुरुषसहित ३७ को नाम समावेश गरिएको छ । 

त्यसैगरी, मधेस प्रदेशमा २३ महिला र २० पुरुष गरी ४३ को सूची तयार भएको छ । बागमती प्रदेशमा २० पुरुष र २४ महिलासहित ४४ जनाको सूची बनेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीको समानुपातिक सूचीमा ११ जना पुरुष र १३ जना महिला गरी २४ उम्मेदवारको सूची तयार भएको छ । 

गण्डकी प्रदशेमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा १५ जना पुरुष र २० जना महिला गरी ३५ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ । त्यहाँ, आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेको विज्ञप्तिमा उल्लेख छ । 

कर्णाली प्रदेशमा १० पुरुष र ११ महिला गरी २१ जना समानुपातिक उम्मेदवारको सूची बनेको छ । आदिवासी जनजातिमा महिला र पुरुष गरेर २ जना, खसआर्यमा ५ पुरुष र ५ महिला गरेर १० जना, दलितमा २ पुरुष र २ महिला गरेर ४ जनाको नाम बन्द सूचीमा समावेश भएको छ । 

सुदूरपश्चिम प्रदेशका लागि १० पुरुष र ११ महिला गरेर २१ जनाको नाम बन्द सूचीमा समेटिएको छ । जसमा आदिवासी जनजाति १, खस आर्यमा ६ पुरुष र ६ महिला गरी १२, थारुमा २ महिला र २ पुरुष गरी ४, दलितमा  २ महिला र २ पुरुष गरी ४ जनाको नाम बन्द सूचीमा समावेश भएको एमालेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x