×

NMB BANK
NIC ASIA

गठबन्धनको सकस

समानुपातिकको सूची सच्याउन र प्रत्यक्षमा न्यायोचित सिट माग्दै कांग्रेस कार्यालयमा शेखर पक्षको धर्ना

असोज १२, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षका युवा नेताहरूले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका छन् । ‘पार्टीभित्र न्याय र अवसरका लागि’ भन्दै संघर्ष गरिरहेका नेताहरूले धर्ना दिएका हुन् । 

Muktinath Bank

धर्नामा युवा नेता गुरुराज घिमिरे, कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलगायतका नेताहरूले धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका छन् । निर्वाचन आयोगमा कांग्रेसले पेश गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूची सच्याउनुपर्ने, प्रत्यक्षतर्फ टिकट वितरण गर्दा आफ्नो समूहलाई ४० प्रतिशतको हिस्सा दिनुपर्ने उनीहरूको माग छ । आयोगले समानुपातिकतर्फको बन्दसूची सच्याउने राष्ट्रिय दललाई बिहीवारसम्मको समय दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेखर पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको आरोप लगाउँदै आएको छ । शेखर समूहले निर्वाचन आयोगमा छुट्टै समानुपातिक उम्मेदवारको सूचीसमेत बुझाएको थियो । यद्यपि, आयोगले त्यसलाई मान्यता दिनेछैन । 


Advertisment
Nabil box
Kumari

शेखर पक्षले सभापति देउवाले गठबन्धनमा सिट बाँडफाँट गर्दा आफूपक्षीय नेताहरूको क्षेत्र अन्य दललाई छाडेको आरोप लगाइरहेको छ । शेखर पक्षले गठबन्धनका अन्य नेताहरूलाई पहिले कांग्रेसभित्रको विवाद समाधान गरेर मात्र सिटको भागबण्डा टुंग्याउन चेतावनी दिइरहेका छन् । 

Vianet communication

उनीहरूले यसअघि काठमाडौंमा खबरदारी सभासमेत गरेका थिए । सभामार्फत उनीहरूले बालुवाटारमा सिट बाँडफाँटबारे सहमति हुँदैमा चुनाव जित्ने सपना नदेख्न देउवासहित गठबन्धन दलका नेताहरूलाई चेतावनी दिएका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x