×

NMB BANK
NIC ASIA

रवीन्द्र मिश्र गोबर हो, बाबुराम गुड, कहिल्यै उस्तै हुनसक्दैन : बाबुराम भट्टराई

असोज १२, २०७९

NTC
Premier Steels

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन्’ भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे । 

Muktinath Bank

‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरूको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन । हामी अग्रगमनको कुरा गरिरहेक छौँ । समुच्चतामा समाज रुपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे, फेरि पछाडितिर घुमाई फिराई राजतन्त्र, एकात्मक राज्यसत्ता, निरंकुशतातिर फर्किने अभ्यास एउटाले गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यसकारण युवा विद्यार्थीहरू सामाजिक सञ्जाल यस्ता कुराबाट मुक्त हुनुपर्छ’, उनले भने ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसद्मा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए । 


Advertisment
Nabil box
Kumari

उनले नेपाल जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाति, भाषाअनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए  । उनले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडीजस्तो भएको बताए ।

Vianet communication

‘यो संविधान आधा गिलास भरि र आधा खाली छ । नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई ध्यान दिँदै हामीले पूर्ण रुपमा क्रान्ति पूरा गर्न नसकेको नै हो । सम्झौताको बाटोबाट गएपनि मूलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर, पूर्ण गर्न सकेनौँ’, उनले भने, ‘पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाति, भाषाअनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x