×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन

घनश्याम भुसाल र भीम रावलको टिकट खोसिने !

असोज २१, २०७९

NTC
Premier Steels

नेकपा एमालेका प्रभावशाली नेताद्वय भीम रावल र घनश्याम भुसालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने निश्चितजस्तै भएको छ ।

Muktinath Bank

पार्टी अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विश्वासको मत दिन अनुपस्थित रहेका नेतामध्ये भुसाल र रावलले टिकट पाउने सम्भावना न्युन रहेको एमाले स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा माधवकुमार नेपाल निकट मानिने रावल र भुसाल लगायत १० जना नेताहरू माधव नेपाल क्याम्प छाडेर एमालेमै रहेका थिए । राप्रपासँगको चुनावी तालमेलका कारण भुसालको टिकट खोसिन लागेको हो । 


Advertisment
Nabil box
Kumari

एमालेसँग राप्रपाले चुनावी तालमेल गर्दैछ । 

Vianet communication

तालमेल गर्दा रुपन्देही–३ राप्रपा नेता दीपक बोहोराले पाउने भएका छन् । एमालेका एक पदाधिकारीका अनुसार राप्रपासँगको तालमेलको निर्णयमा हस्ताक्षर हुन मात्र बाँकी छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार भुसाल कांग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहोरालाई पराजित गरेर विजयी भएका थिए ।

‘राप्रपालाई केही सिट दिएर तालमेल हुँदैछ, त्यसो हुँदा घनश्याम कमरेडले केन्द्रका टिकट पाउने सम्भावना लगभग सकिएको छ,’ एमालेका ती नेताले भने । 

पटक–पटक प्रतिनिधिसभा सदस्य बनेका भुसाललाई प्रदेशमा लड्न आग्रह गरिएको स्रोतले बतायो । 

भीम रावलको पनि टिकट पाउने सम्भावना न्युन !

विगतमा एमाले उपाध्यक्ष समेत रहिसकेका एमालेका प्रभावशाली नेता भीम रावलले पनि टिकट पाउने सम्भावना कम देखिएको छ । रावलले नेकपा एमालेको दशौं महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । 

आफू नेतृत्वको सरकार ढाल्नका लागि अगुवाइ गरेको भन्दै रावलसँग ओली असन्तुष्ट रहँदै आएका थिए । पछिल्ला ३ वटा निर्वाचनमा अछामबाट लगातार निर्वाचित हुँदै आएका रावल कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए ।

‘नेतृत्वको आलोचना गर्दै हिँड्ने र विगतमा आफ्नै सरकार ढाल्न अगुवाइ गरेका नेतालाई टिकट दिन जरुरी छैन भन्ने स्थानीय कार्यकर्ताको सुझाव छ,’ एमाले स्रोतले भन्यो, ‘रावलले केन्द्रमा टिकट पाउने सम्भावना अत्यन्त न्युन छ, पाउनुहुन्न भन्दा पनि हुन्छ ।’ 

पार्टी विभाजनका क्रममा रावल निकट अधिकांश प्रदेश सांसदहरू नेकपा एसमा लागेका कारण उनको शक्ति क्षयीकरण भएको विश्लेषण भइरहेको छ । सुदूरपश्चिममा एमालेले रावलको सट्टा माओवादी छाडेर आएका लेखराज भट्टलाई अगाडि बढाउन खोजिरहेको छ । 

१० बुँदे पक्षधर अन्य नेताको अवस्था के छ ?

विगतमा माधव नेपाल निकट भनेर चिनिँदै आएका नेताहरूमध्ये अन्य नेताहरूले भने टिकट पाउँदैछन् । विगतमा पार्टी हितविपरीत काम गरेकोमा आत्मालोचनासहित उनीहरूलाई टिकट दिन लागिएको एमाले स्रोत बताउँछ । यद्यपि बाहिर प्रचार गरिएजस्तै लिखित आत्मालोचना गराउने निर्णय नभएको एमाले नेताहरू बताउँछन् ।

१० बुँदे सहमतिका पक्षधरमध्ये उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ बाट टिकट पाउने सम्भावना ज्यादा छ । राप्रपासँग तालमेल गर्दा चितवन–३ विक्रम पाण्डेलाई छाड्नुपर्ने भएकाले पाण्डे अहिलेसम्म टिकट पाउने सम्भावना छ । सचिव गोकर्ण विष्टले गुल्मी–२ बाट टिकट पाउने लगभग निश्चित छ । 

१० बुँदे सहमति गरेकामध्ये रघुजी पन्त समानुपातिकको बन्द सूचीमा परिसकेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतवार उम्मेदवार मनोनयनको कार्यक्रम छ । उम्मेदवार मनोनयनको दिन नजिकिँदा एमालेले राप्रपा र जसपासँग तालमेलको पहल गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x