×

स्थानीय पाठ्यक्रमको तयारीमा कुश्मा नगरपालिका

माघ २८, २०७९

पर्वतका स्थानीय तहले  स्थानीय पाठ्यक्रमलाई विस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिकसत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा लैजाने तयारी गरिरहेको हो । जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । 

केही स्थानीय तहले पाठ्यक्रम निर्माणको प्रगतिबारेमा जानकारी दिँदैआएका छन् भने कोहीले आन्तरिकरूपमा नै तयारी गरिरहेका छन् । पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय तहका लागि नमूनाका रूपमा प्रस्तुत हुनसक्ने कुश्मा नगरपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको सुरुआत गरेको छ । सरोकारवालालाई भेला पारेर उनीहरूबाट लिएका सुझावका आधारमा पाठ्यक्रम तयार पार्नेगरी शिक्षक, विज्ञ, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीबीच पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए । 


Advertisment

“स्थानीय पाठ्यक्रमले समेट्नुपर्ने विषय, ज्ञान, सीप, अवधारणा तथा वस्तुगत स्थितिका बारेमा पाठ्यक्रम विज्ञ, जनप्रतिनिधि र कर्मचारीका बीचमा अन्तरक्रिया गरेर सुझाव लिएका छौँ । नयाँ शैक्षिकसत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्छन”, उनले भने, “बजेटको अभावदेखि छोटो समयावधिका कारण नयाँ शैक्षिकसत्रमा कक्षा ८ सम्म लागू गर्न नसकिने भएको हो । शैक्षिक सत्र २०८१ मा भने ८ सम्म नै लागू गर्नेछौँ ।”


Advertisment

केही समयमा नै विज्ञहरूसँग सम्झौता गरेर पाठ्यक्रमको प्रारम्भिक मस्यौदा तयार पारेर फेरि पनि सरोकारवालालाई राखेर मस्यौदामाथि छलफल गराइने छ । छलफलमा आएका सुझावका आधारमा संशोधन गरेपछि पाठ्यपुस्तक लेख्ने काम सुरु गरिने शिक्षा अधिकृत दीपक सुवेदीले बताए ।  

“नगरभित्र रहेका जातजाति, भाषा, संस्कार, रहनसहन, धार्मिकस्थल, पर्यटकीय क्षेत्र, जडीबुटी, वन्यजन्तु, खोलानाला, खनिज पदार्थ, स्थानीय पेसा, कृषि तथा घरेलुऔजार, सकारात्मक सत्कार, सेवामूलक सङ्घ संस्था, स्थानीय खेलकुद, भोजन, झारफुक प्रथा, कटुवाल प्रथालगायतका विषयवस्तु राख्न सुझाव आएका छन्”, उनले भने, “नगरपालिकामा आधारभूत तहमा करिब दुई हजार पाँच सय विद्यार्थी छन् । उनीहरूले आउँदो वैशाखबाट क्रमिकरूपमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अध्ययन गर्ने मौका पाउने छन् ।”

नगरप्रमुख रामचन्द्र जोशीले पाठयक्रम विज्ञ, भाषा विज्ञ, प्राविधिक तथा शैक्षिक क्षेत्रका अनुभवी व्यक्तिमार्फत पाठ्यक्रमको प्रारुप तयार पार्न गृहकार्य अगाडि बढाएको बताए । स्थानीय पाठ्यक्रम कर्मकाण्डी नभई व्यवहारिक र जीवनउपयोगी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । स्थानीय आवश्यकताको विषयवस्तुले स्थान पाउने, स्थानीय तहबाटै पाठ्यक्रम निर्माण र कार्यान्वयनको क्षमता बढ्ने, यसमा संलग्न भएकोमा अपनत्वको अनुभव हुँदा कार्यान्वयनमा सहज हुने, स्थानीय स्रोत र साधनको उपयोग तथा अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनबीचको सम्बन्ध बलियो बन्ने स्थानीय पाठयक्रमका फाइदा भएको बताइएको छ । रासस

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

जेठ १३, २०८१

काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धत...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x