×

NMB BANK
NIC ASIA

नेपाली कांग्रेसलाई निर्वाचन आयोगको स्पष्टीकरण

उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघनमा आयोगले कांग्रेसलाई सोध्यो - किन कारबाही नगर्ने ?

चैत १, २०७९

NTC
Premier Steels

आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ। 

Muktinath Bank

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उक्त निर्णय राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन निर्देशिका, २०७४ को दफा ६२ ( १ ) विपरीत भएको आयोगको ठहर छ। 


Advertisment
Nabil box
Kumari

आचारसंहिता उल्लंघन गरेको उजुरी पर्न आएकाले आयोगले नेपाली कांग्रेसलाई किन कारबाही हुनु नपर्ने भनी लिखित जवाफ माग गर्नुका साथै आचारसंहिता पूर्ण पालना गर्न ध्यानाकर्षण गरेको बुधबार साँझ जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। 

Vianet communication

विज्ञप्तिमा भनिएको छ-  ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य माननीय श्री प्रेम बहादुर महर्जनले नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार माननीय श्री रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेको हुँदा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन निर्देशिका, २०७४ को दफा ६२ ( १ ) विपरित आचारसंहिता उल्लङ्घन गरेकोले कानून वमोजिम कारवाही गरी पाउँ भनी उजुरी पर्न आएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरलाई उजूरी माग बमोजिम किन कारबाही हुनु नपर्ने हो भनी लिखित जवाफ माग गर्नुका साथै आचारसंहिताको पूर्ण परिपालनाका लागि सो दललाई ध्यानाकर्षण समेत गराई सकिएको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने मौन अवधि शुरू भइसकेको अवस्थामा रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिएपछि नेकपा एमालेले आयोगको ध्यानाकर्षण गराएको थियो। 

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा एमाले उजुरी दिएको हो। 

उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि शुरू भएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x