×

Nic Asia
Dabur
Prabhu Bank

२०५०–०५१ आसपासमा अखिलको राजनीतिमा रूपन्देहीको सक्रिय नाम थियो गंगाप्रसाद ढकालको । भैरहवा बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आईए) पढ्दै गर्दा ढकाल क्याम्पसहरूमा जोशिलो, मिठो र विषयवस्तुको ज्ञान सहितको भाषण गर्थे ।

yONNEX
IME BANK INNEWS

त्यो बेलाका कडा विद्यार्थी नेता ढकाल अहिले आफ्नै मेहनतले रूपन्देहीमा सफल व्यापारीको रूपमा उदाएका छन् । ती दिन सम्झिँदै ढकाल भन्छन्, ‘राजनीतिबाट माथि पुग्ने सोच थियो तर अहिलेको उद्यममा आउला भन्ने त्यो बेला लागेकै थिएन ।’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अहिले ढकालको बुटवलमा ठूलो ‘बिजनेश’ ओखती घर प्रालि छ । जुन यस क्षेत्रकै ठूलो मध्येको एउटा औषधि सप्लायर्स हो, जसले देशका अधिकांश जिल्लामा औषधि पुर्‍याउने गर्छ ।

भारत र नेपालका औषधि कम्पनीसँग जोडिएर कामको अनुभवबाट ढकालले अहिले आफूलाई सफल औषधि बिक्रेतामा उभ्याएका हुन् । उनलाई यो स्थानमा आइपुग्न न कसैसँग प्रतिस्पर्धा गर्नुपर्‍यो, न त उनले कसैसँग प्रतिशोध साँधे ।


Advertisment
Lokantar App
Saurya island

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ढकालको परिवार बसाइँसराइँ गरी विक्रम संवत् २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झर्‍यो । मध्यम वर्गीय परिवारका ढकालले दीपेन्द्र माविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरे । एसएलसी दिइसक्दा आर्थिक अभाव खड्किएपछि उनी भारत पसे । त्यो बेला उनको भारतमा जीवराज आश्रितसँग भेट भयो ।

भेटमा जीवराज आश्रितले ढकाललाई भनेका थिए, ‘एसएलसी दिएको मान्छे किन भारत आएको ?’ नेपालमै केही गर्नुपर्छ भनेर दिएको सुझाव अझै उनको मस्तिष्कमा ताजै छ । ४ महिना भारतमा बसेर उनी नेपाल फर्किए ।

Vianet communication

दाइ प्रेम हुम्लाको मालपोत कार्यालयमा खरिदार थिए । दाइले गंगालाई उतै हुम्ला बोलाए । हुम्लाको जनस्वास्थ्य कार्यालयमा अस्थायी दरबन्दीमा काम गरे । त्यहाँ काम गर्दा सरकारी सेवा र परिवेश देखेर उनलाई वितृष्णा जाग्यो । ३ महिनामै जागिर छाडेर रूपन्देही फर्किए उनी । एसएलसीको रिजल्ट आयो । उत्तीर्ण भएपछि उनी अध्ययन गर्न भैरहवा आए । आईए अध्ययनसँगै राजनीतिमा सक्रिय भए उनी ।

तत्कालीन नेकपा एमाले नेता विजय पौडेलसँग नजिकिए उनी । पौडेल गंगालाई राजनीतिमा लाग्न प्रेरित गर्ने नेता हुन् । त्यहीँ बेला दासढुंगा दुर्घटना भयो । दुर्घटनामा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको घटनापछि भएका विभिन्न आन्दोलनमा उनी सक्रिय भएर लागे । 

त्यहीँ सिलसिलामा उनले वैद्यनान आयुर्वेद भवन उत्तर प्रदेश भारतको नेपाल बिक्री प्रतिनिधिको रूपमा काम गर्ने अवसरबारे पत्रिकामा विज्ञापन देखे । त्यसमा जोडिन उनले फर्म भरे । अन्तर्वार्ताका लागि गोरखपुर हुँदै दिल्ली पुगे । त्यसमा पास भएपछि २०५१ सालदेखि उनले १ हजार २०० भारतीय रुपैयाँ तलबमा नेपाल प्रतिनिधिको रूपमा काम शुरू गरे । २ वर्ष वैद्यनाथमा काम गरेपछि उनलाई फेरि अर्को अवसर आयो, उनले सिद्ध आयुर्वेद फार्मेसीमा उत्पादन र बजार हेर्ने गरी २०५३ सालबाट काम थाले । त्यो उद्योग रूपन्देहीमा तत्कालीन उद्योगमन्त्री ढुण्डीराज शास्त्रीको थियो ।

सिद्ध फार्मेसीले ८ प्रकारका औषधि उत्पादन गर्थ्यो । फेरि २०५६ सालमा उनी लोमस फर्मासिटिकलमा बजार प्रतिनिधिको रूपमा जोडिए । लोमसको तत्कालीन सुदूरपश्चिम र मध्यपश्चिम इन्चार्ज भएर नेपालगञ्ज गए । त्यहाँ काम गर्दा उनी त्यस क्षेत्रमा ७० प्रतिशत सबै भूभागमा पुगे । उनी भन्छन्, ‘त्यो बेलाको काम मलाई गाउँगाउँमा पुगेर अध्ययन गरेजस्तै थियो ।’ लोमसको काम गर्दा उनलाई धेरै पहाडी र तराईका जनताले चिन्छन् ।

१२ वर्ष औषधिमै काम गरेको अनुभव संगालेर उनले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थाले । साथीभाइको सुझाव र आफ्नै उद्यम गर्नुपर्छ भन्ने सोचाइले उद्यम थालेको उनी बताउँछन् । २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाइयो । ओखती घरले अहिले देशका ७० जिल्लामा औषधि पठाउने गर्छ । ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो । ८ लाखबाट शुरू गरेको बिजनेश अहिले १० करोडको ‘टेड्रिङ’ गर्छन् । उनको बिजेशनमा छोरा गुन्जन जोडिएका छन् ।

फार्मेसी पढेका गुन्जन नेपाललाई आवश्यक पर्ने ६० प्रतिशत औषधि नेपाली उद्योगले नै धानेको बताउँछन् । ओखतीले अहिले १० जना युवालाई रोजगारीमा पनि जोडेको छ ।

नेपालमा औषधि उत्पादक, आयातकर्ता, बिक्रेता र खुद्रा बिक्रेता हुँदै उपभोक्ताको हातमा पुग्ने गर्छ । गंगाप्रसाद भन्छन्, ‘औषधिमा आयातकर्तालाई पनि राम्रो छ । खुद्रा बिक्रेतालाई पनि राम्रो छ तर डिलरहरूलाई खासै राम्रो छैन । हामीलाई जम्मा २ प्रतिशत मात्र कमिसन आउँछ । ठूलो भोलुममा बिक्री गर्दाको कारोबारले धानिएको मात्र छ । राज्यले औषधि बिक्रेतालाई सपोर्ट गर्ने पोलिसी नै बनाएको छैन । समग्र उद्योग र व्यवसायीलाई संरक्षण गर्ने नीति बनाउनु पर्थ्यो, त्यो बनाएन ।’

उनले स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरू रहेको बताउँछन् । गंगाले बिजनेशसँग जोडिए पनि पढाइलाई निरन्तरता दिए । उनले एमबिए पूरा गरेका छन् । परिवारको पूर्ण साथले बिजनेश गरेका उनले कामलाई साना–ठूलो नभई इज्जत गर्न सकेमा सफलता पाउन सकिने बताउँछन् । गंगाप्रसादकी पत्नी गोमा र बुहारी गृष्माले पनि अहिले औषधिको नाम र बिक्रीमा दक्ष भइसकेका छन् ।

सबै क्षेत्रमा सफल हुन सक्षम, शिक्षित र आत्मनिर्भर हुन जरुरी रहेको ढकालको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ ।  अघिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो । ...

चैत ६, २०७९

सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जि...

चैत ७, २०७९

बझाङमा मानव बस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका २ गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी २ गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, ...

फागुन २५, २०७९

मुलुकको तेस्रो (कार्यकालका हिसाबले चौथो) राष्ट्रपति चयनका लागि अहिले बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान भइरहेको छ ।   चौथो कार्यकालका लागि भइरहेको चुनावमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट ...

चैत ८, २०७९

काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन् । लामो समयदेखि यो पेशा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेशा गर्दै आए पन...

चैत ८, २०७९

बुटवलका केही सामुदायिक स्कूल पढाइ, साधनस्रोत र विद्यार्थी संख्यामा अब्बल रूपमा दरिएका छन् तर एउटा इतिहास बोकेको फरक विद्यालय विद्यार्थी र स्रोतसाधनको अभावले छट्पटिएको छ । बुटवल उपमहानगरपालिकाको काखैमा रहेको...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x