कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नेपाली बजारमा स्वदेशी उत्पादन लामो समयदेखि बिक्री वितरण हुँदै आए पनि ब्रान्डिङको अभावले ती उत्पादनले राम्रो चिनारी पाउन सकेका छैनन् । तिनै नेपाली कपडाका ब्रान्डलाई उपभोक्तासम्म पुर्याउन लागिपरेका छन्, बुटवलका युवा उद्यमी प्रकाश भुसाल ।
बुटवलमा डेल्टा सुपर मार्केट स्थापना गरेका प्रकाशले ‘स्पेसिफाइभ नेपाली लुगा घर’ सञ्चालनमा ल्याएका छन्, जहाँ नेपाली उद्योगबाट उत्पादित लुगा मात्र किन्न पाइन्छ ।
‘नेपाली ब्रान्ड विश्वबजारमा पुगेका मात्र छैनन्, धेरैको रोजाइमा पनि छन्,’ प्रकाश भन्छन्, ‘धेरैलाई आश्चर्य लाग्न सक्छ, याक एन्ड न्याक, भर्जिन्स, फ्रीडम, गोफी, के–के, ट्याग, फलानो लुगालगायत ब्रान्डको विदेशमा पनि धेरै माग छ । यस्ता कपडा नेपाली ग्राहकलाई सहज आपूर्ति गर्न नेपाली लुगा घर सञ्चालनमा ल्याएको हुँ । स्वदेशी उद्योग र उत्पादनलाई माया गर्नुपर्छ ।’
उनको कामप्रति उत्पादक र उपभोक्ता दुवै खुशी छन् । नेपालमा बस्दै आएका विदेशीले पनि नेपाली ब्रान्डलाई रूचाइरहेको उनको दाबी छ । स्वदेशमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा ग्राहकसम्म पुर्याउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको उनको भनाइ छ ।
‘स्वदेशी पहिरनले देशप्रेमको भावना बढ्ने भएर नै होला स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ,’ उनी भन्छन् । पछिल्लो समयमा खुलेर लगानी गरिरहेका प्रकाश आर्थिक मन्दी असफलता प्राप्त गरिरहेकाहरूलाई केबल बहाना मात्र बनेको बताउँछन् ।
यहाँसम्म आउन प्रकाशले धेरै संघर्ष गरेका छन् । नयाँ र फरक काम गर्न चाहने प्रकाश जे सोच्छन्, त्यो पूरा गरेरै छाड्छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ अर्घातोषमा जन्मिएका प्रकाशले निमाविसम्मको पढाइ गाउँमै पूरा गरे । कक्षा ८ मा बुटवल झरेर अक्सफोर्ड माविमा भर्ना भएकाले उनले त्यहीँबाट फस्र्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका थिए । एसएलसी उत्तीर्ण भएपछि तिलोत्तमा क्याम्पसमा आईएसी अध्ययन थाले ।
बुटवलमा ‘इन्ट्रान्स प्रिप्रेसन क्लास’ शुरू गर्ने श्रेय पनि उनैलाई जान्छ । बुटवलमा उनले ‘ब्रिज कोर्स’ शुरू गर्दा अरू कसैले पनि शुरू गरेका थिएनन् ।
उनको व्यावसायिक यात्रा भने बुटवल बहुमुखी क्याम्पसमा बीएस्सी पढ्दादेखि शुरू भएको हो । शुरूमा उनले बुटवलमा ‘ह्वाइट हाउस युनिफर्म’ सञ्चालनमा ल्याएका थिए, जहाँ ‘प्लस टु’ लेभलका विद्यार्थीका लागि शर्ट, पाइन्ट र कोटलगायत कपडा उपलब्ध हुन्थे ।
त्यो बेलासम्म बुटवलमा प्लस टु पढ्ने विद्यार्थीहरूले कोटपाइन्ट लगाउने चलन शुरू भएकै थिएन । ‘मैले कोटसहितको ड्रेस आवश्यक छ भनेर शुरू गर्दा कसैले विश्वास गरेका थिएनन्, अहिले हेर्नुस् त, बुटवलका सबैजसो प्लस टु स्कूलमा कोट अनिवार्य भएको छ,’ प्रकाशले भने ।
अहिले बुटवलमा युनिफर्म हाउसको संख्या ५० भन्दा माथि पुगेको छ । युनिफर्म हाउसपछि उनी उद्योगतर्फ मोडिए । पीएनके इन्डस्ट्रिज स्थापना गरी होटलका लागि आवश्यक प्याकिङ गर्ने आल्मुनियम कन्टेनरदेखि न्याप्किन पेपरसम्म बनाउने उद्योग खोल्ने योजनासहित उनले मशिन किन्न २५ लाख भारू भारत पठाए तर, न मशिन अयो न पैसा नै फिर्ता भयो । उनले मुद्दा लडे । जिते पनि । पैसा फिर्ता आउँदासम्म उक्त उद्योग सञ्चालन गर्ने कुरा असान्दर्भिक र चुनौतीपूर्ण बनिसकेको थियो । त्यसपछि उनले बुटवलकै भिजन लुम्बिनीमा ‘बोर्ड अफ डाइरेक्टर’ भएर ५ वर्ष काम गरे । उक्त जिम्मेवारीबाट बिदा भएपछि स्कूल लेभलका सबै सामग्री उपलब्ध हुने गरी डेल्टा एजुकेसन मार्ट स्थापना गरे । डेल्टामा उनी टीमसहित जोडिएका हुन् ।
डेल्टासँगै उनले बुटवलमै नेपाली जुत्ता घर सञ्चालनमा ल्याएका छन् । अहिले उनको ध्यान नेपाली कपडाका ब्रान्ड प्रबर्द्धनतर्फ केन्द्रित भएको छ । ‘डेल्टा र जुत्ता टीममा मिलर गरेको हो, लुगा घरमा भने मेरो एकल लगानी छ,’ प्रकाशले भने ।
३ करोड लगानी गरेर १५० जनालाई रोजगारी दिएको उनी बताउँछन् । उनकोमा जुत्ता पनि नेपाली उत्पादन मात्र बिक्री गरिन्छ । ‘नेपाली बजारमा देखिने अधिकांश ठूला ब्रान्डका कपडा डुब्लिकेट भएर आएका छन् । वास्तविक ब्रान्डको भन्दा डुब्लिकेटको बोलवाला छ । नेपाली कपडामा डुब्लिकेसनको समस्या हुँदैन । हामी त यहीँ जता पनि ‘वाच’ गर्न सक्छौं नि,’ उनले भने ।
प्रकाशले थपे, ‘पपुलेसन कम भइरहेको छ । सोच अनुसार अझै व्यापार चम्किएको छैन, तर यसले विस्तारै ‘पिकअप’ लिन्छ भन्ने छ, हेर्दै जाऊँ,’ उनी भन्छन्, ‘नेपालमा केही गर्न चाहने युवाका लागि धेरै अवसर छन् । यहाँ अवसर भएन भन्नेहरूले मेहनत नै गरेका छैनन् ।’
‘मेड इन नेपाल’प्रति ठूलो स्नेह देखिन्छ । नेपाली स्वाद चखाउन नेपालीले चासो दिन थालेका छन् । नेपाली ब्रान्डको इज्जत राखे आफ्नो इज्जत पनि बढ्छ । आफ्नो मुलुकमा उत्पादित सामग्री उपभोग र बजार विस्तार हुनु गौरव मात्र होइन, मुलुक समृद्धिको दिशातर्फ जाँदैछ भन्ने संकेत पनि हो । यस्ता उत्पादनले मुलुकको परिचय दिनुका साथै आयात प्रतिस्थापनमा ठूलो ‘रोल प्ले’ गर्ने प्रकाश बताउँछन् ।
निर्यातको तुलनामा हरेक वर्ष नेपालमा आयात बढ्दो छ । प्रकाशले अब बुटवलमा स्थापित अस्पताल खोल्ने सोच बनाएका छन् । गम्भीर प्रकृतिको उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्य हुने गरी एउटा टीमसहितको अस्पताल बुटवलका लागि प्राइभेट क्षेत्रबाट आवश्यक रहेको उनको भनाइ छ । टीम बनाएर काम गर्ने सोच रहेको उनले बताए ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...