कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
काठमाडाैं | फागुन १०, २०८०
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सम्बन्धमा सुधार आएको छ । पल जेलबाट निस्किएदेखि उनीहरू एक–अर्कासँग दूरी बनाइरहेका थिए । पलले आफ्नी बहिनीको बिहेमा आफू निकट केही कलाकारहरूलाई निम्त्याउँदा पूजालाई भने निम्तो गरेका थिएनन् । त्यसपछि एक अन्तवार्तामा पूजाले आफूहरू टाढिएको स्वीकारेकी थिइन् ।
बिहीवारमात्रै पलको जन्मदिनमा पूजाले मध्यरात फेसबुकमा स्टाटस पोस्ट गर्दै शुभकामना दिएकी छन् । जुन शुभकामना सन्देशले उनीहरूबीचको सम्बन्ध सुध्रिएको बुझ्न सकिन्छ ।
‘प्रिय पल’ सम्बोधन गर्दै पूजाले अगाडि लेखेकी छन् – जिन्दगीको गोरेटोमा हामीले सहयात्रा गर्दै गर्दा कैयौं वाधा आए । कतिपटक हामी एकसाथ रोयौँ र कहिले एकसाथ हाँस्यौँ पनि । कुनै पल तिमीसँग म रिसाए, कहिले तिमी मसँग रिसायौँ । तर, पनि हामीले हाम्रो चोखो मित्रतालाई टुट्न दिएनौँ । आज हाम्रो मित्रता अझै मजबुत भएको छ । तिमी बलियो भएका छौं । तिमीले दर्शकबाट पाएको अथाह प्रेम देख्दा म आफू नै हर्षित भएकी छु । ‘म यस्तो गीत गाउँछु’बाट सुरु भएको हाम्रो फिल्मी यात्रा ‘म यस्तो गीत गाउँछु २’ हुँदै अझै अगाडि बढ्दैछ । आज तिम्रो विशेष दिनमा म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु । तिमीले चालेका हरेक कदमले सफलता चुमोस् । जन्मदिनको धेरै धेरै शुभकामना ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...