×

NMB BANK
NIC ASIA

कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

काठमाडाैं | चैत १३, २०८०

NTC
Premier Steels

कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरेको छ ।

Muktinath Bank

प्रशिक्षक तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले नगद, पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डद्वारा आज धनकुटामा आयोजित कार्यक्रममा कोशी प्रदेशका तीन प्रशिक्षकसहित ११ खेलाडीलाई २५ हजारदेखि दुई लाख रुपैयाँसम्म नगद पुरस्कार र सम्मान प्रदान गरेको हो ।


Advertisment
Nabil box
Kumari

सन् २०२२ र २०२३ मा चीनमा भएको १९ औं एशियाली खेलमा कराँतेका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ र कबड्डीतर्फ कास्य पदक विजेता चार खेलाडीलाई जनही नगद रु दुई लाख र सम्मान–पत्र दिइएको छ ।​​

Vianet communication

कबड्डीतर्फ पुरस्कृत हुनेमा मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई रहनुभएको छ ।

त्यस्तै सन् २०२३ मा मलेसियाको क्वालाम्पुरमा भएको विश्व च्याम्पियनसिप (आईटीएफ) मा तेक्वान्दोमा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद रु ५० हजारसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

त्यस्तै हालै साउदी अरेबियामा भएको फुटबल खेलमा सहभागी भई रजत पदक विजेता महिला टोलीका एक प्रशिक्षकसहित सात खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरूमा प्रशिक्षक श्याम मानन्धर तथा खेलाडी सविता राना मगर, अमिसा कार्की, हीराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रिती राई र अन्जिला तुम्बापो लिम्बू रहनुभएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x