२७ जेठ २०८३, बुधबार

कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

चैत १३, २०८०
काठमाडौं
कोशी प्रदेशका १४ जना अन्तर्राष्ट्रिय खेलाडी पुरस्कृत

कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले अन्तर्राष्ट्रिय पदक प्राप्त १४ खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरेको छ ।

प्रशिक्षक तथा खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले नगद, पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका हुन् ।

बोर्डद्वारा आज धनकुटामा आयोजित कार्यक्रममा कोशी प्रदेशका तीन प्रशिक्षकसहित ११ खेलाडीलाई २५ हजारदेखि दुई लाख रुपैयाँसम्म नगद पुरस्कार र सम्मान प्रदान गरेको हो ।

सन् २०२२ र २०२३ मा चीनमा भएको १९ औं एशियाली खेलमा कराँतेका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ र कबड्डीतर्फ कास्य पदक विजेता चार खेलाडीलाई जनही नगद रु दुई लाख र सम्मान–पत्र दिइएको छ ।​​

कबड्डीतर्फ पुरस्कृत हुनेमा मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई, ईशा राई रहनुभएको छ ।

त्यस्तै सन् २०२३ मा मलेसियाको क्वालाम्पुरमा भएको विश्व च्याम्पियनसिप (आईटीएफ) मा तेक्वान्दोमा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद रु ५० हजारसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

त्यस्तै हालै साउदी अरेबियामा भएको फुटबल खेलमा सहभागी भई रजत पदक विजेता महिला टोलीका एक प्रशिक्षकसहित सात खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरूमा प्रशिक्षक श्याम मानन्धर तथा खेलाडी सविता राना मगर, अमिसा कार्की, हीराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रिती राई र अन्जिला तुम्बापो लिम्बू रहनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्